For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

byDainik Nepalgunj
August 18, 2026
in विचार
0 0
0
मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा
Share on FacebookShare on Twitter

आजभोली विकासको नाममा मन्दिर निर्माणको लहर नै चलेको छ । धार्मिक आस्थाको केन्द्र मन्दिर निर्माण गर्ने कार्य आफैँमा नराम्रो भने होइन । तर अहिले गाउँ ठाउँ होस अथवा शहरी क्षेत्रका टोल टोलमा हेर्नुस त, आवश्यकता छ कि छैन नहेरी मन्दिर निर्माण भइरहेका छन । त्यही ठाउँमा खानेपानीको समस्या होला ? सडकको नालीमा कल्भर्ट राख्नुपर्ने होला ? स्कूलको छाना फेर्नुपर्ने होला ? यस्ता थुप्रै आवश्यक निर्माणका काम छन । त्यसप्रति कसैको ध्यान गएको देखिँदैन । तर मन्दिर निर्माण भनेपछि सबैको मत एक हुन्छ ।

मन्दिर बनाउनु आफैँमा गलत कुरा होइन । यो त संस्कारको निरन्तरता, आस्थाको अभिव्यक्ति र सभ्यताको प्रतीक हो । तर बिना योजना, नीति र पारदर्शिता गरिने मन्दिर निर्माणले धर्मलाई पनि व्यापारको रूपमा बदल्ने अवस्था आउँछ । आजको यो लहर भोलिको बिस्मृति नबनोस, आजको श्रद्धा भोलिको विग्रह नबनोस भन्ने हो भने राज्य, समाज र समुदायले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । अर्को तर्फ आजभोली धेरै ठाउँमा अग्ला र विशाल हनुमान, भगवती वा अन्य देवताका मूर्ति निर्माण गर्ने प्रतिस्पर्धा नै हुन थालेको छ । कुनै पनि देवताको मूर्ति अग्लो नै बनाउनुपर्छ भन्ने कुरा कुनै शास्त्रमा पाइँदैन । शास्त्रले विशाल मूर्ति बनाउ भनेको छैन, शास्त्रीय अनुपात, शुद्ध स्वरूप र विधिपूर्वक प्रतिष्ठा गर मात्र भनेको छ ।

आज गाउँ गाउँमा हेर्ने हो भने हाम्रो समाज साँच्चै मन्दिर निर्माणको शिखर यात्रामा छ । एउटा मन्दिरको घण्टा बज्न नपाउँदै अर्कोको जग खनिन्छ । सांसद विकास कोषको शिलालेख हो वा प्रदेशको रातो किताब, बजेटको लहर पनि मन्दिरतिरै मोडिएको छ । अनि अर्कोतिर गाउँलेको पसिनाको पैसा, प्रवासी छोराको रेमिटयान्स र टोलका प्रतिष्ठित भनिनेहरूको इश्वर प्रति जोडिएको आस्थाको दान सबै मिसिएर एउटै इँटामा थुप्रिएको छ । मन्दिर निर्माणको लागि दानको महिमा र चर्चा हुन्छ । यति दान गरे स्वर्ग, उति दान गरे मोक्ष का कथा सुनाएर थैली खोलाइन्छ । हेर्दा लाग्छ, देश नै कुनै अदृश्य भक्तिको ज्वारभाटामा बगेको छ । तर यो ज्वार के साँच्चै आस्थाको उज्यालोबाट आएको हो ? कि त्यो उज्यालोभित्र पनि केही छायाँहरू लुकेका छन ?

धार्मिक आस्था हाम्रा पुस्ताहरूको जीवनराग हो । हाम्रा बस्तीहरूमा बिहान मन्दिरको घण्टीले दिनको सुरुवात हुन्छ । बुढाबुढी हातमा फूल, जल र भजन बोकेर मन्दिर पस्छन । बालकहरू त्यसैको आँगनमा अक्षर चिन्न थाल्छन । त्यसैले मन्दिर निर्माणको भावना आफैँमा विशुद्ध हुन्छ, विवादास्पद होइन । तर आजकल यो विशुद्धता अनेक उद्देश्यले मिसिएको छ । कतै चुनावी लाभका लागि मन्दिर निर्माण हुन्छ, कतै सामाजिक प्रतिष्ठा देखाउन, कतै चन्दा संकलनको बहानामा धार्मिकता ओढिन्छ । परिणामस्वरूप मन्दिर अब पूजास्थल मात्र नभई प्रभावको प्रतीक बनेको छ ।

