For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : विगतको चुनावमा कसले कति मत पाएका थिए ?

byDainik Nepalgunj
January 20, 2026
in News, मुख्य समाचार
0 0
0
निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
Share on FacebookShare on Twitter

विगतको चुनाव भन्दा यसपटक चुनावी समिकरण फेरिइसकेको छ । यसअघि २०७९ मा निर्वाचन लडेका दलमा भएको विवाद तथा फुट, थपिएका नयाँ दलको सशक्त उपस्थितिले यसपटक देशभरकै निर्वाचन परिणाम सहजै अनुमान लगाउने अवस्था छैन ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि देशभर मतदान हुँदैछ । त्यसका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा बाँकेका ३ वटै निर्वाचन क्षेत्र चर्चामा रहेका छन् । सबैभन्दा बढी चर्चा हाल बाँके क्षेत्र नं. २ को रहेको छ ।

वि.सं. २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. २ बाट एमाले सँगको गठबन्धनबाट विजयी भएका राप्रपाका डा. धवल समशेर राणा यसपटक चुनाव नै नलड्ने भएका छन् । राप्रपाले यसपटक पार्टीका सहमहामन्त्री ऋषिराज देवकोटालाई मैदानमा उतार्दै छ ।

वि.सं. २०७९ डा. राणा सँग बाँके क्षेत्र नं. २ मा निर्वाचन लडेका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका तत्कालीन नेता मो. इस्तियाक राई यसपटक भने एमालेको निर्वाचन चिन्ह सुर्य लिएर बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिंदैछन् । वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा डा. राणाले २९ हजार ५ सय ७७ मत ल्याएर विजयी हुँदा राईले २३ हजार ५ सय २० मत प्राप्त गरेका थिए । राई जसपा नेपाल छाडेर छुट्टै पार्टी जसपा खोल्दै महासचिव जस्तो जिम्मेवारीमा पुगे । अहिले त्यो पार्टीको अवस्था के हो भन्ने खुलेको छैन । पछिल्लो समय उक्त पार्टी नेताहरू अन्य पार्टीमा प्रवेश गरेपछि राई एमालेको निर्वाचन चिन्ह सुर्य लिएर निर्वाचनमा होमिन लागेका हुन् । २०७४ सालमा भने तत्कालीन संघीय समाजवादी फोरमबाट मो. इस्तियाक राई २१ हजार ५ सय ७५ मत सहित विजयी भएका थिए ।

वि.सं. २०७९ को निर्वाचनमा बाँके क्षेत्र नं. २ मा काँग्रेसका उम्मेदवार सुदिप नरसिंह राणाले ४ हजार ४ सय ३ मत प्राप्त गरेका थिए । यसपटक क्षेत्र नं. २ बाट नेपाली काँग्रेसले पार्टीका जिल्ला सचिव सुधांसु कोइरालालाई उठाउने तयारी गरेको छ । यद्यपि यो समाचार तयार पारिरहँदा कोइरालाको हातमा टिकट परिसकेको छैन ।

वि.सं. २०७९ को निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा समानुपातिक तर्फ जनता समाजवादी पार्टी नेपालले २० हजार २ सय ५१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ हजार ३ सय ८०, नेपाली काँग्रेसले १० हजार १ सय ९८, नेकपा एमालेले ९ हजार ३ सय ४६ र रास्वपाले ४ हजार १ सय ३ मत प्राप्त गरेको थियो ।

बाँके क्षेत्र नं. २ मा यस पटक रास्वपाले विवेक कुमार श्रेष्ठलाई उम्मेदवार बनाउँदैछ । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनपछि रास्वपा सशक्त ढंगले अगाडि बढेकाले श्रेष्ठलाई पनि बाँके क्षेत्र नं. २ मा बलियो उम्मेदवारका रूपमा हेरिएको छ । यद्यपि दाबेदारहरू मध्ये कम सम्भावनामा रहेका श्रेष्ठको उम्मेदवारीले बाँकीको भूमिका के हुने भन्ने कुराले नतिजामा ठूलो अर्थराख्ने देखिन्छ ।

बाँके क्षेत्र नं. १ मा वि.सं. २०७९ को निर्वाचनमा नेकपा एमालेका सुर्यकुमार ढकाल विजयी भएका थिए । उनी यसपटक पनि एमालेबाट उम्मेदवार बन्दैछन् । वि.सं. २०७९ सालमा २५ हजार २६ मत ल्याएर ढकाल विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रहेका तत्कालीन नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराजले १९ हजार ६ सय ३२ मत मात्रै प्राप्त गरेका थिए । नेपाली काँग्रेससँग गठबन्धन हुँदा पनि गहतराज फराकिलो मतान्तरले पराजित भएका थिए । तत्कालीन नागरिक उन्मुक्ति पार्टीका सुरेश कुमार चौधरीले ११ हजार ४ सय ६५ मत प्राप्त गरेका थिए भने रास्वपाका आनन्द बाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेका थिए । यसपटक उनै चौधरी रास्वपाबाट उम्मेदवार हुने भएका छन् ।

