For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

‘बाँकेको सिंह : फत्तेसिंह’

byDainik Nepalgunj
July 28, 2026
in विचार
0 0
0
‘बाँकेको सिंह : फत्तेसिंह’
Share on FacebookShare on Twitter

बाँके मात्र नभएर देशकै राजनीतिमा लामो समयसम्म आफ्नो प्रभाव छाड्न सफल राजनीतिज्ञ फतेहसिंह थारुको देहावसान भएको पनि आज तेरह दिन भैसक्यो । ‘मान्छेको मनमस्तिष्कमा ‘फत्तेसिंह’ भएर बसेका उनको भौतिक शरीर पञ्चतत्वमा विलिन भैसक्यो तर उनको प्रभाव र चर्चा भने जनमानसबाट हराएको छैन ।

‘कुन दिन राजाले फतेहसिंह थारुलाई यो देशको प्रधानमन्त्री बनाइदिने हुन् !’ पञ्चायतकालको उत्तरार्धमा पंचहरूको समूहमा यस्तो चर्चा पनि हुने गथ्र्यो । राजाले उनलाई बिस्तारै माथिल्ला जिम्मेवारी दिदै गरेको कारणले पनि उनको विषयमा यस्ता चर्चा चल्ने गर्थे । उनी राजाको आँखामा परेका नेतामै गनिन्थे । यद्यपि उनी राजा, दरवार वा पंचायती संगठनहरूको आर्शिवादले नभएर आफ्नै सामथ्र्यले उभिएका नेता हुन् । उनी जनतामा आफ्नो व्यक्तिगत प्रभाव छाड्न सकेका केही सीमित पंचायतकालिन नेतामा गनिन्थे ।

‘थारु समुदायका ठूला नेता परशुनारायण चौधरीलाई पंचायत व्यवस्थामा प्रवेश गराएर मन्त्री बनाएपछि फतेहसिंह थारु पछाडि धकेलिएका हुन्’ भनेर पनि त्यतिखेर धेरैले टिप्पणी गरेका थिए । उनको स्पष्टवादी र विद्रोही स्वभावको कारणले उनी लाभको पदमा धेरै टिक्दैन थिए । उनको रुचि मनोनयन भन्दा जनताले छान्ने पदप्रति नै बढी थियो ।

बाँकेको थपुवा गाउँमा १९९६ साल असोज ३ गते जन्मेका फतेहसिंह थारु आजन्म समाजका अनेक आयाममा क्रियाशील रहे । उनी जुनसुकै भूमिकामा पनि सुहाउने र सफल हुने नेतामा गनिन्थे । उनको राजनीतिक जीवनले अनेकौँ आरोहअवरोह झेलेको थियो । २७ वर्षको उमेरमा उनको जीवनमा महत्वपूर्ण घुम्ती आयो । २०२३ सालमा लखनौबाट राजनीतिशास्त्रमा एमए र कुटनीतिशास्त्रमा डिप्लोमाका डिग्री बोकेर आफ्नो गाउँ फर्केका फतेहसिंहले ख्यालख्यालमैँ राजनीतिमा हाम फाले । हुन त उनी परराष्ट्र सेवामा काम गर्न खोज्थे ।

‘त्यसको लागि मैले काठमाडौँ गएर लोकसेवाको फारम पनि भरिसकेको थिएँ, तर गाउँ आएपछि मेरो सोँच र योजना परिवर्तन भयो । मैले आफ्नो पिछडिएको समुदायको उत्थान र देशको सेवा परराष्ट्र सेवामा काम गरेर भन्दा राजनीतिमा लागेर झन् राम्ररी गर्न सक्छु भन्ने लागेर अनायास राजनीतिमा लागेको हुँ’ भन्ने गर्थे उनी ।