नेपालमा मन्दिर निर्माणको कुनै राष्ट्रव्यापी नीति, मापदण्ड वा दीर्घकालीन योजना छैन । यही नीतिगत शून्यताको बीचमा जता मन लाग्यो त्यतै मन्दिर निर्माण भएका छन । कहिले बाँझो चौरको बीचमा, कहिले निजी आँगनको कुनामा, कहिले सार्वजनिक जग्गाको नाममा, त कहिले गाउँको जग्गा विवादलाई साम्य पार्ने सजिलो उपायको रूपमा मन्दिर बनेका छन । मन्दिर बनाउन चन्दा उठाउने, शिलान्यास गर्ने र भव्य उद्घाटन गर्ने यो त एउटा चलन जस्तै बनेको छ । आफ्नो गाउँ, आफ्नो टोलमा कुनै देवालय छैन भने आस्थाको केन्द्र बनाउनु निश्चय नै सुन्दर र पुण्य कार्य हो । त्यसले समुदायलाई जोडछ, संस्कृतिलाई निरन्तरता दिन्छ । तर प्रश्न त्यहाँ उठ्छ, जहाँ पहिल्यैदेखि मन्दिर छ, घण्टा बजिरहेकै छ, पूजा चलिरहेकै छ, त्यही ठाउँमा फेरि अर्को मन्दिर निर्माणको औचित्य के ? त्यहाँ आस्थाले भन्दा बढी आकर्षणले काम गरेको देखिन्छ ।

अर्कोतिर को बढी धर्मात्मा देखिने होडबाजी, को मन्दिरको समितिमा अध्यक्ष बन्ने प्रतिस्पर्धा र शिलालेखमा नाम लेखिने मोह । आस्था भित्रको मौन समर्पण विस्तारै बाहिरी तामझामको प्रदर्शनमा बदलिँदै गएको छ । दुःखको कुरा, यसको कुनै लेखाजोखा न स्थानीय सरकारसँग छ, न प्रदेश सरकारसँग । कुन भूगोलमा कस्तो संरचना आवश्यक छ, कुन समुदायको बनावट कस्तो छ, त्यहाँको सांस्कृतिक बहुलता र सामाजिक संवेदनशीलतालाई कसरी सम्मान गर्ने भन्ने गहिरो अध्ययन नै छैन । हामीले धार्मिक संरचना त धेरै बनायौं, तर धार्मिक चेतना, सहिष्णुता र व्यवस्थापनमा भने पछाडि परेका छौं । आवश्यकता भन्दा बढी बनेका मन्दिरहरूले न त आस्थालाई बलियो बनाउँछन, न त समुदायलाई धार्मिक चेतनाको गहिराइमा पु¥याउँछ । बरु यसले जमिनको दुरूपयोग, स्रोतको दोहन र कहिलेकाहीँ साम्प्रदायिक दूरी समेत बढाइरहेको छ । अब मन्दिर चाहिने होइन, मन्दिर निर्माणको विवेक चाहिने बेला आएको छ । कहाँ, किन र कसका लागि बनाउने भन्ने प्रश्नको उत्तर नखोजेसम्म हरेक चौरमा निर्माण भएका मन्दिरहरू आस्थाका प्रतीक होइन, अराजक योजनाका स्मारक मात्र बनिरहनेछन ।