नेकपा एमालेसँगको गठबन्धनमा २०७४ मा भने माओवादी केन्द्रका उम्मेदवार महेश्वर गहतराज क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा ३१ हजार १ सय ७३ मत सहित विजयी हुँदा निकटतम नेपाली काँग्रेसका माधवराम खत्रीले २८ हजार २ सय १७ मत प्राप्त गरेका थिए । बाम गठबन्धनका कारण पनि गहतराज राम्रै मतान्तरले २०७४ मा विजयी भएका थिए । गहतराज यसपटक माओवादी सहित बनेको नयाँ पार्टी नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार छैनन् । पार्टीले यसपटक नरेन्द्र पाण्डे (जेम्स)लाई क्षेत्र नं. १ बाट टिकट दिएको छ । यद्यपि तत्कालीन माओवादी केन्द्रबाट अलग भएर जनार्दन शर्माको नेतृत्वमा अलग्गै पार्टी गठन भएर प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन भएको छ । उक्त पार्टीबाट पनि क्षेत्र नं. १ मा उम्मेदवारीको तयारी रहेको छ । ‘हाम्रो पार्टीबाट कृष्णा केसी नमूनाले उम्मेदवारी दिंदै हुनुहुन्छ’, पार्टी क्षेत्रीय संयोजक भुपराज भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘उहाँलाई टिकट दिइसकिएको छ ।’

२०७९ को निर्वाचनमा प्रतिनिधिसभा बाँके क्षेत्र नं. १ मा समानुपातिक तर्फ नेकपा एमालेले सबैभन्दा बढी १६ हजार ८ सय ७६ मत प्राप्त गरेको थियो । नेपाली काँग्रेसले १४ हजार २ सय १८, तत्कालीन नागरिक उन्मुक्ति पार्टीले ९ हजार ९ सय ९७, नेकपा माओवादी केन्द्रले ८ हजार ९ सय ९३ र रास्वपाले ८ हजार ९ सय ९२ मत प्राप्त गरेको थियो ।

यसपटक बाँके क्षेत्र नं. १ मा काँग्रेस जिल्ला पार्टीसभापति नारायण गौडेललाई उम्मेदवार बनाइने भएको छ ।

बाँके क्षेत्र नं. ३ मा वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका किशोर सिंह राठौंर तत्कालीन माओवादी केन्द्रसँगको गठबन्धनमा विजयी भएका थिए । क्षेत्र नं. ३ मा राठौंरले २९ हजार ९७ मत ल्याउँदा उनको निकट रहेका नेकपा एमालेका किस्मत कुमार कक्षपतिले २४ हजार ३ सय ५ मत प्राप्त गरेका थिए । त्यस्तै, रास्वपाका देबेन्द्र नाथ शुक्लाले ७ हजार ४ सय ६७ मत प्राप्त गरेका थिए ।

वि.सं. २०७९ को निर्वाचनमा बाँके क्षेत्र नं. ३ मा प्रतिनिधिसभा तर्फ समानुपातिकमा नेपाली काँग्रेसले १९ हजार ८ सय ६७, नेकपा एमालेले १८ हजार ३ सय ४९, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ७ सय ६५ मत र रास्वपाले ६ हजार ४ सय ७३ मत प्राप्त गरेको थियो ।

वि.सं. २०७४ सालको निर्वाचनमा बाँके क्षेत्र नं. ३ बाट नेकपा एमालेका नन्दलाल रोकाय विजयी भएका थिए ।

यसपटक बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेबाट सुमन मल्ल, रास्वपाबाट खगेन्द्र सुनार, नेपाली कम्युनिष्ट पार्टीबाट दिपक जिएमलाई उम्मेदवार बनाउने भएको छ । काँग्रेसले भने पार्टीका लुम्बिनी प्रदेश सभापति अमर सिंहलाई अघि सारेको बताइएको छ । यो समाचार तयार पारुन्जेल त्यसबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।

Previous Post

एमाले बाँके क्षेत्र नम्बर ३ मा हलचल

Next Post

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

Next Post
अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खरिददारीका लागि सीमापारी जाने घटे

खरिददारीका लागि सीमापारी जाने घटे

October 9, 2026
बाँकेमा ३ हजार ५० मतदाता नामावलीबाट हटाइए

बाँकेमा छ महिनामा १४ हजार मतदाता थपिए

October 9, 2026
बाँकेमा ३ हजार ५० मतदाता नामावलीबाट हटाइए

बाँकेमा ३ हजार ५० मतदाता नामावलीबाट हटाइए

October 9, 2026
सगरमाथाको रोमाञ्चक जित

सगरमाथाको रोमाञ्चक जित

October 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version