नेपाल पत्रकार महासंघमा तीन जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
महासंघ निर्वाचन समितिका अनुसार, सदस्यमा रिता बुढाथोकी (दलित), सावित्री रसाईली (दलित सदस्य महिला) र देविका घर्तीमगर (आदिबासी जनजाति सदस्य महिला) विजयी भएका हुन् ।
यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएकोमा एक जनाले फिर्ता लिएका छन् । महासंघ निर्वाचन समितिको सूचीअनुसार अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी सुनिश्चित भएको हो । कमल गिरीले उम्मेदवारी फिर्ता लिएका छन् ।
शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएकी हुन् । त्यसैगरी, बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।



