प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्ष तर्फको मतगणना बाँकेमा सकिएको छ । मतपरिणाम अनुसार क्षेत्र नं. १ र ३ मा रास्वपाका उम्मेदवार सुरेश कुमार चौधरी र खगेन्द्र सुनार तथा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार मो. इस्तियाक राई विजयी भएका छन् । बाँकेमा ७ भोटदेखि ३३ हजार बढी मत ल्याउने उम्मेदवार रहेका छन् ।
बाँके क्षेत्र नं. १ मा रास्वपाका सुरेश कुमार चौधरीले ३२ हजार ७ सय ९२ मत ल्याउँदा उनको निकट रहेका नेपाली काँग्रेसका नारायण प्रसाद गौडेलले १५ हजार ३ सय १ मत मात्रै पाए ।
त्यस्तै, एमालेका सुर्य प्रसाद ढकालले ११ हजार ९५, नेकपाका नरेन्द्र प्रसाद पाण्डेले ६ हजार ३३, राप्रपाका प्रदिप कुमार शाहले ३ हजार २ सय ३४, प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसी नमूनाले १ हजार २ सय ४० मत प्राप्त गरिन् ।
श्रम संस्कृति पार्टीका भरत निधी तिवारीले ४ सय ६३ मत, उज्यालो नेपाल पार्टीका धन बहादुर खड्काले २ सय ४६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का दिपक बुढाथोकीले १ सय ८६ मत, राष्ट्रिय जनमोर्चाका तुलसीराम सापकोटाले १ सय २६ मत, जनता समाजवादी पार्टीका राजेन्द्र कुमार विश्वकर्माले ८४ मत, नेमकिपाकी सुर्जा थापाले ५६, स्वतन्त्र उम्मेदवारहरू दिवाकर शर्माले ३९, मंगोल नेशनल अर्गनाइजेशनका फेरुलाल चौधरीले १२ मत प्राप्त गरेका थिए ।
बाँके क्षेत्र नं. २ मा नेकपा एमालेका मो. इस्तियाक राईले २४ हजार ६ सय २८ मत प्राप्त गरी विजयी भए । रास्वपाका विवेक कुमार श्रेष्ठले १८ हजार ६ सय ८२ मत प्राप्त गरे । नेपाली काँग्रेसका सुधांसु कोइरालाले १७ हजार ५ सय ९३ मत प्राप्त गरे ।
राप्रपाका ऋषिराज देवकोटाले १ हजार ७ सय २३ मत, नेपाली कम्युनिष्ट पार्टीका दिपेन्द्र विष्टले १ हजार ४ सय ५६ मत, जनता समाजवादी पार्टी नेपालका कमरुद्दिन राईले ९ सय ८ मत, राष्ट्रिय जनमत पार्टीका इरफान अहमद शेषले ७ सय ७५ मत, जनमत पार्टीका मो. आजाद साईले २ सय १० मत, श्रम संस्कृति पार्टीका रामचरण चौधरीले १ सय ३६ मत, नेपाली कम्युनिष्ट पार्टी माओवादीका महेन्द्र प्रकाश चन्दले १ सय २२ मत, राष्ट्रिय एकता दलका सिताराम यादवले ९४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, आम जनता पार्टी (एकल चुनाव चिन्ह)का अब्दुल उमर साईले ६६ मत, राष्ट्रिय जनमोर्चाका जगदीश ढकालले ५४ मत, स्वतन्त्र सौभाग्यजंग शाहले ३८ मत, नेमकिपाका प्रकाश शाहले ३६ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीका माजिद अलि शेषले ३० मत, जय मातृभूमि पार्टीका गोपाल प्रसाद गिरीले २७ मत, स्वतन्त्र मनोज कुमार चौधरीले १६ मत, विपेन्द्र लामा तामाङ्गले १२ मत प्राप्त गरे ।
बाँके क्षेत्र नं. ३ मा विजयी भएका रास्वपाका उम्मेदवार खगेन्द्र सुनारले २९ हजार ५ सय ५१ मत, नेकपा एमालेका सुमन मल्लले १९ हजार ६ सय १५ मत, नेपाली काँग्रेसका अमर सिंह पुनले १३ हजार २ सय १५ मत, नेपाली कम्युनिष्ट पार्टीका दिपक कुमार गौरी मगरले ४ हजार १५ मत, राप्रपाका तारक सिंह थारुले १ हजार ९ सय १२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह)ले ४ सय ७४ मत, जनमत पार्टीका फरोज खाँले ४ सय ६९ मत, श्रम संस्कृति पार्टीका ओमकार थापा मगरले ३ सय ३९ मत, राष्ट्रिय जनमोर्चाका मन बहादुर सुनारले १ सय १४ मत, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल)ले १ सय ६ मत, आम जनता पार्टी एकल चुनाव चिन्हकी विद्या शर्माले ९५ मत, राष्ट्रिय जनमत पार्टीका मुबारक अली दर्जीले ८१ मत, जनता समाजवादी पार्टी नेपालका सुर्यलाल यादवले ७५ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीका तेज प्रसाद भण्डारीले ४८ मत, नेमकिपाकी भूमि महतराले ४२ मत, मंगोल नेशनल अग्रनाइजेशनका मनोज कुमार थारुले ३७ मत, मितेरी नेपाल पार्टीका रूप कुमार चन्दले १७ मत, स्वतन्त्रहरू सुर्य प्रसाद रेग्मीले १६ मत, भगवती शाहले १२ मत, भिम बहादुर सुनारले ११ मत, पदम बहादुर घर्ती मगरले ८ मत, चेत बहादुर ओलीले ७ मत प्राप्त गरेका छन् ।






























