आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ ।
त्यसक्रममा खुला सीमानाको सुरक्षा चुनौतिलाई मध्यनजर नेपाल–भारत सीमावर्ती क्षेत्रमा संयुक्त गस्ती गर्न थालिएको छ ।
‘श्रावस्ती र बहराइचका सुरक्षा अधिकारीसँग छुट्टाछुट्टै छलफल, बैठक गरेर आवश्यक सुरक्षा समन्वय मिलाइएको छ’, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले भने, ‘सीमा निगरानी, संयुक्त गस्ती तथा अवाञ्छित गतिविधि नियन्त्रणका लागि गर्नुपर्ने संयुक्त कारवाही भैरहेका छन् ।’
निर्वाध निर्वाचन सु–सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाका लागि जिल्ला सुरक्षा समितिले आवश्यक रणनीति तय गरेको प्रजिअ तामांगको भनाइ छ ।
‘निर्वाचन विरुद्ध हुने कुनै पनि गतिविधि सुरक्षा निगरानीमा छ’, प्रजिअ तामांगले दैनिक नेपालगन्जसँग भने, ‘सुरक्षाका सबै अंग पूर्ण रूपमा परिचालित गरेर निर्धक्कसँग मताधिकार प्रयोग गर्ने जनताको अधिकार सुरक्षित पार्ने गरी काम भैरहेको छ ।’त्यसका लागि मौन अवधी सुरु भएसँगै आगामी फागुन १८ गते मध्यरातदेखि २१ गते मतदानको दिन रातीसम्म नेपाल–भारत सीमा पूर्ण रूपमा सिल गर्ने निर्णय पनि भएको छ ।
‘त्यसअघि पनि सीमामा आवश्यक चेकजाँचलाई कडाई पारिएको छ’, प्रजिअ तामांगले सुरक्षासँग जोडिएका सबै संवेदनशीलतालाई निर्वाचन सुरक्षा रणनीतिले सम्बोधन गर्ने बताउँदै भने ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.