For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

होटल पौवाको वार्षिकोत्सवमा ‘स्वाद उत्सव’

byDainik Nepalgunj
April 8, 2026
in News, मुख्य समाचार
0 0
0
होटल पौवाको वार्षिकोत्सवमा ‘स्वाद उत्सव’
Share on FacebookShare on Twitter

स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिको आधारमा अघि बढिरहेको होटल पौवा प्रालिले आफ्नो १० वर्षे गौरवमय यात्रा पूरा गरेको जनाएको छ ।

१० वर्षअघि चैत २५ गतेबाट औपचारिक सेवा सुरु गरेको पौवाले छोटो समयमै नेपाली हस्पिटालिटी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको हो । होटल पौवाले १० औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ आयोजना गर्ने भएको छ ।

स्थापना दिवस, स्वाद उत्सव र नयाँ वर्ष शुभकामना साँझको बारेमा जानकारी दिन नेपालगन्जमा मंगलवार गरिएको अन्तरक्रियात्मक भेटघाटमा होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले १९ जनाको लगानीबाट सुरु भएको पौवामा २५० बढी लगानीकर्ता, १ हजार बढी कर्मचारी र २० वटा शाखा विस्तार भएको जानकारी दिए ।

आगामी चैत्र २८ गते लगानीकर्ताहरुबीच लगानी सम्मेलन आयोजना गरिएको जनाउँदै अध्यक्ष भण्डारीले आगामी १० वर्षमा १०० शाखाको लक्ष्य पुरा हुने योजना सुनाए । ‘मिसन १००’ लक्ष्यसहित आयोजना हुने उक्त सम्मेलनमार्फत व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत परिपक्वता अभिवृद्धि गर्ने योजना रहेको अध्यक्ष भण्डारीले बताए ।

अध्यक्ष भण्डारीका अनुसार, वार्षिकोत्सवको अवसरमा कम्पनीले देशभर रहेका आफ्ना सबै शाखाहरूमा ‘स्वाद उत्सव’ आयोजना गर्ने जानकारी दिए । यही चैत्र २६, २७ र २८ गते सञ्चालन हुने उत्सवमा नेपाली रैथाने परिकार, विशेष आतिथ्य र मौलिक स्वादमार्फत ग्राहकलाई फरक अनुभव प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागी पत्रकारहरुलाई जानकारी दिंदै होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले स्वाद उत्सवमा देशभरका पौवा शाखाबाट ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको छ ।

रुपन्देहीको सालझण्डीस्थित सानो घरका सात कोठाबाट सुरु भएको पौवाको यात्रा आज देशका विभिन्न स्थानमा २० शाखासम्म विस्तार भइसकेको छ । ‘जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नाराका साथ अघि बढिरहेको कम्पनीले नेपाली भाषा, संस्कृति र परिकारको संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

यसैबीच, नयाँ वर्ष २०८३ को स्वागतलाई लक्षित गर्दै नेपालगन्ज शाखामा चैत्र ३० गते ‘शुभकामना साँझ–२०८३’ आयोजना गरिने भएको छ । कार्यक्रममा चर्चित गायक कमल खत्री र गायिका समिक्षा अधिकारी को विशेष प्रस्तुति रहनेछ । कार्यक्रमको सञ्चालन प्रस्तोता सहिरमान श्रेष्ठले गर्नेछन् भने स्थानीय मोहिनी डान्स ग्रुप र गायक प्रिन्स ठकुरीको समेत प्रस्तुति रहने बताइएको छ ।

होटल पौवाले विगतदेखि नै नेपाली चाडपर्व र संस्कृतिसँग जोडिएका कार्यक्रमहरू गर्दै आएको छ । दशैंपछिको सराय नाच, तिहारको देउसी–भैलो, माघीको खिचडी तथा महाशिवरात्रिमा शिव भजनजस्ता गतिविधिमार्फत कम्पनीले सांस्कृतिक संरक्षणमा योगदान दिँदै आएको महाप्रबन्धक गिरीराज पाण्डेले जानकारी दिए ।

‘कम्पनीले वार्षिकोत्सवका अवसरमा आयोजना हुने ‘स्वाद उत्सव’ र ‘शुभकामना साँझ–२०८३’ कार्यक्रममा स–परिवार सहभागी भई नेपाली स्वाद, संस्कृति र मनोरञ्जनको अनुभव लिन सबैलाई हार्दिक आमन्त्रण गरेको छ,’ पत्रकारहरुसँगको कार्यक्रम सहजीकरण गरिरहेका पौवाका संस्थापक सञ्चालक शरण कर्माचार्यले भने ।

होटल पौवाले देशमै आफ्नो सबैभन्दा ठुलो प्रोपर्टीका रुपमा नेपालगन्जमा पाँच तारे होटल निर्माण गरिरहेको छ । सय करोडबडीको लगानीमा बनिरहेको होटल निर्माण कार्य भइरहेको छ ।

Previous Post

योगिनी कपको क्वाटरफाइनलमा मानवी र एक्स आर्मी

Next Post

उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह

Next Post
उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह

उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह

उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह

April 8, 2026
होटल पौवाको वार्षिकोत्सवमा ‘स्वाद उत्सव’

होटल पौवाको वार्षिकोत्सवमा ‘स्वाद उत्सव’

April 8, 2026
योगिनी कपको क्वाटरफाइनलमा मानवी र एक्स आर्मी

योगिनी कपको क्वाटरफाइनलमा मानवी र एक्स आर्मी

April 7, 2026

पेट्रोलियम भन्सार महसुलमा ५० प्रतिशत छुट

April 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version