For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

निडर नारीः खारा लडाइँको अनुभूति र स्मरण

byGanesh Bishu
March 8, 2024
in मुख्य समाचार
0 0
0
निडर नारीः खारा लडाइँको अनुभूति र स्मरण
Share on FacebookShare on Twitter

रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटकी जुना मल्ल २०५७ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भइन् । विद्यार्थी संगठन हुँदै उनी २०५९ सालमा लडाकु बनिन् । अन्याय अत्याचारविरुद्ध युद्ध गर्नुपर्छ भन्ने पारिवारिक पृष्ठभूमिमा जन्मेकी उनी चौथो डिभिजन २६ नम्बर बटालियन ए कम्पनी कास्कीकी एक निडर र आत्मविश्वासी लडाकु थिइन् ।

जुना युद्ध हुँदा गरिने निरन्तर अभ्यास गर्दै थिइन् । एकाएक दुस्मन (आर्मीः द्वन्द्वमा आर्मी, प्रहरीलाई दुस्मन भनेर माओवादीले चिन्थ्यो) सँग भिड्न जाने हल्ला भयो । युद्धमा लागेकालाई लड्नु र भिड्नु नौलो थिएन । जुनाले पनि नौलो मानिनन् तर मन अमिलो भएको अनुभूति उनले सुनाइन् । युद्ध कहाँ र कुन समयमा हुने कमाण्डरले केही भनेनन् । त्यतिबेला कमाण्डरले जे भन्यो त्यही मान्नुपर्थ्यो । अरुले कहाँ कतिबेला लड्ने चासो दिएनन् । आक्रमण गर्ने ठाउँ गोप्य राखिएको थियो । आक्रमण हुनुभन्दा १५ दिन अगाडि नै चौथो डिभिजन २६ नम्बर बटालियन ए कम्पनी टोली कास्कीबाट हिँड्यो । पैदल हिँड्नु पर्दा जुनाका खुट्टामा फोकैफोका भए । खुट्टाभरि फैलिएका फोकाको दुखाइभन्दा उनलाई भिडन्त जित्नु थियो । कास्कीबाट हिँडेको करिब १२ दिनपछि उक्त टोली रोल्पा पुग्यो । जुनालाई रोल्पाको कुन ठाउँ हो अहिले याद छैन । त्यहाँ आक्रमण गर्ने ठाउँको नक्सा प्रस्तुत भयो । तर ठाउँको नाम भने गोप्य नै राखियो ।

रोल्पाबाट रुकुमतिर अगाडि बढ्ढा जुनालाई रुकुम पुग्न लागेको आभाष भयो । तर उनले रुकुम जान लागेको भनेर कसैलाई पनि जिज्ञासा राखिनिन् । रुकुम र सल्यानको सिमाना पर्ने खौलाबाट उक्त टोली रुकुम प्रवेश गर्यो । १५ दिनपछि त्यहाँ पुग्दा युद्ध सुरु भइसकेको थियो । बम बारुद्धका आवाज गुञ्जमान थिए । उनले आफैँ पहिचान गरिन् रुकुमको खारा ब्यारेक आक्रमणको निशानामा परेको रहेछ । युद्धको स्थान नक्सामा चित्रण गरिएको थियो तर नाम उल्लेख गरिएको थिएन ।

‘करिब रात पर्नै लागेको थियो,’ उनले खारा घटना सम्झँदै भनिन् । आफ्नै भूमिमा लड्दा उनलाई पछाडि घट्न मन लाग्यो । तर युद्धमा सहभागी भएकी उनी लड्नुको विकल्प थिएन । उनको टोली रुकुम र सल्यानको सिमाना खौला हुँदै खाराको खुम्चेरी पुग्यो । जुनाको समूह तेस्रो टोली थियो । पहिलो सुरुमा आक्रमण गर्ने । दोस्रो पहिलालाई सहयोग गर्ने र दोस्रोले नसके तेस्रो टोलीबाट सहयोग मागिन्थ्यो । त्यसरी टोलीको वर्गीकरण गरिएको थियो ।

उनले फायरिङ गर्न नपाउँदै उनकै अगाडि रहेका साथी नेपाली सेनाको गोली लागेर ढले । आँखैअगाडि त्यस्तो देख्दा उनीमा विद्रोहको भाव पैदा भयो । उनी युद्धमा अगाडि बढिन् । रातभरि नखाइनखाई युद्ध लडिन् । उक्त समूहमा २५ जनाको टोली थियो । खुम्चेरी पुग्दा अरु लडाकु पनि थिए । आर्मीलाई घेरा हालिएको शंकामा खुम्चेरीबाट पनि लडाकुहरू आर्मी ब्यारेकतिर अगाडि बढे । जुनाको टोलीले एकोहोरो फाइरिङ गरिरह्यो । ‘अब गोली लाग्यो भन्दाभन्दै आर्मीको गोली आँखै अगाडिबाट जान्थ्यो,’ उनी विगत सम्भन्छिन्, ‘त्यतिबेला मर्नु ठूलो कुरा थिएन, युद्ध जित्नु ठूलो थियो ।’ चारवटा ग्रीनेट, एक राइफल र गोली जुनाले बोकेकी थिइन् ।

युद्ध बिहान ६ बजेसम्म चलेकै थियो । ‘त्यतिबेला हार र जित थाहा नै भएन,’ उनले भनिन्, ‘माओवादी लडाकु ब्यारेक कब्जा गर्न गएपछि हाम्रो टोली ब्याक भयो ।’ उक्त टोलीलाई दिएको समय सकिएपछि युद्ध जितियो भन्दै उक्त टोली पुनः रोल्पा हुँदै कास्की जाने गरी युद्धबाट फर्किए । साँझदेखि बिहानसम्म लड्ने उक्त टोलीलाई भनिएको थियो । केही समयपछि बाटोमा मात्रै उक्त टोलीले युद्ध हारेको थाहा पायो । फर्किंदा बाटोमा आर्मीसँग दुईपटक भिडन्त भयो । उनलाई त्यतिबेला खुट्टामा गोलीको छर्रासमेत लागेको थियो ।

२०६१ चैत २५ गते दोस्रोपटक रुकुम पश्चिमको खारामा सरकार र तत्कालीन विद्रोही पक्ष माओवादीबीच दोहोरो भिडन्त भएको थियो । उक्त भिडन्तमा माओवादीले ठूलो हार व्यहोर्नु पर्यो । युद्धबाट फर्किएर आउँदा माओवादी पृष्ठभूमिमै रहेकी जुनालाई घरमा घुलमिल हुन समस्या भएन । अहिले उनको सल्यान दार्मा गाउँपालिका–४ भलचौरमा विवाह भएको छ । स्वच्छिक अवकास लिएकी जुना अहिले सक्रिय राजनीतिमा छिन् । उनी उक्त गाउँपालिकाको पूर्व कार्यपालिका सदस्यसमेत हुन् । खाराजस्तै जुनासँग धेरै लडाइँका भोगाइ छन् । उनी पूर्वलडाकु हुँदा साना ठूला थुप्रै लडाइँ लड्ने पर्यो ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

नारीः श्रीमानले छोड्दा नरकीय बन्यो जीवन

Next Post
नारीः श्रीमानले छोड्दा नरकीय बन्यो जीवन

नारीः श्रीमानले छोड्दा नरकीय बन्यो जीवन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version