नेपालगन्ज जुत्ता-चप्पल व्यवसायी संघको शनिवार भएको चौथो अधिवेशनले कुलराज संज्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनले संघको आगामी कार्यकालका लागि नेतृत्वको जिम्मेवारी बाँडफाँड गर्दै नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा माधव पोखरेल, द्वितीय उपाध्यक्षमा ईश्वरी पौडेल, महासचिवमा रविन्द्र पौडेल, कोषाध्यक्षमा डम्बर बहादुर धामी र उपमहासचिवमा अकबर हुसेन निर्वाचित भएका छन् ।
पदाधिकारीहरूसँगै संघको सदस्य पदमा राम प्रसाद ढकाल, कृष्णा कुमारी शाही, राजेन्द्र पौडेल, रिजवान अहमद मनोहारी, वसन्त अरियाल, अजित रहमान सिद्दिकी, टेक बहादुर थापा क्षेत्री, राधा वलि र बिष्णुनाथ पटवा सर्वसम्मत रूपमा चुनिएका हुन् ।
नवनिर्वाचित नेतृत्वले जुत्ता-चप्पल व्यवसायीहरूको हकहितका लागि सामूहिक रूपमा काम गर्ने र व्यवसायीहरूका समस्या समाधानमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनमा स्थानीय व्यवसायी तथा संघका विभिन्न प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।





























