For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

६ महिनामा १० प्रतिशतभन्दा धेरैले बढ्यो सेयर धितो कर्जा

byDainik Nepalgunj
February 18, 2024
in Business
0 0
0
६ महिनामा १० प्रतिशतभन्दा धेरैले बढ्यो सेयर धितो कर्जा
Share on FacebookShare on Twitter

गत वर्ष निरन्तर घटेको मार्जिन प्रकृतिको सेयर धितो कर्जा चालु आर्थिक वर्षमा भने हरेक महिना बढ्दो क्रममा देखिएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै जाँदा यस्तो कर्जा विस्तार पनि बढ्दै गएको हो ।

गत असार मसान्तको तुलनामा ०८० पुससम्ममा मार्जिन प्रकृतिको सेयर धितो कर्जा विस्तार १०.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्ष ०७९–८० को ६ महिनामा सात प्रतिशतले गिरावट रहेको यस्तो प्रकृतिको कर्जा चालु आवको सोही अवधिमा १० प्रतिशतभन्दा बढी विस्तार भएको हो । गत असार मसान्तमा ७४ अर्ब ८७ करोड रुपैयाँ यस्तो कर्जा विस्तार भएकोमा त्यसयताका हरेक महिनामा बढ्दो क्रममा छ ।

गत आवमा बैंकिङ प्रणालीमा तरलता अभाव रहेकाले समग्र कर्जा विस्तार नै प्रभावित भएको थियो । तर, चालु आवको सुरुवातदेखि नै प्रणालीमा तरलता रहँदा यस प्रकृतिको कर्जा विस्तार भएको जानकारहरू बताउँछन् । अन्य क्षेत्रमा भने बजार माग कम भएको तथा उपभोक्ताको क्रयशक्ति कमजोर बनेकाले पनि कर्जा प्रवाह अपेक्षाकृत रुपमा बढ्न सकेको छैन ।

अहिले बैंकहरूसँग लगानी गर्न सक्ने क्षमता उच्च छ । राष्ट्र बैंकका अनुसार फागुन १ गते बैंकिङ प्रणालीको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.२४ प्रतिशत छ । कर्जा प्रवाहका क्रममा यस्तो रेसियो न्यूनतम ९० प्रतिशत राख्नैपर्ने व्यवस्था भएकोमा कर्जा दिने क्षमता उच्च भएर रेसियो तल झरेको हो । यस्तै, अन्तरबैंक कर्जाको भारित औषत ब्याजदर ३.०१ प्रतिशत छ ।

पुँजी बजारका जानकार देव गुरागाईं गत आवको तुलनामा अहिले सेयर धितो कर्जा विस्तार बढी हुनुको मुख्य कारण बैंकहरूमा तरलता पर्याप्त रहनुलाई मान्छन् । प्रणालीमा तरलता बढेपछि ब्याजदर समेत घट्दै गएको र कर्जा विस्तार बढिरहेको उनको भनाइ छ । पछिल्लो समय सेयर बजारमा लगानीको वातावरण तयार हुँदै गएको, कतिपय नीतिगत कठिनाइहरूलाई राष्ट्र बैंकले सम्बोधन गरेको, कर्जाको ब्याजदर घट्दै गएको तथा बैंकमा तरलता पर्याप्त मात्रामा रहेको जस्ता कारण मार्जिन प्रकृतिको कर्जा बढेको जानकारहरू बताउँछन् । कर्जाको ब्याजदर घट्दो दरमा रहेका कारण पनि यस्तो कर्जा बढिरहेको गुरागाईं बताउँछन् । ‘बैंकको बेस रेट घटेपछि यस्तो कर्जा विस्तार झनै बढ्छ,’ उनले भने ।

गत आवको सुरुवातदेखि नै सेयर धितोमा जाने कर्जा क्रमशः घट्दो क्रममा थियो । तर, चालु आवको साउनदेखि नै यस्तो कर्जा क्रमशः बढ्दो क्रममा रहेको देखिन्छ । गत असोजमा चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षा गर्दै राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको छ । जसअनुसार अहिले व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड रुपैयाँसम्म यस्तो कर्जा लिन सक्नेछन् । विगतमा एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था रहेकोमा केन्द्रीय बैंकले त्यसलाई बढाएको हो । राष्ट्र बैंकले पहिलो समीक्षामार्फत जोखिम भार घटाउने र कर्जाको सीमा बढाउने नीति लिएपछि सेयर धितो कर्जाको विस्तार थप बढेको हो ।

