For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

वैदेशिक रोजगारमा यौनिक अल्पसङ्ख्यक : पीडामाथि पीडा भोग्दै

byDainik Nepalgunj
March 8, 2024
in News
0 0
0
Share on FacebookShare on Twitter

अनेक हन्डर भोगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको व्यथा कहालीलाग्दो छ। जुन कमै मात्र सार्वजनिक हुने गरेका छन्। यस्तै व्यथा भोगेकी छन् तेस्रो लिङ्गी महिला माया गुरुङ्गले। उनले नेपालमा रोजगारीका अवसर नपाउँदा विदेश हानिनु पर्‍यो आज भन्दा १६ वर्ष अगाडी।

कामको सिलसिलामा उनी खाडी मुलुक साउदी अरब पुगिन। अरू श्रमिक जस्तै समान काम गरिन, तर ज्याला समान पाउन सकिनन्। त्यति मात्रै होइन, फरक यौनिकता तथा लैङ्गिकता भएकै कारण कामबाट समेत निकालिनु पर्‍यो उनले।

काम दिने कम्पनीका सञ्चालकले मात्रै होइन, उनको फरक लैङ्गिकतालाई लिएर सहकर्मी साथीबाट पटकपटक यौन दुर्व्यवहारको सिकार समेत बन्नु पर्‍यो। मालिकसँग रोइकराई गरेर लिएको पारिश्रमिक पाकिस्तानी सहकर्मी श्रमिकले लुटेको मायाको स्मरणमा ताजा मात्रै छैन, सम्झेर पिर समेत लाग्ने गरेको छ।

मायाले आफ्नो वास्तविक पहिचान लुकाएरै काम गरिन् साउदी अरबमा। कामकै सिलसिलामा उनको आफू जस्तै एक जना ‘गे’ साथीसँग भेट भयो। साउदीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिका लागि कडा कानुन छ। उनले भनिन्,‘पहिचान खुलाएर त परै जाओस्, म यस्तो हुँ भन्दा नै जेल कोच्ने गरिन्छ भनौँ कठोर सजाय भोग्नु पर्छ।’
उनले तेस्रो लिङ्गी हुँ भनेको भए सायद जेल बस्नु पर्ने समेत हुन सक्थ्यो। ‘यदि म यो हो भन्ने बित्तिकै जेलमा लगेर बन्धक बनाउने गर्थे। मसँगैको एक जना साथी भेटे म जस्तै फिलिङ्स भएको,’मायाले भनिन्,‘उसले म एउटा गे हो भन्दै सबै साथीलाई भनेछ र साथीहरूले म्यानेजरलाई कुरा लाइदिएछन्, उसलाई साहुले प्रहरी बोलाएर थुनामा पठायो।’
देशको अवस्थाले गर्दा माया जस्ता धेरै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय खाडी मुलुक पुगेका छन्। महिला र पुरुषभन्दा बेग्लै फिलिङ्स भएका व्यक्तिहरू अझै पनि विदेश जानु पर्ने बाध्यतामा छन्। ‘बाँचिए नेपाल फर्किउँला घरपरिवार भेटौँला। यदि मरिएछ र बन्धक भइएछ भने मेरा सपनाहरू अपुरो रहनेछ भनेर काम गर्नुपर्थ्यो’ मायाले संक्षिप्त आफ्नो पीडा सुनाइन।
घर परिवारको आर्थिक अवस्था सुधार्नका लागि हातका नङ्ग्रा खियाउँदै अर्काको देशमा काम गर्न पुगेकी मायाले एक पटक त आत्महत्याको प्रयास समेत गरेको सुनाइन। ‘एक पटक मैले साउदीमै आत्महत्याको प्रयास पनि गरे,’उनले विगत सुनाउँदै भनिन्,‘झट्टै आफूलाई कठोर बनाइहाले र आत्मबल बढाउँदै अर्को कम्पनीमा काम गर्न सुरु गरे।’

