For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अकालमा ज्यान गुमाउने युवा बढी

byDainik Nepalgunj
April 6, 2026
in News, मुख्य समाचार
0 0
0
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी
Share on FacebookShare on Twitter

नेपालमा आत्महत्याको घटना चिन्ताजनक रहेको छ । आत्महत्याको घटना बढ्दै गएपछि नेपाल प्रहरीले त्यसको बिस्तृत अध्ययन गरेको छ ।

मुलुकभर बढ्दो आत्महत्याको तथ्यांकलाई मध्येनजर गर्दै आत्महत्याको वर्तमान अवस्था, प्रवृत्ति र कारण पहिचान गरी आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रभावकारी कार्ययोजना बनाई कार्यान्वयन गर्ने उद्देश्यले नेपाल प्रहरीको अन्वेषण योजना तथा विकास निर्देशनालयले अध्ययन गरी आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन गत बर्ष सार्वजनिक गरेको छ । प्रहरीले आत्महत्याका घटना केलाएर त्यस सम्बन्धी तथ्य, तथ्यांक विश्लेषण गरेको छ ।

उमेरको आधारमा आत्महत्याको अवस्था
प्रतिवेदन अनुसार, आत्महत्या गर्ने मध्ये सबैभन्दा बढी १८–२५ वर्ष उमेर समूहमा २१% पाइएको छ । सबैभन्दा कम दश बर्ष मुनिका बालबालीकामा ०.८% देखियो प्रतिवेदनमा उल्लेख छ । क्रमशः २५–३५ वर्ष १८.१%, ३५–४५ वर्ष १६.३%, १०–१८ वर्ष १४.१९%, ४५–५५ वर्ष १३.१%, ५५–६५ वर्ष ९.४%, ६५ वर्षदेखि माथि ६.६% र १० वर्ष मुनि ०.८% उमेरको आधारमा आत्महत्याको दर रहेको पाइएको छ ।

जातीगत समुदायको आधारमा आत्महत्याको अवस्था
जातीय समूहहरूको आधारमा सबैभन्दा बढी आत्महत्या गर्नेहरूमा आदिवासी जनजाति ३९.०%, ब्राह्मण÷क्षेत्री ३१.१%, दलित २०.५%, मधेशी ९.३% र अन्य पिछडिएका समूहहरू ०.१% रहेको देखियो । जातीगत आधारमा सबैभन्दा बढि आदिवासी जनजाति ३९% र सबैभन्दा कम पिछडिएका समूहहरू ०.१% रहेको देखियो ।

शैक्षिक स्तरको आधारमा आत्महत्याको अवस्था
शैक्षिक स्तरअनुसार, आत्महत्या गर्ने व्यक्तिहरूमा साधारण लेखपढ गरेका सबैभन्दा बढी ६३.१% रहेको पाइयो भने सबैभन्दा कम स्नातकोत्तर गरेका ०.४%ले आत्महत्या गरेको पाइयो । त्यसैगरी क्रमशः माध्यमिक शिक्षा १२.९७%, स्नातक ९.०%, निम्न माध्यमिक ६.७%, उच्च माध्यमिक ५.१४% ले आत्महत्या गरेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

आत्महत्याका कारण र प्रवृत्ति
आत्महत्या गर्ने मध्ये करिब ९०% मानिसहरू मानसिक रोगका कारण आत्महत्या गर्ने गरेको पाइन्छ । प्राय गरी मानसिक रोगमा डिप्रेसन मूल रूपमा रहेको हुन्छ । घरेलु हिंसाका पीडितहरूमा बढी आत्महत्या गर्ने प्रवृत्ति रहेको छ । उनीहरू बढी जोखिममा रहने गरेका छन् । बाल दुव्र्यवहार, बालबालिकाको परित्यागका कारण पनि आत्महत्या हुने गरेको छ । हिरासत र कारागारमा रहेका व्यक्तिहरूबाट पनि आत्महत्या गर्ने गरेको पाइन्छ । परीक्षामा असफल हुने, गरिबीका कारण पनि आत्महत्या हुने गरेको पाइएको छ । आत्महत्या गर्दा झुण्डिएर, विष सेवन, पानीमा डुबेर, गोली हानी, आगो लगाई जलेर, धारिलो वा जोखिमी हतियारबाट आत्महत्या गर्ने गरेको पाइन्छ ।

आत्महत्याको प्रमुख कारणमा मानसिक तनाब, क्रमशः आर्थिक भार, प्रेममा असफलता, घरेलु हिंसा, लागुऔषध दुव्र्यसन, मादक पदार्थ सेवन र पारिवारिक द्वन्द्व रहेको सर्वेक्षणबाट देखिएको प्रतिवेदनमा उल्लेख छ । आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रममा पहुँच ३४% नागरिकहरूमा मात्र पुगेको देखियो । आत्महत्याका अधिकांश घटना सम्बन्धी जानकारी प्रहरीलाई दिईने गरे तापनि आत्महत्या प्रयास सम्बन्धी सबै घटनाको जानकारी प्रहरीमा हुने गरेको पाइएन ।

‘आत्महत्याका कारण समाजमा बहुआयामिक असर परिरहेको देखिए तापनि युवा र बाल मनोविज्ञानमा सबैभन्दा बढी असर पर्न गई बालबालिकाको शिक्षामा असर परिरहेको अध्ययनबाट देखियो’, प्रतिवेदनमा उल्लेख छ, ‘साथै पारिवारिक विचलन, अर्थोपार्जनमा कमीको कारण परिवारमा आर्थिक दुरावस्था सिर्जना हुने एवं समाजमा मनोवैज्ञानिक असर पर्न गई आत्महत्याका घटनाहरू समेत बढ्न सक्ने देखिन्छ ।’

