प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाँकेका तीन वटै क्षेत्रमा मतगणना जारी छ ।
हाल भैरहेको मत परिणाम अनुसार, क्षेत्र नं. १ र ३ मा रास्वपाका उम्मेदवार अगाडि रहेका छन् भने क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार अगाडि रहेका छन् ।
क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार सुरेश कुमार चौधरी ६ हजार ८ सय ९९ मत सहित अग्र स्थानमा छन् भने नेपाली काँग्रेसका नारायण गौडेल उनीभन्दा पछि २ हजार ४ सय ९६ मत पाएका छन् । एमालेका सुर्य ढकालले १ हजार ६ सय ९७ मत पाएका छन् ।
क्षेत्र नं. १ मा ७५ हजार १ सय ९७ मत खसेको थियो । मतगणना जारी छ ।
त्यस्तै क्षेत्र नं. २ मा एमाले उम्मेदवार मो. इस्तियाक राई ५ हजार २ सय ४४ मत सहित अग्र स्थानमा छन् । उनलाई नेपाली काँग्रेसका सुधांसु कोइरालाले ४ हजार १ सय 61 मत सहित पछ्याइरहेका छन् । रास्वपाका विवेक श्रेष्ठले २ हजार ५ सय 92 मत सहित तेस्रोमा छन् ।
बाँके क्षेत्र नं. २ मा ७२ हजार ५ सय ७३ मत खसेको थियो । मतगणना जारी छ ।
बाँके क्षेत्र नं. ३ मा खगेन्द्र सुनार अग्रस्थानमा छन् । उनले ६ हजार ६ सय १८, एमालेका सुमन मल्लले ३ हजार ६ सय ५५ र नेपाली काँग्रेसका अमर सिंह पुनले २ हजार ३ सय २१ मत प्राप्त गरेका छन् ।
बाँके क्षेत्र नं. ३ मा ७४ हजार ५ सय ५८ मत खसेको थियो । मतगणना जारी छ ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.