उनले एउटा कम्पनीमा मात्रै पीडा भोग्नु परेन। अर्को कम्पनीमा काम गर्न जाँदा पनि उनले त्यही पहिलेको कम्पनीको जस्तै दुर्व्यवहार भोग्नु पर्‍यो। ‘कम्पनी चेन्ज गरेर अर्को कम्पनीमा जाँदा पनि फेरि म माथि हरेसमेन्ट र काम दलाई एउटै भयो,’उनले भनिन्,‘न त मलाई नेपाल फर्कनको लागि टिकट नै दिए, मैले जसो तसो गरेर ७ वर्ष काट्नु पर्‍यो। न खानाको ठेगान, न बस्नको ठेगान घरपरिवारले सन्चै छस् भन्दा सन्चै छु भन्नुपर्थ्यो।’

मायाले १२ वर्षको उमेर आफू तेस्रो लिङ्गी भएको पहिचान गरेकी हुन्। ‘म अरूभन्दा बेग्लै छु भन्ने १२ वर्षको उमेरमा थाहा भएको हो,’उनले भनिन,‘म सानैदेखि केटीको कपडा लगाएर नृत्य गर्ने गर्थे, मेरो उमेर बढ्दै गयो र मलाई महिलाप्रति होइन पुरुषप्रति नै आकर्षण बढ्दै गयो।’
आफ्नो फरक यौनिकता तथा लैङ्गिकताका कारण नेपालमा भोगेको विभेद उनले विदेश पुगेका नेपालीबाट समेत भोग्नु पर्‍यो। उनी घरपरिवारले जबरजस्ती महिलासँग विवाह गराइदिँदा मानसिक समस्यामा समेत परेकी थिइन। उनी घरपरिवारको दबाब झेल्न नसकेकै कारण पनि विदेश पुगेकी थिइन।

घर परिवारको एउटा पीडा र विदेशको अर्को तनाव भोगेर मायाले जसोतसो ७ वर्ष साउदी अरबमा काम गरिन। ‘अरू देशका व्यक्तिले त मलाई हेपे हेपे नेपाली व्यक्तिहरूले पनि मलाई हेप्ने गर्थे,’उनले भनिन्,‘मेरो फिलिङ्स अरूभन्दा बेग्लै भए पनि म यो हो भनेर खुलेर हिँड्न पाउँदिन थिए।’

माया ७ वर्ष अगाडि नेपाल फर्किन। आफ्नो देशमा काम पाउने अवस्था नहुँदा उनले ठेलागाडामा व्यवसाय सञ्चालन गरिन्। ठेलागाडा चलाउँदा पनि मायाले प्रहरी प्रशासनबाटै विभेदको सिकार बन्नुपर्‍यो। ‘तेस्रो लिङ्गीले ठेलागाडा चलाउनेरु भनेर प्रहरीले लखेट्थे,’मायाले भनिन्,‘अरू महिला र पुरुषलाई भने केही गर्दैनथे।’

माया अहिले दक्षिण एसियामै पहिलो पटक नेपालमा समलिङ्गी विवाह गरेर कानुनी रूपमा दर्ता गर्न सफल भएकी छन्। मायाको पहिचान नेपाल संस्था स्थापना गरेर उनी अध्यक्ष बनेकी छन्। संस्था त खोलेकी छन् समुदायका सदस्यहरूलाई सहभागी गराएर। तर, उनले संस्था चलाउनका लागि सहयोग भने कतैबाट पाउन सकेकी छैनन्।

विदेश जाने तेस्रो लिङ्गीले मात्रै होइन समलिङ्गीले पनि भोग्ने पीडा पनि लगभग समान नै छन्। आजभन्दा ९ वर्षअघि कतारको खलिफा सहरमा पुगेका परिवर्तित नाम सुरेश अधिकारीले पहिचान लुकाएरै काम गर्नुपर्‍यो। उनी ३३ वर्षका भए।

