नेपालगन्ज उद्योग वाणिज्य संघमा उपाध्यक्ष सहित पाँच सदस्य निर्विरोध निर्वाचित हुने भएका छन् ।
शुक्रबार मनोनयन दर्ताका क्रममा उपाध्यक्ष वाणिज्यको एक पदमा एक जनाको मात्रै उम्मेदवारी परेको हो । उपाध्यक्ष वाणिज्यमा मा विष्णु प्रसाद श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ ।
त्यस्तै, एशोसिएट र सम्बद्ध सदस्य तर्फ पनि आवश्यक पद संख्या अनुसार नै उम्मेदवारी परेको छ । जसका कारण दुवै तर्फ चार सदस्य निर्विरोध हुने भएका छन् ।
एशोसिएट सदस्यको दुई पदका लागि राजिव तेलंगा र अब्दुल वाहिद अन्सारी र सम्बद्ध सदस्य दुई पदका लागि फणाधर भन्सारी र सुरेश जंग बन्जाराको मात्रै उम्मेदवारी परेको छ ।
त्यस बाहेकका अन्य पदमा आवश्यक पद संख्या भन्दा बढी उम्मेदवारी परेको छ । तीन संगठनको सहमतिमा अध्यक्ष पदमा उम्मेदवारी दिएका चिरञ्जीवि ओली सँगै अध्यक्ष पदमा धु्रव प्रसाद दाहालले पनि उम्मेदवारी दिएका छन् ।
संघमा उम्मेदवारी विरुद्ध दाबी तथा मनोनयन फिर्ता लिने समय बाँकी रहेकाले उक्त समयसम्म फिर्ता नलिए निर्वाचनमा जानुपर्ने हुन्छ ।
यस्तो छ, उम्मेदवारी दर्ता



































