बाँकेमा गत मंसिर महिनामा विभिन्न अपराधका ८४ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीका अनुसार, उक्त मुद्दामा कुल ५२ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले मासिक प्रहरीको कारवाही विवरण सार्वजनिक गर्र्दै ३८ वटा पुराना मुद्दा फस्र्यौट गरेको जानकारी दिएको छ ।
बाँके प्रहरीले एक महिनामा ठूलो संख्यामा फरार अपराधीहरूलाई पक्राउ गर्न सफल भएको छ । ७ बर्ष २ महिना २० दिन कैद र ८ लाख ६३ हजार ८ सय जरिवाना बाँकी रहेका अपराधीहरूलाई प्रहरीले कारवाहीको दायरामा ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा गत महिना ४ सय २८ वटा ठाडो उजुरी परेका छन् । जसमध्ये प्रहरीले ४ सय १६ वटाको किनारा लगाएको छ । बाँकी उजुरी फस्र्यौट प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।