For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

byDainik Nepalgunj
April 11, 2026
in News, मुख्य समाचार
0 0
0
भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग
Share on FacebookShare on Twitter

नेपालगन्जका उद्योगी, व्यवसायीले सरकारसँग भन्सार दर घटाउन माग गरेका छन् । अर्थमन्त्रालयको राजश्व परामर्श समितिले आगामी आर्थिक बर्ष २०८२÷०८३ को राजश्व नीति तर्जुमाका लागि शुक्रबार नेपालगन्जमा उद्योगी, व्यवसायीसँग आयोजना गरेको सुझाव संकलन तथा अन्तरक्रियात्मक कार्यक्रममा उद्योगी, व्यवसायीले भन्सार दर घटाउन, करको दायरा बढाउन र दर घटाउन, भ्याटको दर घटाउन र भन्सार कडाई गर्न सुझाव लिएका हुन् ।

उद्योगी, व्यवसायीले नेपालगन्ज खुला सीमासँग जोडिएको र निगरानी नहुँदा भैरहेको तस्करीले राज्यलाई राजश्व र व्यवसायीले भन्सार छलेर ल्याएको मालसामानसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको बताएका थिए । उनीहरूले करको मारमा रहेको उद्योग, व्यवसाय धराशयी हुँदा त्यसले बेरोजगारीको समस्या पनि बढ्दै जाने चेतावनी दिएका थिए । व्यवसायीहरूले कोरोनापछि बैंकले ब्याजदर मनपरी बढाउँदा अहिले उद्योगी, व्यवसायीले लगानीका लागि ऋण लिन छाड्दा बैंकमा पैसा थुप्रिरहेको तर्फ संकेत गर्दै राजश्व उठाउने कार्यालयको अवस्था पनि त्यस्तै नहोस् भन्नेमा सचेत हुन आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सार्वजनिक पदाधिकारी, उद्योगी, व्यवसायी र व्यक्तिले व्यक्तिगत नाफाघाटा भन्दा केही माथि उठ्न आवश्यक रहेको बताएका थिए । उनले के गर्दा आर्थिक क्रियाकलाप वृद्धि हुन्छ भन्ने सोंच सबैको हुनुपर्ने धारणा राखे । ‘हामी सबै सुधारिन आवश्यक छ’, सचिव उपाध्यायले भने । उनले उद्योगी, व्यवसायीबाट प्राप्त सुझाव उचित रहेकाले त्यसबारे छलफल हुने बताएका थिए । सचिव उपाध्यायले कार्यक्रममा सहभागी भन्सारका अधिकारीहलाई भन्सारमा निगरानी बढाउन निर्देशन पनि दिएका थिए ।
त्यस्तै, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले सबै इमान्दार हुनुपर्ने आवश्यकता औंल्याए । उनले राजश्व सम्बन्धी कार्यक्रममा अन्य विषय उठेकोमा व्यवसायीहरू प्रति प्रश्न गर्दै जिल्लाको सुरक्षा व्यवस्था, व्यवसायिक सवालमा छलफल गर्नका लागि आफु सधै उपलब्ध रहेको ध्यानाकर्षण गराए । उनले सीमापारी खरिददारीका लागि जाने र प्रश्न पनि आफै गर्ने प्रवृत्ति छाडेर सबै इमान्दार हुनुपर्ने धारणा राखेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले खुला सीमाका कारण ८० प्रतिशत मालासमान बिना भन्सार भित्रिने गरेको बताएका थिए । उनले दैनिक २५÷३० करोडको मालसामान बिना भन्सार भित्रिने गरेकाले राजश्व वृद्धि हुन नसकेको बताएका थिए । ‘भन्सारको नियम पालना भएन, भन्सारमा जनशक्ति पनि कम भयो, यसलाई बढाएर भन्सार नियमन गर्नुपर्छ’, उनले भने । ‘राजश्व गुम्दा देश समृद्ध हुनसक्दैन’, महासंघका केन्द्रीय सदस्य मन्सुरीले भने, ‘नेपाल–भारतमा सामानको मूल्य फरक हुँदा पनि तस्करी बढेको छ, त्यसैले कम्तिमा दैनिक उपभोग्य सामानमा भन्सार दर घटाउनु पर्छ र भ्याट हटाउनु पर्छ ।’ भन्सार दर घट्ने हो भने भन्सार गराउनेको संख्या वृद्धि हुँदै जाने उनको भनाइ थियो ।
केन्द्रीय सदस्य मन्सुरीले कतिपय नेपाली सामान भारत जाने र त्यहाँबाट पुनः नेपाल भित्रिने गरेको तर्फ पनि सरकारको ध्यान जान आवश्यक रहेको बताएका थिए । उनले करदाताले कुनै सुविधा नपाएको बताएका थिए ।