कतार मुस्लिम देश हो। ज्यानको बाजी थापेर सात समुन्द्र पारी घरको आर्थिक अवस्था सुधार्न पुगेका उनले एक सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गरे। ‘जब पहिलो पटक म मदिना खलिफा सहरमा कामको सिलसिलामा पुगे त्यहाँ अन्तर्राष्ट्रिय स्तरको मदिना स्टेडियम बन्दै गरेको थियो,जसको लागि अन्य देशहरूबाट कामदारहरू माग गरिएको थियो,’उनले भने,‘म आफैमा एक समलिङ्गी पुरुष भएकोले र कतार जस्तो मुस्लिम देशमा समलिङ्गी तेस्रो लिङ्गी जस्ता यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई हेयको भावले हेर्ने हुँदा आफैमा आफ्नो लैङ्गिक पहिचान लुकाएर काम गर्नुपर्ने बाध्यता आयो।’

उनले दुई वर्ष कतारमा काम गरे। तर हरेक दिन बाँचेर पनि मरेको अनुभूति गरिरहे। ‘जहाँ आफ्नो लैङ्गिक इच्छा अनुसार बाच्न र काम गर्न पाउने अधिकार छैन, जसलाई अप्राकृतिक र अपराध मानिन्छ त्यस्तो ठाउँमा सहज र सुरक्षित कसरी महसुस गर्न सकिन्छरु’उनले प्रश्न गरे।

उनले धेरै व्यक्तिहरू यौन झुकाव, लिङ्ग र लैङ्गिकताका आधारमा हिंसामा परेको सुनाए। हिंसामा पर्दा समेत कानुनी उपचार पाउन नसकेका कतिपयले अकालमा ज्यान नै गुमाउनु परेको छ। यस्तो पीडा भोगिरहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि सुरक्षित र मर्यादित रोजगारी छैन।

नेपालमा पढे लेखेका काम गर्न सक्ने उमेर समूहका व्यक्तिहरू रोजगारीका अवसर शून्य प्राय हुँदा विदेश पलायन हुनु परेको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू पनि आफ्नो रोजीरोटीका लागि विदेश पलायन भइरहेका छन्।

आज भन्दा छ वर्ष अघि साउदी अरब पुगेका परिवर्तित नाम पुकार माझीले माया र सुरेशको जस्तै पीडा भोगे। ‘पहिलो पटक साउदी आए, सुरु सुरुमा न भाषाको ज्ञान थियो न त्यहाँको नीति नियम नै थाहा थियो,’उनले भने,‘सफाइ कर्मचारीको रूपमा म साउदी अरब रियाद सहरको एक म्यानुफ्याक्चरिङ्ग कम्पनीमा काम गर्न पुगेको थिए।’
तर, उनको हाउभाउलाई लिएर विभिन्न उपनाम सहनु पर्‍यो। समलिङ्गी पुरुष भएकै कारण काम गर्ने ठाउँमा आनीबानीलाई लिएर छक्का हिजडा समेत भनेको उनले सुनाए। ‘बङ्गलादेश, पाकिस्तान, भारत, श्रीलङ्का साथै आफ्नै देशका नेपाली मानिसहरूले पनि काम गर्ने ठाउँमा केटीको जस्तो हाउभाउ छ छक्का,हिजडा हो भन्ने गर्थे,’उनले भने,‘साथीहरू माझ मलाई हेरेर कानेखुसी पनि गर्थे।’

उनले बङ्गलादेशी रुम पार्टनरबाट यौन हिंसा समेत भोगे। ‘बस्ने ठाउँमा बङ्गलादेशी रुममेटबाट यौन शोषणमा परेको छु, किन कि साउदी एक यस्तो देश हो जहाँ महिलाहरूलाई पुरुष सरह स्वतन्त्रता छैन र यौन चाहाना पूरा गर्न महिलासँगको पहुँच गाह्रो छ र महिलाको कानुन पनि कडा छ जसले गर्दा लुकिछिपी पुरुषले यौन चाहना मेटाउन पुरुष नै प्रयोग गर्ने गर्दछन्।’
यसकै कारण उनी मानसिक रूपमा समस्यामा समेत परे। ‘कुनै कुनै बेला त आत्महत्या गर्दिऊ कि भन्ने नआएको पनि होइन एकातिर गाउँबाट साहुको ऋण लिएर परदेश आइयो अर्को तिर काम भने जस्तो छैन र लैङ्गिकताको कारण सहज रूपमा काम गर्ने वातावरण छैन,’उनले भने,‘साउदी अरब आफैमा समलिङ्गी सम्बन्धलाई अपराध मान्ने देश हो जहाँ खुलेर म यो हो भनेर हिँड्न सक्ने कानुन छैन।’

