नेपालगन्ज स्थित होलिल्याण्ड इङ्गलिस सेकेण्डरी स्कुलले भारतको देहेदादुनमा आयोजित तेक्वान्दो प्रतियोगितामा ४ वटा गोल्ड र १ सिल्भर पदक विजेता आफ्ना विद्यालयका विद्यार्थी खेलाडीलाई बुधबार औपचारिक कार्यक्रम बीच सम्मान गरेको छ ।
विद्यालयले कक्षा ९ मा अध्ययनरत पर्वत नेगी, कक्षा ७ मा अध्ययनरत निष्पक्ष थापा, कक्षा ५ मा अध्ययनरत रितु घर्तीमगरले प्रतियोगितामा सहभागिता भई ४ गोल्ड र १ सिल्भर पदक जितेका थिए ।
‘विद्यार्थीहरूको उपलब्धीप्रति हामी हर्षित छौं’, विद्यालयक संस्थापक प्रिन्सिपल प्रशान्त श्रेष्ठले भने, ‘यसअघि पनि हाम्रा विद्यार्थीले राष्ट्रिय, अन्तर्राष्ट्रिय उपलब्धी हासिल गर्नुभएको छ ।
’
संस्थापक प्रिन्सिपल श्रेष्ठले विजयी विद्यार्थीहरूलाई एक बर्षका लागि पूर्ण छात्रवृत्ति दिइने बुधबार विद्यालयमा आयोजित विद्यार्थी सम्मान कार्यक्रममा जानकारी दिएका छन् । कार्यक्रममा विद्यालयका तेक्वान्दो डोजाङ्ग प्रमुख उमादेवी थापालाई ५ हजार १ सय रूपैयाँ सहित सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
‘विद्यार्थीको अथक, मेहनतमा हामीले सधै हौशला प्रदान गर्दै आएका छौं, उनीहरूलाई प्रोत्साहित गर्दै आएका छौं’, उनले विजयी विद्यार्थीलाई सम्मान गर्दै भने ।































