विगत ३४ बर्षदेखि उच्च शिक्षा हासिल गर्न वैदेशिक तथा आन्तरिक शिक्षामा विद्यार्थीलाई काउन्सिलिङ्ग तथा सहजीकरण गर्दै आएको अल्फाबिटाले नेपालगन्जमा आगामी आइतबार ‘मल्टिसिटी एडमिसन डे’ आयोजना गर्दैछ ।
शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा अल्फाबिटा नेपालगन्जका अध्यक्ष विजय भण्डारी बासुले विद्यार्थी तथा अभिभावकलाई विभिन्न देशमा शिक्षा आर्जन गर्नका लागि पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया, जानु अघि यहाँ अध्ययन गर्नुपर्ने विषय तथा विभिन्न देशका कलेजहरूबारे जानकारी दिन ‘मल्टिसिटी एडमिसन डे’को आयोजना गर्न लागेको जानकारी दिए । उनले भने, ‘विद्यार्थी, अभिभावक तथा विभिन्न देशका कलेजका प्रतिनिधिको उपस्थिति गराएर उनीहरू बीच बुझ्ने र बुझाउने काम मल्टिसिटी एडमिसन डेमा हुनेछ ।’
काठमाडौंमा प्रधान कार्यालय रहेको अल्फाबिटाले विभिन्न १० वटा सेन्टरमा यसखालको कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । ‘एडमिसन डेमा विभिन्न खेलको माध्यमबाट पुरस्कृत गर्ने तथा उत्कृष्ट विद्यार्थीहरूलाई छुटको व्यवस्था गरिनेछ’, अध्यक्ष बासुले भने पत्रकार सम्मेलनमा बैंकिङ्ग क्षेत्रका ऋण अधिकृतलाई पनि निम्त्याइएको र उनीहरूले उच्च शिक्षामा गर्न सक्ने लगानीको बारेमा पनि अभिभावकले जानकारी लिनसक्ने जानकारी दिइएको थियो ।
अल्फाबिटा नेपालगन्जका बासुले अल्फाबिटा उच्च शिक्षा अध्ययनका लागि भरपर्दो सहजीकरण गर्ने संस्था भएको बताए । उनले भने, ‘३४ वर्षको अनुभवसहित हामीले १८ देशका पाँच सय भन्दा बढी शैक्षिक संस्थाहरूको प्रतिनिधित्व गर्दै आएका छौँ । नेपालका १० शाखामार्फत अहिलेसम्म १० हजारभन्दा बढी विद्यार्थीलाई टेस्ट तयारी, व्यक्तिगत परामर्श र विश्वव्यापी साझेदारीतर्फ मार्गदर्शन गरिसकेका छौँ ।’
‘मल्टिसिटी एडमिसन डे’ कार्यक्रममा अस्ट्रेलिया, क्यानडा, युके, अमेरिका र जर्मनीका करिब २५ प्रतिष्ठित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्। विद्यार्थीहरूले यी प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्दै छात्रवृत्ति, प्रवेश प्रक्रिया र भविष्यका अध्ययन तथा करिअर अवसरबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।