नेपालगञ्ज। नेपालगञ्ज पर्यटन परिषद्को प्रथम साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
परिषद्को विधान, २०८३ को नियम १६ बमोजिम ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो। निर्वाचन अधिकृत अधिवक्ता वसन्त गौतमका अनुसार परिषद्को अध्यक्षमा केशवराज न्यौपाने चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डिल्लीराज रेग्मी, महासचिवमा भिमलाल कँडेल र कोषाध्यक्षमा एकराज पाण्डे चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा निशा बाग्ले, भागीराम वली र सुरज बहादुर भण्डारी चयन हुनुभएको छ।
उम्मेदवारी दर्ताका क्रममा ७ पदका लागि तोकिएको सङ्ख्याअनुसार नै उम्मेदवारी परेकाले सबै पदमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो।
नवनिर्वाचित कार्यसमितिले नेपालगञ्ज तथा आसपासको पर्यटन प्रवर्द्धन, पर्यटन व्यवसायीबीच सहकार्य र क्षेत्रको पर्यटन विकासमा काम गर्ने अपेक्षा गरिएको छ।






























