For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

गर्मी, बाढी र लूको त्राससँग जुध्न प्रशासन अलर्ट

byDainik Nepalgunj
June 12, 2025
in News
0 0
0
गर्मी, बाढी र लूको त्राससँग जुध्न प्रशासन अलर्ट
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

गर्मी चुलिँदै जाँदा र मनसुनको ढोका खोलिँदै गर्दा बाँके जिल्लामा विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला विपद् व्यवस्थापन समिति निकै सक्रिय देखिएको छ ।
बुधवार प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतमा बसेको समितिको बैठकले जिल्लामा आउनसक्ने बाढी, लू, डढेलो, आगलागी लगायतका प्राकृतिक विपद्को पूर्वतयारी र प्रतिकार्यमा ठोस कदम चाल्ने निर्णय गरेको हो । बैठकमा ‘सुरक्षा निकायविच समन्वय प्रभावकारी गर्न र पालिकाले विपद व्यवस्थापन प्रभावकारी बनाउन’ प्रजिअ जोशीले आग्रह गरेका छन् ।

बाँके जस्तो भौगोलिक रूपमा खुला, नदीजन्य र उच्च तापक्रमयुक्त जिल्ला जहाँ विपद्को जोखिम वर्षैभरि रहन्छ, त्यहाँ यस्तो सक्रियता आवश्यक र स्वागतयोग्य हो । तर, योजना कागजमा मात्रै सिमित नभई व्यवहारमा लागू भएको देख्न पाइयो भनेमात्रै जनताको सुरक्षामा वास्तविक परिणाम आउनसक्छ ।

बैठकमा २५ हजार घरपरिवारका करीब १.५ लाख मानिस विपद्बाट प्रभावित हुनसक्ने अनुमान गरिएको तथ्यांक प्रस्तुत गरिएको छ । ‘त्यसकै आधारमा बनेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ लाई अनुमोदन गरिएको छ,’ जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन रूपन ज्ञवालीले भने, ‘यो योजना अब व्यवहारमा उतार्ने तयारी भइरहेको छ ।’

मनसुन पनि छिट्टै सुरु हुँदैछ । त्यसैले १५ हजार परिवार बाढीजन्य विपद्को जोखिममा रहेको पूर्वानुमानसहित मनसुन पूर्वतयारी योजना पनि बैठकले पास ग¥यो । अब सबै पालिकाहरूले आ–आफ्नो योजना अद्यावधिक गर्नुपर्नेछ ।

गर्मीको कहर – आगलागी र लूको डर

गर्मी सुरु भएसँगै आगलागीका घटनाहरू हुने गरेका छन् । बाँके जस्तो तराई क्षेत्र जहाँ तापक्रम सहजै ४० डिग्री कट्ने अवस्था विद्यमान छ, यहाँ लूको जोखिम पनि निकै उच्च छ । त्यसैले बैठकले आगलागी, डढेलो, हावाहुरी र लूबाट जोगिन सरोकारवालालाई थप सक्रिय हुन निर्देशन दिएको छ ।

दमकल सेवा अझ प्रभावकारी बनाउने, अन्तरपालिका समन्वय बलियो बनाउने कुरा पनि बैठकमा उठाइएको छ ।

राप्ती नदी किनारमा ‘बाढी अभ्यास’ हुँदै

जेष्ठ ३० गते बिहान ७ः३० बजे राप्ती नदीस्थित सिधनिया घाटमा बाढीजन्य कृत्रिम घटना अभ्यास गरिने भएको छ । नेपाली सेना, प्रहरी, रेडक्रस, स्थानीय पालिका र अन्य संघसंस्थाको सहभागितामा अभ्यास गरिने यो कार्यक्रम विपद्को समयमा कसरी संयोजन मिलाउने भन्ने दृष्टिकोणले महत्त्वपूर्ण हुने बताइएको छ ।

स्थानीय सरकारलाई कडा निर्देशन

बैठकमा सबै पालिकाहरूलाई यथाशीघ्र आफ्नो विपद् योजना अद्यावधिक गर्न, जोखिमयुक्त क्षेत्र पहिचान गर्न, भण्डारण व्यवस्था मिलाउन, र बालबालिका, महिला, वृद्ध तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ ।

खासगरी खोलानाला आसपास माछा मार्न, दाउरा टिप्न, पौडी खेल्न जानेलाई सचेत गराउन स्थानीय तहलाई निर्देशन दिइएको छ ।

