For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

स्वास्थ्य शिविरः नागरिकलाई घरआँगनमै उपचार

byDainik Nepalgunj
January 25, 2026
in News, मुख्य समाचार
0 0
0
स्वास्थ्य शिविरः नागरिकलाई घरआँगनमै उपचार
Share on FacebookShare on Twitter

“मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे कीरा पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो । एक महिनासम्म असह्य पीडा सहेर बसेँ”, सल्यान कपुरकोट गाउँपालिका–३ की ६८ वर्षीया दिलकुमारी घर्तीले भन्नुभयो । उहाँका अनुसार कानमा कीरा पसेपछि नजिकैको मेडिकलमा जाँच गराए पनि समस्या समाधान हुन सकेन ।

“औषधि खाँदा दुखाइ केही समय कम हुन्थ्यो, तर फेरि दुखाइ उस्तै हुन्थ्यो”, घर्तीले पीडा सुनाउनुभयो ।

ग्रामीण भेगमा बसोबास गर्ने दिलकुमारीजस्ता नागरिकका लागि विशेषज्ञ सेवा पाउनु सहज छैन । टाढाको अस्पताल जान आर्थिक अवस्था, बाटोको कठिनाइ र उमेरले पनि समस्या थप्ने गरेको उहाँको अनुभव छ । “हामी गाउँलेहरू बेलाबेला गाउँमै बस्ने स्वास्थ्य शिविरको प्रतीक्षामा हुन्छौँ । सहर पुगेर उपचार गराउने हैसियत सबैसँग हुँदैन”, घर्तीले भन्नुभयो ।

गाउँमै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा जाँच गराएपछि भने उहाँले ठूलो राहत पाउनुभएको छ । “राति सुतेको बेला कीरा पसेको र समयमा उपचार नभएकाले कानभित्रको मांसपेशी नै सुन्निएको रहेछ, शिविरमा राम्रोसँग जाँच भयो”, घर्तीले भन्नुभयो ।

विगत पाँच वर्षदेखि सोही कीरा पसेर दुखिरहेको कान कम सुन्ने समस्या रहेको पनि उहाँले बताउनुभयो । “गाउँगाउँ पुग्ने स्वास्थ्य शिविरले घरआँगनमै उपचार गरिदिँदा हामीजस्ता गरिब र विपन्नका लागि निकै भरपर्दो र लाभदायक काम भएको छ”, दिलकुमारीले भन्नभयो ।

दिलकुमारीजस्तै कपुरकोट गाउँपालिका–४ की १७ वर्षीया समीक्षा डाँगी पनि कानको समस्याले एक महिनासम्म हैरान हुनुभएको थियो । “राति सुतेका बेला कानमा कीरा पसेको थियो । त्यसपछि निरन्तर दुखाइ भयो”, समीक्षाले भन्नुभयो । उहाँले गाउँकै मेडिकलमा उपचार गराए पनि निको नभएको बताउनुभयो । “यहाँ सामान्य औषधिमात्र पाइन्छ । ठूलो अस्पताल जान टाढा छ, खर्च पनि धेरै लाग्छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकको टोली आएपछि भने समीक्षालाई उपचारप्रति विश्वास बढेको छ । “शिविरमा राम्रोसँग जाँच गरियो, कानको उपचार गरेपछि अहिले धेरै आराम भएको छ”, उहाँले खुसी व्यक्त गर्नुभयो । समयमा उपचार नपाउँदा निकै गाह्रो भएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “गाउँमै यस्तो शिविर नआएको भए समस्या झन् बढ्ने थियो । हामी ग्रामीण भेगमा बस्नेहरूका लागि शिविर नै सबैभन्दा भरपर्दो उपचार हो ।”

