बाँकेका आठ स्थानीय तहको कुल बेरुजु ३ अर्ब नाघेको छ । महालेखाको प्रतिवेदनमा अनुसार आठ स्थानीय तहको अद्यावधि बेरुजु जोड्दा ३ अर्ब २३ करोड १४ लाख ८८ हजार पुगेको हो ।
बाँकेका स्थानीय तहहरूको बेरुजु प्रत्येक बर्ष थपिने गरेको छ । महालेखाको ६२ औं प्रतिवेदनमा पालिकाहरूको बेरुजु घट्ने भन्दा थपिंदै गएको तथ्य उजागर गरेको छ । बेरुजु थपिंदै जाँदा फस्र्यौटमा भने स्थानीय तह उदासिन रहेको अद्यावधिक बेरुजुको तथ्यांकले देखाउँछ । स्थानीय तहमा विभिन्न खालका बेरुजु हुने गरेका छन् । प्रमाण पेश गर्नुपर्ने, नियमित गर्नुपर्ने, पेश्की तथा असुल गर्नुपर्ने बेरुजु महालेखाले औंल्याउने गरेको छ । बेरुजु फस्र्यौट नगर्दा अर्को बर्ष थपिंदै जाँदा बाँकेका आठ वटै स्थानीय तहको बेरुजु करोडौं रहेको छ ।
महालेखाको प्रतिवेदन अनुसार, नेपालगन्ज उपमहानगरपालिकाको अद्यावधिक बेरुजु २०८०÷०८१ सम्म १ अर्ब नाघि सकेको छ । नेपालगन्ज उपमहानगरपालिकाको हालसम्मको कुल बेरुजु १ अर्ब ५ करोड ३ लाख ७३ हजार पुगेको छ ।
‘उप महानगरपालिकाको रु.३ अर्व ८१ करोड ९२ लाख ७५ हजारको लेखापरीक्षण गरिएकोमा रू.९ करोड ९१ लाख ३ हजार बेरुजू देखिएको छ’, महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ, ‘सो सम्बन्धमा रु.१ करोड १८ लाख ५ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रू.२ करोड १६ लाख ८१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.२ करोड ८६ लाख ९५ हजार, नियमित गर्नुपर्ने रु.३ करोड ४९ लाख ९६ हजार र पेस्की बाँकी रु.१९ लाख २६ हजार रहेको छ ।’
‘गत वर्षसम्म सम्परीक्षण पश्चात रु.९६ करोड ३० लाख ७५ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु.१ अर्व ५ करोड ३ लाख ७३ हजार रहेको छ’, महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
कोहलपुर नगरपालिकाको आ.व. २०८०÷०८१ सम्मको अद्यावधिक बेरुजु ३८ करोड नाघेको छ । महालेखाको प्रतिवेदन अनुसार, नगरपालिकाको रु.२ अर्ब ५९ करोड २४ लाख ८५ हजारको लेखापरीक्षण गरिएकोमा रू.४ करोड ८२ लाख ६२ हजार बेरुजू देखिएको छ । ‘सो सम्बन्धमा रु.५९ लाख ८६ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई यस वर्ष प्रतिक्रियाबाट थप ७ लाख ६७ हजार समेत बाँकी बेरुजु रु.४ करोड ३० लाख ४३ हजार मध्ये असुल गर्नुपर्ने रु.७९ लाख १८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.५७ लाख ६१ हजार, नियमित गर्नुपर्ने रु.२ करोड १७ लाख ९० हजार र पेस्की बाँकी रु.७५ लाख ७४ हजार रहेको छ’, महालेखाको प्रतिवेदनमा उल्लेख छ, ‘गत वर्षसम्मको बाँकी बेरुजु रु.३४ करोड ४४ लाख ८९ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु.३८ करोड ७५ लाख ३२ हजार रहेको छ ।’
महालेखाको प्रतिवेदन अनुसार, खजुरा गाउँपालिकाको अद्यावधिक बेरुजु पनि ३० करोड नाघिसकेको छ । ‘गाउँपालिकाको रु.१ अर्व ८७ करोड ६५ लाख ९० हजारको लेखापरीक्षण गरिएकोमा रू. ३ करोड २७ लाख ८ हजार बेरुजू देखिएको छ’, प्रतिवेदनमा उल्लेख छ, ‘सो सम्बन्धमा रु.६ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रू.१ करोड ४६ लाख १५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ६७ लाख ७५ हजार, नियमित गर्नुपर्ने रु.५० लाख ६७ हजार र पेस्की बाँकी रु.१६ लाख ३२ हजार रहेको छ ।’ ‘गत वर्षसम्म रु.२७ करोड ९८ लाख ९० हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु.३० करोड ७९ लाख ७९ हजार रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।
