भारतीय क्षेत्रबाट ब्राउन सुगरसहित दैनिक जसो नेपाली युवाहरु प्रहरी फन्दामा पर्ने गरेका छन् ।
त्यसक्रममा बुधवार साँझमात्रै बाँके र बर्दियाका विभिन्न ठाउँबाट कम्तिमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु सबै युवा उमेर समूहका छन् ।
प्रदेश प्रहरी लुम्बिनीले दिएको जानकारी अनुसार, बाँके, नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित कोहलपुर नगरपालिका–३ बस्ने २७ वर्षीय
नारायण विकलाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय
तुलसीपुर र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.१० प ४७१६
नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै, बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ ७ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका–२ मकैबारी बस्ने २०
वर्षीय पुरण थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट
खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.६ प ५७७६ नम्बरको
मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाकै बढैयाताल गाउँपालिका–३ तमौलीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित ३ जनालाई बुधबारनै प्रहरीले पक्राउ
गरेको प्रदेश प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा अछाम कमलबजार नगरपालिका–५ कुईका बस्ने २३ वर्षीय
दिक्षित तिमिल्सिना, बाँके खजुरा गाउँपालिका–६ सिमलघारी बस्ने २५ वर्षीय दिपक
सिजाली मगर र २४ वर्षीय महेश राम घिमिरे रहेका छन् । इलाका प्रहरी कार्यालय
मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१२ प ६६६३
नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।