- जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख, प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकी घुस सहित पक्राउ परेका छन् । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार, सवारी साधनहरुलाई आवतजावत गर्न सहजिकरण गरिदिए वापत घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले बुढाथोकीलाई २५ हजार नगद घुस सहित पक्राउ गरेको हो ।
- लागूऔषधसहित ३ जनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका वडा नम्बर–९ स्थित २५ वर्षीय अभिषेक राजवाहक, ३२ वर्षीय किशोर थापा र ३१ वर्षीय विराट थापा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
- रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ । निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छिन् । नरपुराले ३ हजार ६ सय २७ मत ल्याएकी छिन् ।
- २०७२ सालको भूकम्पले पूर्ण क्षति भएपछि पुनर्निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ । ९ मंसिरदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ मंसिर आइतबारसम्ममा उक्त परिमाणको राजस्व संकलन भएको हो ।
- नेपालमा पछिल्लो दुई दशकमा एकल महिला संख्या दोब्बरले बढेको पाइएको छ । केन्द्रीय तथ्यांक कार्यालयले सोमबार एकल महिलासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार सन् २००१ को जनगणनामा एकल महिला संख्या ३.७ प्रतिशत रहेकोमा २०२१ (२०७८ साल) मा दोब्बरले वृद्धि भएको छ ।
- कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा सोमबार त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।
- प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन् ।
- खानेपानीमन्त्री प्रदीप यादवले बजेट अभावका कारण संघीय खानेपानी आयोजना अन्तरगतका योजनाहरू नरोकिने बताएका छन् । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतस्थित वीरेन्द्रनगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतको ग्रामीण खानेपानी सेवा सहायता केन्द्र “सेवा सहायता केन्द्र” शुभारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।