२०२३ सालमा पंचायतका स्थानिय तहहरूको निर्वाचन हुँदा उनी हसनापुर गाउँ पंचायतको प्रधानपंचको निर्वाचनमा उठे र जिते । पहिलो प्रयासमैं भएको यस सफलताले उनी उत्साहित भए । त्यतिखेर बाँकेको राजनीतिमा ललित चन्दको एकछत्र प्रभाव थियो । शहीदका भाइ, प्रजापरिषद र काँग्रेसको राजनीति गरेर आएका, मन्त्री, राष्टिय पंचायतको अध्यक्ष तथा राजसभा स्थायी समितिको सभापतिको रूपमा राजा महेन्द्रको नजिक भएर काम गरेका र नेपालगन्जका प्रभावशाली राणापरिवारसित नाता सम्बन्ध जोडेका कारणले दुई दशकदेखि बाँकेको राजनीतिलाई ललित चन्दले आफ्नो अनुकुल नचाइरहेका थिए । त्यतिखेर उनीसित प्रतिस्पर्धा गर्ने प्रयत्न गरिरहेका थिए मूलचन्द आजादले ।

पंचायती व्यवस्था निर्दलिय भए पनि पंचहरू निर्वाचन हुँदा समुह र गुट बनाएर प्रतिस्पर्धा गर्ने गर्थे । बाँकेमा पनि ललित चन्द समुह र मूलचन्द समुह सतहमा देखिएका थिए । शान्ति शमशेर राणाको समर्थन पाएको हुनाले पंचायतको अघिल्लो कालखण्डमा ललित चन्द समुह बलियो देखिन्थ्यो । नियतिले फतेहसिंहलाई मूलचन्दको समुहमा मिसाइदियो । बिस्तारै मूलचन्द आजाद राजनीतिबाट ओझेल पर्दै गएपछि बाँकेमा फतेहसिंहको छुट्टै समुह बन्यो ।

२०२७ सालमा फेरि पंचायतका तहहरूको निर्वाचन हुने भयो । सो निर्वाचनले बाँकेमा फतेहसिंहलाई बलियो नेताको रूपमा उभ्याइदियो । मूलचन्द समुहबाट उनी जिल्ला पंचायत सभापतिमा उठेका थिए, जिते । मूलचन्द भने राष्ट्रिय पञ्चायतको सदस्यमा पराजित हुन पुगे । मूलचन्दले तेस्रोपटक राष्ट्रिय पञ्चायतको सदस्यमा विजयी भएका ललित चन्दका विरुद्ध निर्वाचन विशेष अदालतमा मुद्धा हाले । दुई वर्षपछि सोको फैसला हुँदा अदालतले मूलचन्दलाई विजयी घोषित गरिदियो ।

२०३१ सालको चैत्रमा पंचायतका निकायहरूको चुनाव फेरि हुने भयो । त्यतिखेर बाँकेमा शान्ति शमशेर गुट पनि छुट्टै सतहमा आइसकेको थियो । ललित चन्द गुट र मूलचन्द आजाद गुट क्रियाशील थिए नै । त्यतिखेर चुनावलाई भरसक सर्वसम्मति गर्ने प्रयास गथ्र्यो गाउँफर्क राष्ट्रिय अभियान समितिले । फतेहसिंह त्यतिखेर राष्ट्रिय पञ्चायतको सदस्यमा उठ्न चाहन्थे । तर तीन वटै गुटमा सहमति गरेर ललित चन्द गुटका सफी अहमद शाहलाई राष्ट्रिय पञ्चायतको सदस्य बनाइयो भने मूलचन्द गुटका फतेहसिंहलाई फेरि पनि बाँके जिल्ला पंचायतको सभापति नै बनाइयो ।

त्यतिखेर देशमा पढेलेखेका मान्छे थोरै थिए । राजनीतिमा त झन् अत्यन्त न्युन थिए । एमए गरेको मान्छे त्यतिखेर जिल्ला सभापति भएको घटना दुर्लभ थियो । सभापति चुनिएपछि फतेहसिंह युवा राजा वीरेन्द्रको दृष्टिमा परिहाले । २०२९ सालमा श्री ५ वीरेन्द्रको नेपालगंजमा सवारी हुँदाको घटनालाई सम्झिदै उनी स्वयम् भन्थे — ‘जिल्ला पंचायत सभापतिको नाताले म स्वागत समितिको अध्यक्ष थिएँ । मौसूफमा फूलमाला चढाउने बेलामा मौसूफले मलाई खुट्टादेखि टाउकोसम्म हेरिबक्सेको थियो, मलाई लाग्यो मौसूफले मलाई ध्यानमा राखिबक्सेको रहेछ’ ।

