बाँकेमा एक महिनामा घरेलु हिंसाका ५० बढी उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, गत मंसिर महिनामा घरेलु हिंसा सम्बन्धी ५० उजुरी दर्ता भएकोमा ३६ वटा फस्र्यौट भएको छ । फस्र्यौट हुन बाँकी उजुरीमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
गत महिनामा बाँकेमा महिला तथा बालबालिका सम्बन्धी ६ वटा मुद्दा दर्ता भएकोमा ६ जनालाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । त्यस्तै, हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा १० वटा निबेदन प्राप्त भएकोमा ६ जना फेला पारी अविभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।