For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News Politics

लुम्बिनीमा मन्त्री फेर्दै एमाले

byDainik Nepalgunj
June 4, 2026
in Politics
0 0
0
उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार
Share on FacebookShare on Twitter

कांग्रेसको नेतृत्व दाबीबीच बजेट राजनीतिले पनि तात्यो

लुम्बिनी प्रदेश सरकारमा नेतृत्व परिवर्तनको चर्चा चुलिरहेका बेला नेकपा एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहार अघि सारेको छ । कांग्रेससँग आलोपालो नेतृत्वको सहमति कार्यान्वयन गर्ने दबाब बढिरहेका बेला एमालेले एकाएक मन्त्री परिवर्तन प्रक्रिया अघि बढाएपछि प्रदेश राजनीति फेरि तातेको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले बुधवार सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार, एमालेबाट सरकारमा रहेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरीले लिखित राजीनामा बुझाएका हुन् ।

राजीनामालगत्तै एमालेले नयाँ मन्त्रीको नामसमेत सिफारिस गरेको छ । एमाले स्रोतका अनुसार, गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रुपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीलाई मन्त्रीका लागि सिफारिस गरिएको हो । खत्री यसअघि सामाजिक विकासमन्त्री बनिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी प्रदेश सरकारका लागि नयाँ अनुहार हुन् ।

एमालेका एक प्रदेश सभा सदस्यका अनुसार लगातार दोस्रो पटक प्रदेशसभामा निर्वाचित भए पनि मन्त्री बन्न नपाएका सांसदलाई यसपटक प्राथमिकतामा राखिएको हो । ‘पुरानै अनुहार दोहो¥याउनेभन्दा अवसर नपाएकालाई जिम्मेवारी दिने तयारी भएको हो,’ ती सदस्यले भने । तर, बाँकेका खत्री भने दोहोेरिने सम्भावना छ ।

एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले मन्त्री परिवर्तनबारे अन्तिम निर्णय केन्द्रको समन्वयमा भइरहेको बताए । ‘मन्त्री फेर्ने वा नफेर्ने अधिकार पार्टीले समन्वयका साथ अघि बढाउने गरी जिम्मेवारी दिएको छ,’ उनले भने ।

त्यसो त यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको तयारी गरिएको थियो । तर कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन हुनुपर्ने अडान लिएपछि प्रक्रिया रोकिएको थियो । पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेको स्रोतको दाबी छ ।

लुम्बिनी प्रदेशमा अहिले एमाले नेतृत्वको सरकार रहेको छ । कांग्रेस र एमालेबिच भएको १८–१८ महिनाको आलोपालो सहमतिअनुसार अब सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने अवस्था बनेको हो । सोही सहमतिअनुसार २०८१ साउनमा चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । सहमतिअनुसार गत फागुनमै नेतृत्व हस्तान्तरण हुनुपर्ने थियो । तर कांग्रेसभित्रको आन्तरिक विवादका कारण प्रक्रिया लम्बिएको बताइन्छ ।

प्रदेश सरकारको नेतृत्व परिवर्तनको संकेत एमाले महासचिव शंकर पोखरेलले मंगलबार दाङ पुगेर दिएका थिए । उनले बजेट निर्माणको काम ढिला नगर्न सरकारलाई निर्देशन दिएको चर्चा छ ।

भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले पनि नेतृत्व परिवर्तनबारे छलफल भइरहेको स्वीकार गरे । उनले भने, ‘महासचिवज्यूले बजेट निर्माणको काम अघि बढाउन निर्देशन दिनुभएको छ । सकेसम्म यही सरकारले बजेट ल्याएर नेतृत्व परिवर्तन गर्दा राम्रो हुने संकेत उहाँको छ ।’

अब कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको छ । मंगलबार दाङमा आयोजित कार्यक्रममा चौधरी स्वयं शंकर पोखरेललाई स्वागत गर्न पुगेका थिए । दुवै नेता दाङकै भएकाले पनि उनीहरूबिच पछिल्लो समय राजनीतिक संवाद बाक्लिएको चर्चा छ । यद्यपि कांग्रेसभित्र भने मुख्यमन्त्रीको विषयमा विवाद पूर्ण रूपमा टुंगिएको छैन । संस्थापन र इतर समूहबिच नेतृत्वलाई लिएर अझै आन्तरिक रस्साकसी जारी रहेको कांग्रेस नेताहरू बताउँछन् ।