फतेहसिंह पहिलेदेखि नै स्वाभिमानी थिए । स्पष्टवादी थिए । चाकडी गर्ने स्वभाव थिएन । राजा र पंचायती व्यवस्थाप्रति भने हृदयदेखि नै आस्था थियो । दरबारलाई घेरेर बसेका भारादार र प्रशासकहरूसित भने उनको कहिल्यै कुरो मिलेन । त्यही भएर धेरैले उनलाई पंचायत विरोधी भनेर केन्द्रमा रिर्पोटिङ गर्थे । २०३० सालमा सुर्खेतको सवारी शिविरमा राजाको दर्शन गर्न आफूलाई मात्र जान दिने र आफूसंग गएका साथीहरूलाई नदिने भएपछि उनले ‘म एक्लै राजाको दर्शन गर्दिन’ भनेर अडान लिएको घटना त्यो बेला निकै चर्चित भएको थियो ।

सो कुरा राजाको कानमा पनि पुग्यो होला । पछि सबै साथीहरू सहित श्री ५ वीरेन्द्रको दर्शन भेटको अवसर मिलाइयो । उनी अहिले पनि सम्झिन्छन् श्री ५ बाट हुकुम भएको कुरा— ‘हेर फतेहसिंह ! पंचायती व्यवस्थाभित्र सबैलाई जसरी पनि पौडी खेल्ने सुविधा छ । तिमी पनि पंचायतकै सीमाभित्र बसेर आफ्नो इच्छाअनुसारले पौडी खेल न !’ ।

उनलाई राष्ट्रिय राजनीतिमा उठाउने योजना अन्तरगत राजाले २०३२ मंसिर २६ गते गाउँफर्क राष्ट्रिय अभियान समितिको केन्द्रीय समितिको सदस्य मनोनित गरे । फतेहसिंह कुनै पदमा मनोनित भएको त्यो एकमात्र अवसर थियो । सो मनोनयनले बाँकेको परिधिमा सीमित फतेहसिंह राष्ट्रिय राजनीतिमा उक्लिए ।

२०३२ साल मंसिरमा भएको संविधान संसोधनले पंचायतका तहहरूको निर्वाचन चक्रिय प्रणालीले हुने व्यवस्था ग¥यो । बाँकेको निर्वाचन हुने पालो २०३३ सालको हिउँदमा आयो । फतेहसिंह गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समितिको सदस्यबाट त्यागपत्र दिएर फेरि बाँके फर्किए । दुई वर्ष अघि राष्ट्रिय पञ्चायको सदस्य हुन मनोनयपत्र प्रस्तुत गरिसकेर पनि सहमति गर्ने क्रममा नाम फिर्ता लिएर त्याग देखाएका शान्ति शमशेर राणालाई २०३३ मा राष्ट्रिय पञ्चायको सदस्य बनाइयो ।

त्यतिखेर फतेहसिंहले राष्ट्रिय पंचायत सदस्यको चुनाव लड्न खोजेका थिए । त्यतिखेर पंचायतका निकायमा चुनाव लड्न गाउँफर्कको अनुमोदन लिनु पर्ने व्यवस्था थियो । फतेहसिंह थारु रापंस नहोस् भन्ने समुहले उनलाई अनुमोदन नदिने निर्णय ग¥यो । त्यतिखेर उनले अनुमोदनको लागि गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समितिबाट पर्यवेक्षक भएर आएका नरसिंहभक्त तुलाचन र गाउँफर्क राष्ट्रिय अभियान बाँके जिल्ला समितिका अध्यक्ष शेखर शर्मासंग गरेको विवादले ठूलो चर्चा पाएको थियो । अन्ततः सबैलाई समेट्ने गरि सहमति भएपछि फतेहसिंहले जिल्ला पंचायतको सभापति पदमा उठ्ने अनुमोदन पाए । उनी तेस्रो पटक बाँके जिल्ला पंचायतको सभापति नै चुनिए ।

बाँकेको विवाद केन्द्रसम्म पुग्यो । गाउँफर्क राष्ट्रिय अभियान समितिको केन्द्रीय समितिले पंचायतको अनुशासन भंग गरेको कारणले उनलाई निलम्बन ग¥यो । काठमाडौं पुगेर उनले खिचापोखरीस्थित पानोरमा होटेलमा पत्रकार सम्मेलन नै गरे । त्यसले निकै चर्चा भएको थियो । संभवतः त्यो घटना राजाको कानमा पनि पुग्यो होला । केही समयपछि उनको निलम्बन फुकुवा गरियो ।