कानकै समस्याका कारण शिविरमा दिलकुमारी र समीक्षाजस्तै जाँच गराउन आउनुभएका ७१ वर्षीय रामप्रसाद शर्मा भन्नुहुन्छ, “म विगत चार वर्षदेखि कान पाक्ने रोगले ग्रस्त छु ।” लामो समयदेखि समस्या भए पनि नियमित उपचार गराउन सकिरहेको थिइनँ । उहाँले भन्नुभयो, “टाढाको अस्पताल जानआउनै धेरै समय लाग्ने र पैसा पनि उस्तै खर्च हुने । गाउँमै स्वास्थ्य शिविर बस्ला भनेर पर्खिरहेको थिएँ ।” शिविरमा गरिएको जाँचपछि उहाँ उपचारप्रति आशावादी देखिनुभयो ।

शर्मा जस्तै कान पाक्ने रोगको समस्या लिएर २१ जना उक्त शिविरमा जाँचका लागि आएका थिए । व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा बाँकेको प्राविधिक सहयोग तथा सल्यानको कपुरकोट गाउँपालिकाको आयोजनामा कपुरकोट आधारभूत अस्पतालमा नाक, कान र घाँटीसम्बन्धी स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा कुल एक सय ९० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये ६२ पुरुष र एक सय २८ जना महिला थिए । जाँच गराएकामध्ये कान पाक्ने रोग भएका २२ र कानको शल्यक्रिया आवश्यक पर्ने ११ जनालाई थप उपचारका लागि व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा बाँकेमा रिफर गरिएको आयोजकले जनाएको छ । यसका साथै २७ जनाको श्रवणशक्ति परीक्षण गरिएको थियो ।

शिविरमा व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका स्वास्थ्य निर्देशक एवं नाक, कान र घाँटी रोग विशेषज्ञ डा अजय वैश्य, कान सहायक चिकित्सक एवं आउटरिच इन्चार्ज भीषण थारू तथा कान सहायक चिकित्सक दामोदर चौधरीले सेवा प्रदान गर्नुभएको थियो । डा वैश्यले भन्नुभयो, “ग्रामीण भेगका बिरामी लामो समयदेखि उपचारको पहुँचबाहिर रहेका हुन्छन् । गाउँमै आएर बिरामीको राम्रो र सफल जाँच गर्न पाउँदा हामीलाई पनि सन्तुष्टि मिलेको छ ।”

डा वैश्यका अनुसार यस्ता शिविरले प्रारम्भिक अवस्थामा रोग पहिचान गर्न र जटिल अवस्थाका बिरामीलाई समयमै रिफर गर्न ठूलो सहयोग पुर्याउँछ । “स्थानीय तहको सहकार्यमा सञ्चालन गरिएका स्वास्थ्य शिविर ग्रामीण नागरिकका लागि सबैभन्दा भरपर्दो उपचारको माध्यम बनेका छन्”, उहाँले भन्नुभयो । ग्रामीण भेगमा बसोबास गर्ने नागरिक अझै पनि नाक, कान र घाँटीसम्बन्धी समस्यालाई बेवास्ता गर्न बाध्य छन् ।

टाढाको बाटो, आर्थिक अभाव र चेतनाको कमीका कारण उपचार ढिला हुने गरेको स्थानीयको गुनासो छ । यस्तो अवस्थामा कपुरकोटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरले स्थानीयवासीलाई घरआँगनमै विशेषज्ञ सेवा प्रदान गर्दै ठूलो राहत दिएको छ । दिलकुमारी, समीक्षा र रामप्रसादजस्ता सेवाग्राहीका अनुभवले गाउँगाउँ पुग्ने स्वास्थ्य शिविरको आवश्यकता र प्रभावकारिता स्पष्ट रूपमा देखाएको छ ।

Previous Post

उम्मेदवारसँग बाँकेका व्यवसायीका अपेक्षा

Next Post

छैठौं टाइगर कपमा एनसेलको सहकार्य

Next Post
छैठौं टाइगर कपमा एनसेलको सहकार्य

छैठौं टाइगर कपमा एनसेलको सहकार्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चार स्रष्टालाई पूर्णिमा साहित्य पुरस्कार

चार स्रष्टालाई पूर्णिमा साहित्य पुरस्कार

October 11, 2026
दशैं बिदामा पनि अदालत खुला रहने

दशैं बिदामा पनि अदालत खुला रहने

October 10, 2026
नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

October 10, 2026
बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

October 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version