प्रदेश उपसभापति तथा पूर्वस्वास्थ्यमन्त्री राजु खनाल पनि मुख्यमन्त्रीको दाबेदारका रूपमा चर्चामा थिए । तर हालैको निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा उनीसँग पार्टीले स्पष्टीकरण मागेपछि उनको सम्भावना कमजोर बनेको बताइन्छ ।

कांग्रेसका एक प्रदेश सभा सदस्यका अनुसार केही महिनाअघिसम्म डिल्ली चौधरीबाहेक अन्य नेताले पनि मुख्यमन्त्री बन्न सक्रिय लबिङ गरिरहेका थिए । ‘अहिलेको परिस्थितिमा चौधरी नै सबैभन्दा बलियो विकल्प बनेका छन्,’ ती सदस्यले भने ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परम्परा रहेको उल्लेख गरे । उनले भने, ‘कांग्रेसबाट डिल्ली बहादुर चौधरी नै मुख्यमन्त्री बन्ने अवस्था छ । केन्द्रले सबै प्रदेश सरकारबारे एकैपटक निर्णय गर्ने तयारी गरिरहेकाले केही ढिलाइ भएको हो ।’

लुम्बिनी प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । हाल प्रदेशसभामा ८३ सदस्य कायम छन् । कुल ८७ सदस्यीय प्रदेशसभाबाट ४ जना सांसद प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि संख्या घटेको हो । बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । कांग्रेस र एमालेसँग मिलाएर ५६ सांसद छन् । नेकपाका १३ सांसद रहेका छन् ।

यहीबीच प्रदेश सरकारमा नेकपालाई पनि सहभागी गराउनेबारे चर्चा सुरु भएको छ । केन्द्रमा कांग्रेस, एमाले र माओवादीबिच सहकार्यको सम्भावना बनेमा लुम्बिनी प्रदेशमा पनि नेकपाले केही मन्त्रालय पाउन सक्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधारमन्त्री ढकालले अहिले सरकार कांग्रेस र एमालेको सहमतिअनुसार नै अघि बढिरहेको बताए । उनले भने, ‘आवश्यक परे केन्द्रको निर्णयअनुसार नेकपालाई पनि समेट्न सकिन्छ ।’

कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालले पनि केन्द्रबाट निर्णय भए सरकारमा नेकपालाई सहभागी गराउन सकिने बताइन् । तर सरकारको नेतृत्व भने कांग्रेसले नै गर्ने उनको दाबी छ । ‘प्रदेशमा नेकपालाई सरकारमा ल्याउने विषयमा औपचारिक छलफल भने अझै भएको छैन,’ उनले भनिन् ।

साबिक माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि केन्द्रमा सामान्य छलफल भए पनि प्रदेश सरकारमा सहभागी हुने विषयमा ठोस निर्णय नभएको बताए ।

प्रदेश राजनीति नेतृत्व फेरबदलमै सीमित छैन । आगामी आर्थिक वर्षको बजेटलाई लिएर पनि प्रदेशसभा सदस्यहरूले सरकारमाथि तीव्र दबाब बढाएका छन् । प्रदेश सरकारले सांसदलाई आफ्ना निर्वाचन क्षेत्रमा योजना सञ्चालन गर्न घुमाउरो ढंगबाट बजेट दिने अभ्यासलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने तयारी गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा आफ्नो क्षेत्रका योजनाका लागि रकम बढाउन सांसदहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटघाटलाई तीव्र बनाएका छन् । केही दिनअघि उपसभामुख मेनुका खाँण केसीको नेतृत्वमा महिला सांसदहरूको टोलीले मुख्यमन्त्रीलाई भेटेर समानुपातिक सांसदका योजनामा बजेट वृद्धि गर्न आग्रह गरेको थियो ।

चालु आर्थिक वर्षमा समानुपातिक सांसदलाई १ करोड १० लाख रुपैयाँ र प्रत्यक्ष निर्वाचित सांसदलाई ३ करोड रुपैयाँ बराबरका योजना दिइएको थियो । आर्थिक वर्ष २०८१÷०८२ मा समानुपातिक सांसदले १ करोड रुपैयाँ र प्रत्यक्ष निर्वाचित सांसदले २ करोड ७५ लाख रुपैयाँ बराबरका योजना पाएका थिए । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा समानुपातिक सांसदका लागि ७५ लाख रुपैयाँ र प्रत्यक्ष निर्वाचित सांसदका लागि १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

