बाँके जिल्लाका पाँच वटा पालिकामा प्रेस सेन्टरको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । सोमबार प्रेस सेन्टरकाे जानकी गाउँपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाको नगर सम्मेलन सम्पन्न गरेकाे हाे ।
सम्मेलनले नेपालगञ्ज उपमहानगरपालिकाको अध्यक्षमा अरसद अलि रंगरेजको नेतृत्वमा नगर कमिटी सर्वसम्मत चयन गरेकाे प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सेराज खानले जानकारी गराएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका प्रेस सेन्टरको दोस्रो अधिवेशनबाट उपाध्यक्ष सबिता चन्द, सचिवमा समिर अलि बेहना, सह सचिव शेर बहादुर बोहोरा, कोषाध्यक्ष गणेश सिम्खडा, सदस्यहरुमा क्रमश लक्ष्मी नारायण चौधरी , तिला खम्ब, जुना रावत, दान बहादुर बिक, भैरव कार्की र स्मृति कार्की चयन भएको प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष राजेश आचार्यले जानकारी दिनु भयो ।