नेपालभर आत्महत्याको प्रवृत्ति तथा कारणहरूको पहिचान गर्ने र आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनका उपायहरू खोजी गर्ने उद्देश्यले आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन गरिएको थियो । यो अध्ययनको क्रममा संख्यात्मक तथा गुणात्मक अध्ययन विधि अवलम्बन गरिएको थियो ।

अध्ययनको क्रममा देशभरका प्रत्येक प्रदेशका २÷२ वटा जिल्ला गरी जम्मा १४ वटा जिल्लाहरूमा यस निर्देशनालयबाट टोली खटिई गई आमनागरिकहरूसँग प्रश्नावली सर्वेक्षण, आत्महत्या प्रयास गर्ने व्यक्तिहरू र आत्महत्या गर्ने व्यक्तिहरूका घरपरिवारसँग गहन अन्तर्वार्ता, मनोचिकित्सक, मनोपरामर्शदाता, चिकित्सक, अनुसन्धान अधिकृत तथा घटनास्थल अधिकृतहरूसँग समेत गहन अन्तर्वार्ता, सरोकारवाला निकाय र सँघ संस्थाका प्रतिनिधिहरूको सहभागितामा कोशी प्रदेश र लुम्बिनी प्रदेशमा लक्षित समूह छलफल, सबै ७७ जिल्ला प्रहरी कार्यालयहरूबाट आ.व. २०७८÷०७९ र २०७९।८० को आत्महत्या सम्बन्धी विस्तृत ढाँचा बमोजिम अभिलेख सङ्कलन गरी तथ्याङ्क सङ्कलन गरिएको थियो ।

आत्महत्या सम्बन्धी कसूरको आ.व. २०७८।०७९ र २०७९।८० को अपराध तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या बढी रहेका थिए । प्रदेशगत तुलना गर्दा सबैभन्दा बढी आत्महत्या कोशी प्रदेशमा र कम आत्महत्या कर्णाली प्रदेशमा घटेको थियो । पेशाको आधारमा कृषि पेशा गर्नेमा सबैभन्दा बढी ४६%, क्रमशः विद्यार्थी १५.४% र गृहिणी ११.६% मा रहेको पाइएको थियो ।

प्रश्नावली सर्वेक्षणबाट प्राप्त नतिजालाई संश्लेषण गर्दा करिव ३४% नागरिकको घर परिवार, नाता सम्बन्ध तथा इष्टमित्रभित्र आत्महत्याको घटना भएको र २९% नागरिकको घर परिवार, नाता सम्बन्ध तथा इष्टमित्रभित्र आत्महत्या प्रयास गरेको पाइएको थियो । आत्महत्याबाट बढी प्रभावित हुनेमा विपन्न वर्ग र मध्यम वर्ग जम्मा ८५% पाइयो । आत्महत्याको प्रयास गरेका व्यक्तिलाई समाजमा घृणा गर्ने र कुनै वास्ता नगर्ने संख्या २८% रहेको देखियो ।

आत्महत्याको लक्षण

आत्महत्या गरेका व्यक्ति र प्रयास गरेका व्यक्तिमा गरिएको अध्ययनले आत्महत्या गर्ने व्यक्तिले केही न केही संकेत गर्छ भन्ने देखिएको छ । आत्महत्या गरेका ९०% व्यक्तिले केही न केही संकेत छाडेका रहेछन् । तर उनीहरूले गरेको संकेते बुझ्न नसक्दा वा गम्भीरताका साथ नलिँदा समस्या भएको हो । आत्महत्याको योजना बनाएकाले असाधारण हाउभाउ देखाउँछन् । निकै निराश हुने, दुखी कुरा गर्ने, संसार नै सकिएजस्तो मान्ने गर्छन् । जब आत्महत्याको योजना बनाउँछन् त्यसपछि पहिले दुखी भएको मानिस अचम्मले खुसी देखिन्छ । साथीभाई भेटघाट गर्ने, घुमफिर गर्न थाल्छ । कतिपय अवस्थामा आत्महत्या गर्न चाहनेले त्यसबारे अलि बढी चासो राख्ने गर्छन् । इन्टरनेटमा पनि यसबारे बढी खोजीनिती गर्छन् । छोटकरीमा भन्दा डिप्रेसनमा जाने, निराशावादी कुरा गर्ने व्यक्तिलाई बढि निगरानी जरुरी छ ।
अध्ययनले नेपालमा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि तत्काल एक व्यापक र एकीकृत अवधारणाको आवश्यकतालाई जोड दिएको छ । सहकार्यात्मक, सांस्कृतिक रूपमा संवेदनशील र बहुआयामिक रणनीतिहरू मार्फत आत्महत्याको घटना घटाउन उत्प्रेरित तत्त्वहरूको जटिल अन्तक्र्रियालाई निवारण गरिएमा आत्महत्याका घटनाहरूलाई कम गर्न र मानसिक स्वास्थ्य सूचकहरू सुधार गर्न सम्भव छ । विभिन्न सरोकारवालाहरूका धारणा अनुसार बलियो समर्थन प्रणालीहरू, मानसिक स्वास्थ्य सेवाहरूको पहुँचमा सुधार, आर्थिक र सामाजिक हस्तक्षेपहरू र जोखिममा रहेका व्यक्तिहरूको लागि सहयोगी वातावरण सिर्जना गर्न समुदायमा आधारित प्रयासहरूको महत्वलाई जोड दिएको छ ।

Previous Post

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

Next Post

नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

Next Post
नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
योगिनी कपः उद्घाटनमै आयोजकको जीत

योगिनी कपः उद्घाटनमै आयोजकको जीत

April 6, 2026
नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

April 6, 2026
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

अकालमा ज्यान गुमाउने युवा बढी

April 6, 2026
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

April 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version