मन्दिर निर्माणमा दान र चन्दा उठाउने प्रचलन पुरानो हो । तर यसको भाव पुरानो जस्तो रहेन । कुनै बेला मानिसहरूले मन्दिर निर्माण गर्दा ढुंगा बोक्दथे । कसैले काठ, कसैले आफ्नो खेतको पहिलो उब्जनीको मुठीभर अन्न ल्याउँथे । नाम सोध्ने चलन थिएन । कसले के ल्यायो भन्ने भन्दा पनि कति श्रद्धाले ल्यायो भन्ने ठूलो हुन्थ्यो । त्यो बेला दान भनेको ईश्वर र आफूबीचको मौन संवाद थियो, समाजलाई सुनाउनुपर्ने समाचार थिएन । तर अहिले त्यो चन्दा नियमित आर्थिक स्रोत जस्तो भएको छ । एउटा स्थायी आम्दानीको पाइपलाइन जस्तो । अब दान दिइँदैन, देखाइन्छ । गाउँमा मन्दिर बन्ने भयो भन्ने खबर कतार, दुबई, कोरिया, अमेरिका पुग्छ । त्यहाँ १२ घण्टा घाममा काम गर्ने भाइले, होटलमा भाँडा माझने बहिनीले पैसा पठाउँछन । उनीहरूलाई लाग्छ म परदेशमा छु, कम्तिमा मेरो गाउँको मन्दिरमा मेरो एउटा इँटा त लागोस । तर त्यो पवित्र पसिनाको पैसाको कुनै लेखाजोखा हुँदैन । न अडिट हुन्छ, न सार्वजनिक सुनुवाइ । लाखौं उठेको सुनिन्छ, तर मन्दिरको जग ५ वर्षदेखि त्यहीँ हुन्छ । कहिलेकाहीँ त समिति नै फेरिन्छ, पुरानो समितिले नयाँलाई हिसाब दिँदैन । अनि त्यो पैसा कहाँ गयो ? कसको खल्तीमा, कसको जग्गामा, कसको चुनावी भोजमा खर्च भयो, कसैलाई थाहा हुँदैन । धर्मको नाममा उठेको पैसा जब अधर्मको बाटो लाग्छ, त्यसले एउटा मन्दिर मात्र अलपत्र पार्दैन, हजारौं परदेशीको विश्वासलाई पनि अलपत्र पार्छ ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश हो भन्ने कुरालाई हामीले नारा जस्तो मात्र बनाएका छौं, व्यवहारमा बुझेका छैनौं । यस्तो विविधतायुक्त समाजमा सन्तुलन नै सबैभन्दा ठूलो शक्ति हो । तर पछिल्लो समय एउटै समुदायका मन्दिरहरू जताततै अत्यधिक संख्यामा निर्माण हुनु र अन्य समुदायका धार्मिक स्थल, आस्था र पहिचानसँग जोडिएका थलोहरू उपेक्षामा पर्नुले त्यो सन्तुलन नै भत्किने खतरा बढेको छ । हामीले के पनि बुझनुपर्छ भने धार्मिक स्थल केवल पूजा गर्ने ठाउँ मात्र होइनन, ती समुदायको पहिचान, इतिहास र अस्तित्वका आधार पनि हुन । त्यसैले कुनै पनि ठाउँमा नयाँ मन्दिर बनाउँदा एउटा सूक्ष्म प्रश्न सोध्नैपर्छ, यसले त्यो क्षेत्रको जातीय बनोट, धार्मिक जनसंख्या र सांस्कृतिक रूपरेखामा कस्तो असर गर्छ ? यो प्रश्न नगरी बनाइएको आजको मन्दिर भोलि समुदायबीचको मतभेद र द्वन्द्वको कारण बन्न सक्छ । यदि अहिले जस्तै बिना कुनै नीति, मापदण्ड र दीर्घकालीन योजनाको मन्दिर निर्माणको होड निरन्तर चलिरह्यो भने यसले भविष्यमा गम्भीर सामाजिक असर निम्त्याउने निश्चित छ ।

नेपालमा कति मन्दिर छन ? कुन देवताका कति छन भन्ने यकिन तथ्याङ्क संघीय सरकारसँग पनि छैन, पुरातत्व विभागसँग पनि छैन । दर्ताको परम्परा नै छैन । ऐतिहासिक मठ मन्दिर जस्तै पशुपतिनाथ, जानकी मन्दिर, छिन्नमस्ता जस्ता केही सय मन्दिर मात्र पुरातत्व विभागमा सूचिकृत छन । तर गाउँ गाउँमा बनेका मन्दिर गुठी संस्थानमा पनि दर्ता हुँदैनन । स्थानीय पालिकामा पनि नक्सा पास गरेर मन्दिर बन्दैन । कसैले आफ्नो खेतमा, चौतारीमा, कुलोको मुहानमा ढुंगा राखेर शिवलिङ्ग स्थापना गरिदियो भने पनि त्यो मन्दिर भइहाल्छ । संविधानले धर्म संस्कृति संरक्षणको जिम्मा स्थानीय तहलाई दिएको छ, तर कुन मन्दिरलाई के गर्ने भन्ने स्पष्ट मापदण्ड संघले बनाएको छैन । त्यसैले पालिकाहरूले पनि अनिवार्य मन्दिर प्रोफाइल राखेका छैनन । कतिपयले राखे पनि त्यो पर्यटकीय स्थलको लिस्ट मात्र छ, अन्य मन्दिरको छैन ।

हिन्दू परम्परामा मन्दिर बनाउनु ठूलो पुण्य मानिन्छ । अर्काको गाउँको शिवले मेरो भाकल सुन्दैन, आफ्नै टोलमा हुनुपर्छ भन्ने सोच छ । पहिले एउटा गाउँमा एउटा भगवती मन्दिर हुन्थ्यो, सबैको साझा । अहिले बसाइँसराइ र जनसंख्या बढदा टोल टोल छुट्टिए । मगर टोलको छुट्टै, ब्राह्मण टोलको छुट्टै, ठकुरीको कुलदेवताको छुट्टै मन्दिर धर्मभन्दा बढी पहिचानको प्रतीक बन्यो । अहिले पालिका र प्रदेश सांसदको सानो बजेटबाट मन्दिर निर्माण र जीर्णोद्धार भनेर बजेट बाँडन सजिलो छ । एउटा मन्दिर बनाएपछि शिलान्यास गर्ने, फोटो खिच्ने, भोटको आधार बनाउन सकिन्छ । त्यसैले आवश्यकता अध्ययन बिना नै मन्दिर थपिँदै गएका छन । आस्था कहिल्यै धेरै हुँदैन, तर मन्दिर धेरै हुनु आस्था धेरै हुनु होइन ।

