For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, August 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    विद्यालय मर्जमा राजनीति बाधक

    विद्यालय मर्जमा राजनीति बाधक

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News World

हमास निःशस्त्रीकरणपछि मात्रै इजरायली फिर्ती : ट्रम्प बोर्ड

byDainik Nepalgunj
August 4, 2026
in World
0 0
0
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठित शान्ति बोर्डले गाजाबाट इजरायली सेना फिर्ता हुने प्रक्रिया हमासको पूर्ण र प्रमाणित निःशस्त्रीकरणपछि मात्रै सुरु हुने स्पष्ट पारेपछि इजरायलले उठाएको मुख्य आपत्तिलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यससँगै गाजा युद्धविराम र शान्ति प्रक्रियालाई अघि बढाउने नयाँ प्रयासमा इजरायल र अमेरिकी पक्षबीच साझा समझदारी कायम भएको बोर्डले जनाएको छ ।

शान्ति बोर्डअन्तर्गत गाजाका लागि उच्च प्रतिनिधि निकोले म्लादेनोभले सोमबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्नुभएको थियो । भेटपछि बोर्डले सामाजिक सञ्जाल एक्समार्फत हमासले मध्यस्थकर्तासमक्ष गरेको प्रतिबद्धताअनुसार पूर्ण रूपमा हतियार विसर्जन गरेपछि मात्रै ‘पहेँलो रेखा’ बाहिरको आफ्नो सैन्य उपस्थिति इजरायलले फिर्ता लिने र यस विषयमा दुवै पक्षबीच साझा उद्देश्यमा स्पष्ट समझदारी बनेको जनाएको छ ।

यसअघि बोर्डले गाजाबाट चरणबद्ध इजरायली फिर्ती र तत्काल सैन्य आक्रमण रोक्नुपर्ने प्रस्ताव सार्वजनिक गरेपछि प्रधानमन्त्री नेतान्याहुको सुरक्षा मन्त्रिपरिषद्का दुई सदस्यले उक्त प्रस्ताव अस्वीकार गर्न माग गरेका थिए । प्रधानमन्त्री कार्यालयका प्रवक्ता डोरोन स्पिलम्यानले सार्वजनिक गरिएको प्रारूपले इजरायलको आधिकारिक धारणा प्रतिबिम्बित नगरेको र आफ्ना टिप्पणी तथा चिन्ता अमेरिकी पक्षसमक्ष राखिएको बताउनुभएको थियो ।

कट्टर दक्षिणपन्थी अर्थमन्त्री बेजलेल स्मोट्रिचले मन्त्रिपरिषद्मा प्रस्तुत गरिएको प्रारूप र सार्वजनिक दस्तावेजबीच ठूलो अन्तर रहेको दाबी गर्दै गाजा योजनामाथि तत्काल पुनः मतदान गर्न आग्रह गर्नुभएको छ ।

शुक्रबार राष्ट्रपति ट्रम्पले हमासले प्यालेस्टिनी शासकीय समितिलाई हतियार हस्तान्तरण गर्ने सहमतिलाई शान्ति प्रक्रियाको महत्त्वपूर्ण उपलब्धि भन्दै स्वागत गर्नुभएको थियो । त्यसलगत्तै इजरायली पक्षले अमेरिकासँग आफ्नो असन्तुष्टि औपचारिक रूपमा व्यक्त गरेको जनाएको थियो ।

उता हमासले सोमबार राति युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयनबारे सबै पक्षबीच सहमति कायम रहेको दाबी गर्दै म्लादेनोभ र मध्यस्थकर्ताबाट स्पष्ट तथा आधिकारिक प्रतिक्रियाको प्रतीक्षा गरिरहेको जनाएको छ ।

ट्रम्प र नेतान्याहुबीच पछिल्ला महिनामा गाजा र इरान नीतिलाई लिएर मतभेद बढ्दै गएको सङ्केत पनि देखिएको छ । नेतान्याहुले हमासको पूर्ण, प्रमाणित र अपरिवर्तनीय विसैन्यीकरणलाई कुनै पनि स्थायी राजनीतिक समाधानको पहिलो सर्त मान्नुभएको छ । उहाँका प्रवक्ताले युद्धविरामपछि पनि हमासका गतिविधिले भविष्यमा पुनः आक्रमणको जोखिम कायमै रहेको दाबी गर्नुभएको छ ।

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पछिल्लो सहमतिलाई सकारात्मक सङ्केतको रूपमा व्याख्या गर्दै हमासलाई निःशस्त्र बनाउने प्रतिबद्धता अझ स्पष्ट भएको बताउनुभएको छ । गाजा योजनामा संलग्न वरिष्ठ प्यालेस्टिनी नेता मोहम्मद डाहलानले सुरुमा ट्रम्पका ज्वाइँ जारेड कुशनरले इजरायलले आक्रमण अन्त्य गर्ने जानकारी दिएको दाबी गर्नुभएको थियो । पछि उहाँले आफ्नो भनाइ संशोधन गर्दै कुशनर इजरायली पक्षसँग मिलेर आक्रमण रोक्ने प्रयासमा रहेको स्पष्ट पार्नुभएको थियो । त्यसपछि उहाँले प्रधानमन्त्री नेतान्याहुमाथि युद्ध अन्त्य गर्ने अवसर अवरुद्ध गरेको आरोप लगाउनुभएको छ ।

यसबीच सोमबार साँझ गाजा सहरको पश्चिमी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु भएको र अन्य घाइते भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । इजरायली सेनाले भने आक्रमण दुई आतङ्ककारीलाई लक्षित गरी गरिएको जनाएको छ । नागरिक सुरक्षा निकायका अनुसार आइतबार भएका छुट्टाछुट्टै आक्रमणमा महिला र बालबालिकासहित १९ प्यालेस्टिनीको मृत्यु भएको थियो ।

गाजामा युद्धविरामका लागि मध्यस्थता गरिरहेका कतार, इजिप्ट र टर्कीले पनि नयाँ इजरायली आक्रमणको कडा आलोचना गर्दै स्वास्थ्य संस्था, पूर्वाधार तथा सर्वसाधारणमाथि आक्रमण भएको र त्यसबाट महिला तथा बालबालिकासहित नागरिक हताहत भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
Previous Post

करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

Next Post

नदीजन्य पदार्थको अवैध तस्करी

Next Post
नदीजन्य पदार्थको अवैध तस्करी

नदीजन्य पदार्थको अवैध तस्करी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नदीजन्य पदार्थको अवैध तस्करी

नदीजन्य पदार्थको अवैध तस्करी

August 4, 2026

हमास निःशस्त्रीकरणपछि मात्रै इजरायली फिर्ती : ट्रम्प बोर्ड

August 4, 2026
‘करदाताले न्याय पाउन सकेका छैनन्’

करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

August 4, 2026
नेपालको जडीबुटी व्यापारमा नेपालगन्ज नाकाको हिस्सा ७५ प्रतिशत

नेपालको जडीबुटी व्यापारमा नेपालगन्ज नाकाको हिस्सा ७५ प्रतिशत

August 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version