स्रोतका अनुसार, आगामी आर्थिक वर्षका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई ४ करोड रुपैयाँ र समानुपातिक सांसदलाई २ करोड रुपैयाँसम्मका योजना दिने विषयमा मुख्यमन्त्री आचार्य सकारात्मक देखिएका छन् । यद्यपि औपचारिक निर्णय भने सार्वजनिक भइसकेको छैन ।

प्रदेशसभामा ५२ प्रत्यक्ष निर्वाचित र ३५ समानुपातिक सांसद छन् । तर बजेट वितरणमा भने दुवै समूहबिच लामो समयदेखि असमानता कायम रहेको गुनासो उठ्दै आएको छ ।

हाल नेकपाकी सांसद नरमाया ढकालले प्रत्येक वर्ष समानुपातिक सांसदले बजेटका लागि दबाब दिनुपर्ने अवस्था रहेको बताइन् । उनले भनिन्, ‘प्रत्यक्ष सांसदलाई बढी र समानुपातिक सांसदलाई कम बजेट दिने अभ्यास पुरानै हो ।’

कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालले पनि प्रत्यक्ष र समानुपातिक सांसदबिच विभेद गर्न नहुने बताइन् । ‘अधिकार र जिम्मेवारीका हिसाबले सबै सांसद बराबर हुन्,’ उनले भनिन्, ‘त्यसैले योजनागत बजेटमा विभेद गर्न मिल्दैन ।’

अर्थमन्त्री धनेन्द्र कार्कीले सांसदले सिफारिस गरेका योजनालाई विभिन्न मन्त्रालयमार्फत बजेटमा समेट्ने गरिएको बताए । उनका अनुसार आवश्यकता र प्राथमिकताका आधारमा ती योजना छनोट हुने गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता तथा उपसचिव धनिश्वर अर्यालले आगामी आर्थिक वर्षका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले प्रदेशको राजस्व अवस्था, उपलब्ध स्रोत र विभिन्न विषयगत उपसमितिबाट प्राप्त सुझावका आधारमा बजेट निर्माणलाई अन्तिम रूप दिइरहेको बताए ।

‘बजेटको आकारभन्दा पनि आवश्यकता र उपलब्धिलाई प्राथमिकतामा राखेर योजना छनोट गर्ने तयारी छ,’ अर्यालले भने, ‘उत्पादन, रोजगारी, पूर्वाधार र सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने क्षेत्रमा लगानी केन्द्रित गरिनेछ ।’

प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या घटाएर ८ कायम गर्ने निर्णय पनि गरिसकेको छ । उक्त व्यवस्था सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको छ ।

मुख्यमन्त्री आचार्यले मन्त्री चयन, सरकार पुनर्गठन र नेतृत्व परिवर्तनबारे छलफल जारी रहेको बताए । ‘अहिले विभिन्न चरणमा छलफल भइरहेको छ,’ उनले भने, ‘अन्तिम निर्णय भने हुन बाँकी छ ।’

गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि संघीय राजनीतिमा पुराना दल कमजोर बने पनि प्रदेश तहमा भने अझै सत्ता समीकरणकै राजनीति हावी देखिएको छ । सत्ता स्वार्थ, कुशासन र विकृतिप्रति असन्तुष्टि बढेपछि जेनजी पुस्ताले विद्रोह गरेका थिए । त्यसकै प्रभावमा प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचन भएको थियो । वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ बहुमत पाए पनि प्रदेश तहमा भने पुरानै दलहरूको प्रभाव कायम रहेको देखिन्छ ।

Previous Post

धवल धक्काले राप्रपामा चर्कियो विवाद

Next Post

ब्राउन सुगरसहित चार जना पक्राउ

Next Post
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

ब्राउन सुगरसहित चार जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

ब्राउन सुगरसहित चार जना पक्राउ

June 4, 2026
उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

लुम्बिनीमा मन्त्री फेर्दै एमाले

June 4, 2026
महामन्त्री धवलशमशेर राणाद्वारा नयाँ राजनीतिक अभियान घोषणा

धवल धक्काले राप्रपामा चर्कियो विवाद

June 4, 2026
नेपालगन्जमा पनि ‘ओमोडा ई ५ प्रो’

नेपालगन्जमा पनि ‘ओमोडा ई ५ प्रो’

June 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version