गत आवको साउनमा ७६ अर्ब ८० करोड रुपैयाँ मार्जिन प्रकृतिको कर्जा विस्तार भएको थियो । तर, सो आवको असोजमा बाहेक अन्य सबै महिनामा यस्तो प्रकृतिको कर्जा विस्तार घट्यो । गत आवको असोजमा यस्तो कर्जा ७६ अर्ब ३३ करोड रुपैयाँ प्रवाह भएको थियो । त्यसबाहेक गत आवको पुसमा यस्तो कर्जा प्रवाह घटेर ७४ अर्ब ८७ करोड रुपैयाँमा संकुचित हुन पुग्यो । अर्थतन्त्रमा आएको शिथिलता, उच्च ब्याजदर, नियामकीय कडाइजस्ता कारणले सो समयमा कर्जा लिने अवस्था नै नरहेको सेयर बजारका जानकारहरू बताउँछन् । तर, चालु आवको सुरूदेखि नै सेयर बजारप्रति माहोल सकारात्मक बन्दै गयो । जसअनुसार सेयर धितो कर्जा विस्तार पनि बढ्दै गयो ।

चालु आवको साउनमा ७६ अर्ब ४१ करोड रुपैयाँ सेयर धितो कर्जा विस्तार भएकोमा हरेक महिना यो क्रमशः बढ्दै पुससम्ममा ८४ अर्ब २९ करोड रुपैयाँ प्रवाह भएको छ । चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिमक समीक्षामार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभर १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको छ ।

राष्ट्र बैंक नीतिगत रुपमा सेयर बजारप्रति लचक बन्दै जाँदा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जा पनि बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार पुससम्ममा एक करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा १४.७ प्रतिशतले बढेको छ । पुससम्ममा एक करोड रुपैयाँभन्दा माथिको यस्तो कर्जा ५१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा एक करोड रुपैयाँसम्मको सेयर धितो कर्जा ११ अर्ब ७७ करोड रुपैयाँ प्रवाह भएको थियो ।

यसैगरी ५० लाख रुपैयाँदेखि एक करोडसम्मको सेयर धितो कर्जा ८.६ प्रतिशतले बढेर १२ अर्ब ७८ करोड पुगेको छ । असार मसान्तमा यस्तो कर्जा ११ अर्ब ७७ करोड रुपैयाँ पुगेको थियो । राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँदेखि ५० लाखसम्मको सेयर धितो कर्जा २ प्रतिशतले बढेर १२ अर्ब ३ करोड पुगेको छ । असार मसान्तमा यस्तो कर्जा १२ अर्ब ७८ करोड थियो ।

तथ्यांकअनुसार २५ लाख रुपैयाँभन्दा कम सेयर धितो कर्जा १.९ प्रतिशतले बढेर ७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा ७ अर्ब ३ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएको थियो । सेयर बजार बढ्ने मनोविज्ञान रहेकाले पनि यसतर्फ लगानी बढ्दै गइरहेको जानकारहरू बताउँछन् । सेयर बजारमा सुधार हुँदै जाँदा कर्जा लिने माहोल समेत बनेकाले यसतर्फ कर्जा बढेको गुरागाईंको भनाइ छ । आगामी दिनमा कर्जाको ब्याजदर झनै घट्ने अवस्था आउने भन्दै उनले यसले सेयर धितो कर्जा झनै बढ्ने बताए । ‘अहिले सेयर धितो कर्जा जुन हिसाबले बढिरहेको छ, त्यो सकारात्मक छ,’ उनले भने । यो खबर कारोबार दैनिकमा प्रकाशित छ ।

Previous Post

पासाङल्हामु मार्ग निर्माण कार्य सुरु

Next Post

जानकी दर्शन गरेर उसैदिन नेपालगन्ज

Next Post
जानकी दर्शन गरेर उसैदिन नेपालगन्ज

जानकी दर्शन गरेर उसैदिन नेपालगन्ज

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन

विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन

May 27, 2026
सुरक्षित गर्भपतन सेवा दिवसः मातृमृत्युदरमा सुधार हुँदै

असुरक्षित गर्भपतनको जोखिम कम भएन

May 27, 2026
हालसम्मकै उच्च सुनको मूल्य

तोलामा एक हजारले घट्यो सुनको मूल्य

May 27, 2026
माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक

आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

May 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version