बाँकेको जानकी गाउँपालिकाको अद्यावधि बेरुजु २७ करोड नाघेको छ । ‘पालिकाको रु.१ अर्ब १६ करोड ७४ लाख १० हजार लेखापरीक्षण गरिएकोमा रू. ३ करोड ४७ लाख ६७ हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा रु.१३ लाख ९५ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु रु.३ करोड ३३ लाख ७२ हजार मध्ये असुल गर्नुपर्ने रू. ५६ लाख ७७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.६३ लाख १५ हजार, नियमित गर्नुपर्ने रु.२ करोड १ लाख ८५ हजार र पेस्की बाँकी रु.११ लाख ९५ हजार रहेको छ’, महालेखाको प्रतिवेदनमा उल्लेख छ । ‘गत वर्षसम्मको बाँकी बेरुजु रु.२४ करोड ४८ लाख ९९ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु.२७ करोड ८२ लाख ७१ हजार रहेको छ,’ महालेखाले प्रतिवेदनमा भनेको छ ।
बाँकेको डुडुवा गाउँपालिकाको अद्यावधिक बेरुजु २४ करोड नाघेको छ । ‘गाउँपालिकाको रु.१ अर्व २१ करोड ३२ लाख ८५ हजार लेखापरीक्षण गरिएकोमा रू.३ करोड ५० लाख २६ हजार बेरुजू देखिएको छ’, महालेखाको प्रतिवेदनमा उल्लेख छ, ‘सो सम्बन्धमा रु.२० लाख ५ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपरकारबाही भई बाँकी बेरुजु रु.३ करोड ३० लाख २१ हजार मध्ये असुल गर्नुपर्ने रू.२५ लाख ९७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.२९ लाख ६० हजार, नियमित गर्नुपर्ने रु.२ करोड ७३ लाख ७१ हजार र पेस्की बाँकी रु. ९३ हजार रहेको छ ।’ ‘गत वर्षसम्मको बाँकी बेरुजु रु.२० करोड ७४ लाख ५५ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु. २४ करोड ४ लाख ७६ हजार रहेको छ’, महालेखाले प्रतिवेदनमा भनेको छ ।
बैजनाथ गाउँपालिकाको चालु आ.व.मा पालिकाको रु.१ अर्व ८३ करोड २६ लाख ७२ हजारको लेखापरीक्षण गरिएकोमा रू.६ करोड ३६ लाख ७२ हजार बेरुजु देखिएको छ । ‘सो सम्बन्धमा रु. २४ लाख ७८ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु रु.६ करोड ११ लाख ९४ हजार मध्ये असुल गर्नुपर्ने रू. १४ लाख ८१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू.१ करोड ७१ लाख २७ हजार, नियमित गर्नुपर्ने रु.३ करोड ५५ लाख ४८ हजार र पेस्की बाँकी रु.७० लाख ३८ हजार रहेको छ’, महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ, ‘गत वर्षसम्मको बाँकी बेरुजु रु.२५ करोड ९ लाख ८ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु.३१ करोड २२ लाख २६ हजार रहेको छ ।’
राप्तीसोनारी गाउँपालिकाको आ.व. २०८०÷०८१ को रु.१ अर्ब ९१ करोड ८ लाख ७८ हजारको लेखापरीक्षण गरिएकोमा रू.४ करोड ८५ लाख ८१ हजार बेरुजु देखिएको छ । ‘सो सम्बन्धमा रु.९८ लाख ३४ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई प्रतिक्रियाबाट थप बेरुजु रु.४ लाख ५ हजार समेत गरी बाँकी रु.३ करोड ९१ लाख ५२ हजार बेरुजु मध्ये असुल गर्नुपर्ने रु.२५ लाख ३७ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू.२५ लाख ८६ हजार, नियमित गर्नुपर्ने रु.३ करोड ३४ लाख ६९ हजार र पेस्की बाँकी रु.५ लाख ६० हजार रहेको छ’, महालेखाको प्रतिवेदनमा उल्लेख छ, ‘गत वर्षसम्मको बाँकी बेरुजु रु.३२ करोड ६२ लाख ३ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु.३६ करोड ५३ लाख ५५ हजार रहेको छ ।’
नरैनापुर गाउँपालिकाको आ.व. २०८१÷०८२ मा रु १ अर्ब ८ करोड ६ लाख १७ हजार लेखापरीक्षण गरिएकोमा रू. ३ करोड २६ लाख ५९ हजार बेरुजू देखिएको छ । ‘सो सम्बन्धमा प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजु असुल गर्नुपर्ने रू.४७ लाख २८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ६९ लाख ७६ हजार, नियमित गर्नुपर्ने रु.१ करोड ५३ लाख २५ हजार र पेस्की बाँकी रु.२४ लाख ५५ हजार र सोधभर्ना नलिएको रु.३१ लाख ७५ हजार रहेको छ,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ, ‘गत वर्षसम्म सम्परीक्षण पश्चात रु.२५ करोड ६६ लाख १७ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु.२८ करोड ९२ लाख ७६ हजार रहेको छ ।’