उनले समलिङ्गी, तेस्रो लिङ्गी विदेशी कामदारलाई सधैँको लागी आउन नपाउने गरी डिपोर्ट गर्ने गरेको सुनाए। ‘साउदीमा धेरै देशबाट काम गर्ने मानिसहरू आउने हुनाले त्यो देशका मानिसहरू साथै अन्य कामदारहरूबाट पनि मैले विभेद भोगेको छु,’उनले भने,‘आफ्नो यौनिकता र लैङ्गिकता अनुसार काम गर्ने वातावरण त्यहाँ छैन, कसो कसो ज्यानै जोखिममा राखेर ६ वर्ष बाध्यताले साउदी जस्तो कट्टर मुस्लिम देशमा समय बिताएर आइयो।’

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले देशमा रोजगारीका अवसर नहुँदा कामको सिलसिलामा समुदायका धेरै व्यक्तिको श्रम गन्तव्य खाडी मुलुक हुने गरेको सुनाए। ‘स्वदेशमा काम पाइँदैन, कामका लागि विदेश जानु पर्ने बाध्यता छ,’उपाध्यक्ष केसीले भने,‘विदेशमा थाहा पाउने बित्तिकै कामबाट निकालिदिने मात्रै नभई देश निकालिएपछि स्वदेश फर्किएकाहरूको पीडा सुन्ने कोही छैनन्।’

नेपालसहित विश्वका अधिकांश देशमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मैत्री श्रम अभ्यास भएको पाइँदैन। अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० अभिसन्धि १८९ मा समलिङ्गी तेस्रोलिंगीको अधिकार उल्लेख गरिएको छैन।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले आइएलओ अभिसन्धि १८९ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक श्रमिकको अधिकार सुनिश्चित गरिएको छरछैन सोधे।

सचिव पाण्डेले विदेश गएका समुदायका साथीहरूको पीडा अन्त्य गर्नका लागि ट्रेड युनियनहरूसँग लबिङ गरिरहेको बताए। उनले दक्षिण एसियाली ट्रेड युनियनसँग समुदायले रोजगारीका क्रममा भोग्दै आएको समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेको बताए।

नेपाल सरकारलाई यो अभिसन्धि अनुमोदन गर्न दबाब दिँदै आएकी विजया राईले यौनिक तथा लैङ्गिकताको आधारमा श्रममा विभेदको कल्पनै नगरिएको बताइन। ‘समलिङ्गी तेस्रो लिङ्गी शब्द अभिसन्धिमा नपरेको हुनसक्छ,’उनले भनिन्,‘हरेक श्रमिकको अधिकार अभिसन्धिले सुनिश्चित गरेको छ, नेपाल सरकारले अनुमोदन गर्न ढिला गर्नु हुँदैन।’
पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई रोजगारीमा समान अधिकार दिन माग गरे। उनले समुदायका सदस्यका लागि वैदेशिक रोजगार सुरक्षित हुन नसकेको बताए।

पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय मैत्री श्रम कानुन बनाउनु पर्ने बताए। ‘एक जना तेस्रो लिङ्गीलाई उसको यौनिकताका आधारमा कम्पनीले कामबाट निकालिदिएछ,’उनले भने,‘त्यो देशले पनि निकाला गरे पछि उनी नेपाल फर्किएछन्।’

Previous Post

बालबन्दीको निशुल्क स्वास्थ्य परिक्षण

Next Post

कोहलपुर बसपार्कभित्रका सटर सम्झौता रद्ध

Next Post
कोहलपुर बसपार्कभित्रका सटर सम्झौता रद्ध

कोहलपुर बसपार्कभित्रका सटर सम्झौता रद्ध

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

March 13, 2026
कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

March 12, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

March 12, 2026
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

March 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version