नेपालगन्ज स्थित महेन्द्र माध्यमिक विद्यालयको नयाँ व्यवस्थापन समिति निर्वाचित भएको छ । बिहीबार भएको अभिभावक भेलाले डाक्टर विजय प्रसाद प्रधानको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति निर्वाचित गरेको हो ।
वडाध्यक्ष प्रशान्त श्रेष्ठका अनुसार, विद्यालय निरीक्षक लोक बहादुर शाहीको उपस्थितिमा भएको अभिभावक भेलाले विजयकुमार गुप्ता, रामु बढही, नरवती केसी, सोनी केवट, शिक्षा प्रेमी आशाचन्द शाह र मनोनित सदस्यका रूपमा बुद्धिजीवि प्रतिनिधिका रूपमा डा. विजय प्रसाद प्रधान चुनिएका हुन् ।
चुनिएका मध्यबाट बसेको बैठकले डाक्टर प्रधानलाई अध्यक्ष निर्वाचित गरेको हो । ज्येष्ठ अभिभावक तुलाराम पुनको अध्यक्षतामा भएको भेलाको सञ्चालन शिक्षक मान बहादुर अर्यालले गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक दिलिप कुमार शाहको नेतृत्वमा सबै शिक्षक, शिक्षिका, अभिभावकहरूको सहभागितामा भेला गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।