अटोमोबाइल क्षेत्रका नरेन्द्र ओलीले हरेक बर्ष करका विषयमा दिने गरेको सुझाव कार्यान्वयन नहुने गरेको बताएका थिए । ‘हामी सुझाव दिन्छौं तर कार्यान्वयन हुँदैन’, उनले भने । ‘भारतबाट सवारीसाधन भित्र्याउँदा ३ देखि ५ गुणा महंगो पर्छ’, उनले भने, ‘तर, सिजनका बेला भारतीय गाडीहरू आएर यहाँ काम गरेर फर्कन्छन्, नेपाली व्यवसायीलाई घाटा हुन्छ ।’ लत्ताकपडा, खाद्यान्न, मेकानिकल पाट्स कर्मचारीकै सेटिङ्गमा भित्रिने गरेको आरोप लगाउँदै उनले त्यसले यहाँ कर तिरेर भित्र्याइएका व्यवसायीका सामान गोदाममा थन्किएको बताए । करशिक्षा नदिने तर व्यवसायीका पसलमा आतंककारी शैलीमा राजश्वले छापा मार्ने गरेको व्यवसायी ओलीले बताएका थिए । अञ्जानमा भएको गल्तीमा समेत ठूलो जरिवाना नियम हटाइनु पर्ने धारणा राख्दै व्यवसायी ओलीले व्यवसायहरू बन्द भैरहेको र व्यवसाय बन्द गर्दा कर बक्यौता मिनाह गर्न माग गरेका थिए । राजश्वप्रति असन्तुष्टि व्यक्त गरेका उनले बैंकको जस्तो अवस्था भोग्न नपरोस् भन्ने चेतावनी पनि दिएका थिए ।

नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्माले निकासीमा सय प्रतिशतसम्म कर लगाउने हो भने निर्यात फस्टाउन नसक्ने बताएका थिए । उनले यसबारे पटकपटक अर्थमन्त्री, सचिवहरूलाई भेटेर कुरा राखेपनि सम्बोधन नभएको बताए । ‘निकासीमा समस्या छ, नेपाल र भारत बीच छलफल गरी समाधान गर्न आग्रह छ’, उनले भने । उनले बाटो प्रयोग भएकै आधारमा स्थानीय तह पिच्छे कर तिर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग माग गरेका थिए ।

उद्योगी कस्मिरा खातुन भारतबाट भित्र्याइने कच्चा पदार्थमा भन्सार दर घटाउन माग गरिन् । उनले स्वदेशमा उद्योग फष्टाउन र प्रतिस्पर्धा गर्न सक्ने बनाउनका लागि भारतबाट आयात हुने कच्चा पदार्थमा भन्सार महसुल घटाउन आवश्यक रहेको बताइन् । गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएकी उनले ठूलो परिणाममा विद्यालयका स्कुल डे«स सीमापारी गएर खरिद गर्दा यहाँको उद्योग फष्टाउन नसकेको बताइन् ।

उषा भण्डारीले उद्योगी, व्यवसायीका सुझाव कार्यान्वयन गर्न र क्यारिङ्ग निषेध गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् । उद्योगी कन्हैयालाल वैद्यले भन्सारमा पार्किङ्गका नाममा ठेकेदार पैसा उठाउनु उचित नभएको बताए । उनले भारत रहेका जिएसटीको दरमा नेपालमा भन्सार दर कायम हुनुपर्ने धारणा राखेका थिए ।

अडिटर भुवन गैरेले अण्डर र ओभर बिलिङ्गको समस्या समाधान गर्न, घरभाडा कर संघबाटै उठाउने व्यवस्था गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा अडानका केन्द्रीय उपाध्यक्ष अब्दुल करिम खाँ, सिए तेज प्रकाश दीक्षित, व्यवसायी मो। शेर बागवान लगायतले लिखित सुझाव समेत बुझाएका थिए ।

कार्यक्रममा नेपालगन्ज वस्तुगत संघ अन्तर्गतका प्रतिनिधिमूलक व्यवसायी, सरकारी कार्यालयका कर्मचारी, अर्थ मन्त्रालयका अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

Next Post

सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

Next Post
सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

April 11, 2026
भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

April 11, 2026
गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

April 10, 2026
स्वाद उत्सवमा सहभागिताको उत्साह

स्वाद उत्सवमा सहभागिताको उत्साह

April 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version