अब प्रत्येक स्थानीय तहले आफ्नो पालिकाभित्र ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका मन्दिर, गुम्बा, मस्जिद, चर्च र अन्य धार्मिक स्थलहरू कति छन भन्ने यकिन तथ्यांक निकाल्नुपर्छ ।
आफ्नो क्षेत्रमा कुन कुन समुदाय, सम्प्रदाय र धर्मावलम्बीहरूको बसोबास छ, उनीहरूको जनसंख्या अनुपात कति छ, यसको सूक्ष्म सर्वेक्षण गर्नुपर्छ । अहिले भएका धार्मिक स्थलहरूले जनसंख्याको आवश्यकता धानेका छन कि छैनन, नयाँ धार्मिक संरचना साँच्चै आवश्यक हो कि होइन भन्ने वस्तुनिष्ठ अध्ययन गर्नुपर्छ । यो सर्वेक्षणपछि मात्र पालिकाहरूले धार्मिक संरचना निर्माणसम्बन्धी स्पष्ट नीति र निर्देशिका बनाउनुपर्छ । अन्यथा टोल विकास संस्था वा कुनै निकायको नाममा जथाभावी मन्दिर निर्माण गर्न थालिएमा त्यसलाई समयमै नियमन र आवश्यक परे रोक्न पनि पर्दछ । धर्म आस्थाको विषय हो, प्रतिस्पर्धाको होइन । विकासको नाममा आस्थालाई व्यापार र पहिचानलाई निषेध गर्ने काम बन्द हुनुपर्छ ।

अब कुनै पनि नयाँ मन्दिर बनाउनु अघि पालिकाले सोध्नुपर्छ नजिक उही देवताको मन्दिर छ कि छैन ? मन्दिर सञ्चालनको स्रोत के हो ? सार्वजनिक जग्गामा हो कि होइन ? अर्को तर्फ मन्दिरलाई मन्दिर मात्र होइन, सामुदायिक केन्द्र बनाउनुपर्छ । शिव मन्दिर मात्र किन ? त्यही परिसरमा पुस्तकालय, सत्संग हल, ज्येष्ठ नागरिक चौतारी बनाउँदा एउटै लगानीले धेरै काम दिन्छ । हामीलाई देवता धेरै चाहिन्छ भन्दा पनि भएका देवस्थललाई जीवन्त, सफा र अर्थपूर्ण बनाउनु बढी आवश्यक छ । नत्र हरेक टोलमा मन्दिर हुनेछ तर पुजारी, दियो र भक्तजन कोही हुने छैनन ।

त्यसैले अब मन्दिर निर्माणसम्बन्धी राष्ट्रिय नीति बनाइनुपर्छ । जसले भूगोल, धर्म संस्कार र आवश्यकताका आधारमा निर्माण अनुमति दिने मापदण्ड तय गरोस । स्थानीय तहको समन्वय र अनुमतिबिना मन्दिर निर्माणमा रोक लगाइनुपर्छ, ताकि जथाभावी संरचना निर्माण रोकिन सकोस । दान, चन्दा र सरकारी सहायता पारदर्शी हुनुपर्छ ।

वास्तुशास्त्री, धर्मशास्त्री र योजनाविदहरूको सल्लाहमा मन्दिरको स्थान, प्रकार र उपयोगबारे पूर्व अध्ययन गरिनुपर्छ, ताकि सामाजिक सन्तुलन कायम रहोस । पुराना मठमन्दिरको संरक्षणमा प्राथमिकता दिनुपर्छ । नयाँभन्दा पहिले ऐतिहासिक, सांस्कृतिक तथा लोपोन्मुख स्थलको संरक्षणमा ध्यान केन्द्रित गरिनुपर्छ ।

Previous Post

कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

Next Post

‘बेथिति विरुद्ध स्वतन्त्र समूहको उम्मेदवारी’

Next Post
‘बेथिति विरुद्ध स्वतन्त्र समूहको उम्मेदवारी’

‘बेथिति विरुद्ध स्वतन्त्र समूहको उम्मेदवारी’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

कोहलपुर घटना : पाँच सदस्यीय समिति गठन

October 6, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

कांग्रेसमा थपिए एक लाख सदस्य

October 6, 2026
सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक

सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक

October 6, 2026
सञ्चार नीति बनाउ

कोहलपुर घटनामा पत्रकार महासंघको ध्यानाकर्षण

October 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version