सबै पालिकाका प्रमुखहरूको सहभागिता अनिवार्य रहेपनि कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, जानकीका अध्यक्ष छब्बन खाँ, डुडुवाका अध्यक्ष नरेन्द्र चौधरी र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहमात्रै बैठकमा सहभागी थिए ।

बैठकमा सहभागी सवै पालिकाका फोकल पर्सनहरूले पालिकाको मनसून पूर्वतयारबारे आफ्ना प्रस्तुति गरेका थिए । भने, सुरक्षा निकायले विपद प्रतिकार्यवारे आफ्ना धारणा राखेका थिए ।

बर्दियामा ‘बाढी र डुबानसँग जुध्न समन्वय’

बर्दिया जिल्लामा आउँदै गरेको मनसुन र सम्भावित बाढीजन्य विपद्को पूर्वतयारीका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आयोजना गरिएको छ ।

बर्दिया जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बुधवार भएको नियमित बैठकमा जिल्लास्तरका उच्च अधिकारी, स्थानीय तहका प्रतिनिधिहरू, सुरक्षा निकाय, स्वास्थ्य तथा शिक्षा क्षेत्रका सरोकारवाला, रेडक्रस, सञ्चारकर्मी र विभिन्न सरकारी–गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

बैठकमा विपद् जोखिम र पूर्वानुमानका आधारमा कार्य योजन बनाइएको जानकारी दिइएको छ ा

बैठकमा प्रस्तुत गरिएको प्रारम्भिक पूर्वानुमान अनुसार, बर्दिया जिल्लामा यस वर्षको मनसुनमा ३० हजारभन्दा बढी जनसंख्या प्रभावित हुने जोखिम रहेको छ। त्यसको सन्दर्भमा समिति बैठकले विपद् पूर्वतयारी तथा प्रतिकार्यलाई थप व्यवस्थित, एकीकृत र सक्रिय बनाउने निर्णयहरू पारित गरिएको हो ।

सबै स्थानीय तहले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्नुपर्ने निर्णय गरेको बैठकले मनसुन सुरु हुनु पूर्व सम्भावित डुबान र बाढी प्रभावित क्षेत्रहरूको पहिचान गरी पूर्वसूचना प्रणाली सुदृढ गर्नुपर्ने, त्यसका लागि स्रोत साधन, जनशक्ति र सुरक्षित स्थानको अद्यावधिक गर्नुपर्ने निर्णय भएको छ ।

बाढीजन्य घटनाको कृत्रिम अभ्यास, तालिम तथा सूचनाको पहुँच सुनिश्चित गर्ने निर्णय पनि गरेको बैठकले रेडक्रस, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित आपतकालीन समन्वय कार्ययोजना प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिइएको जनाएको छ ।

औषधि, खाद्यान्न र आश्रयको तयारीमा जोड
बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यक खाद्य, औषधि, लत्ताकपडा, सुरक्षित पानी र शौचालयको व्यवस्था गर्न स्थानीय तह, स्वास्थ्य कार्यालय तथा रेडक्रसलाई संयोजनमा तयारी गर्न आह्वान गरेको छ। बालबालिका, महिला, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित सहायताको संयोजन पनि प्राथमिकता राख्ने निर्णयमा परेको छ ।

सक्रिय सहभागिता र बहुक्षेत्रीय समन्वय
जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वयमा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रहरी अधिकृत, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका प्रतिनिधि, स्वास्थ्य कार्यालय, कृषि, पशुपन्छी, शिक्षा, खानेपानी, ऊर्जा, सञ्चार, रेडक्रस लगायतका निकायहरूका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रको तयारी र चुनौती प्रस्तुत गरेका थिए । सुरक्षा निकायले सुरक्षित स्थल व्यवस्थापन, उद्धार अभ्यास र पूर्वसूचना प्रणालीमा सहकार्य गर्न तत्परता जनाएको छ । यस्तै, स्थानीय तहका प्रतिनिधिहरूले बजेट अभाव र सामुदायिक चेतनाको कमी प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे ।

Previous Post

तीन अर्ब नाघ्यो बाँकेका स्थानीय तहको बेरुजु

Next Post

भुकम्पपछि बढ्दो मानसिक समस्या

Next Post
भुकम्पपछि बढ्दो मानसिक समस्या

भुकम्पपछि बढ्दो मानसिक समस्या

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version