उनी सभापति हुँदा २०३६ सालको आन्दोलन आयो । सबैसित सामाजिक सम्बन्ध जोड्ने स्वभाव भएका फतेहसिंहको त्यतिखेरका आन्दोलनकारीसित पनि राम्रै सम्बन्ध थियो । उनी आन्दोलनमा लागेर समातिएकाहरूलाई भनसुन गरेर छोडाइदिन्थे । आन्दोलनकारीहरूले उनको सदाशयताको लाभ पनि प्रशस्त उठाए । त्यही बेला उनको जीपमा बहुदलवादीहरूले पर्चा ओसारपसार गरेको आरोप लाग्यो । उनी फेरि निलम्बित भए । ‘राजा र पंचायती व्यवस्थाप्रति आफ्नो पूर्ण आस्था रहेको तर जिल्ला सभापति भएको नाताले सबैसित सम्पर्क राख्नु र सबैलाई सहयोग गर्नु मेरो कत्र्तव्य हो । यसलाई राजा र व्यवस्थाको विरोध गरेको अर्थ लाउनु हुँदैन’ भनेर पुष्टि दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

२०३८ साल वैसाखमा पंचायतकालिन व्यवस्थापिका राष्ट्रिय पञ्चायतको प्रत्यक्ष वालिग मताधिकारको आधारमा निर्वाचन हुने भएपछि उनी सो निर्वाचनमा उत्साहपूर्वक उठे । यो पटक उनले कसैसित सहमति र मिलेमतो गर्नै परेन । सोझै जनताको दैलो पुगेपछि विकासवादी र काम गरिदिने मान्छे भनेर चिनिएका फतेहसिंहले बाँके जिल्लामा सबै समुदायबाट राम्रो मत पाए । उनले प्रचण्ड मतले चुनाव जिते । सो चुनाबबाट राष्ट्रिय पञ्चायतको सदस्य हुने बित्तिकै उनलाई २०३८ असार २ गते सूर्यबहादुर थापाको मन्त्रिपरिषदमा संचार राज्यमन्त्रीको जिम्मेवारी दिइयो । २०३९ असोज २४ गते भएको मन्त्रीपरिषद पुर्नगठनमा उनी संचार राज्यमन्त्रीबाट पदमुक्त गरिए ।

२०४० असार २९ गते लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा उनलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री नियुक्त गरियो । उनले २०४२ साल जेठ १ गतेसम्म २२ महिना जति शिक्षा तथा संस्कृति राज्यमन्त्रीको रूपमा काम गरे ।

२०४३ साल वैसाखमा फेरि राष्ट्रिय पंचायतको निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा उनी बाँकेबाट पुनः राष्ट्रिय पंचायतको सदस्य निर्वाचित भए । सधैं प्रशासनको विरोध गर्ने र जनताको पक्ष लिने कारणले पंचायतकालमा रापंस हुँदा पनि २०४४ सालमा उनलाई अंचलाधीश नवराज गुरुङले राजकाज मुद्धा लगाएर थुनेका थिए । तर राजकाज मुद्धाको छिनोफानो नहुँदै दुई वर्ष नपुग्दै राजाले उनलाई फेरि मन्त्री नियुक्त गरिहाले ।

२०४६ सालको आन्दोलन चलिरहेको बेला मरिचमान सिंह श्रेष्ठ नेतृत्वको मन्त्रिपरिषदको २०४६ चैत्र १९ गते पुनर्गठन हँुदा फतेहसिंह आवास तथा भौतिक योजनामन्त्री नियुक्त भएका थिए । यो मन्त्रिपरिषद पाँच दिनमैँ विगठन भएको थियो ।

त्यतिखेर पञ्चहरू आन्दोलनकारीको आक्रमणमा पर्ने क्रम चलिसकेको थियो । सोही क्रममा उनलाई आन्दोलनकारी उपद्रवीहरूले कालोमोसो दलेर जुत्ताको माला लगाएर नेपालगंजको बजार घुमाएका थिए । त्यही दिन उनले त्रिभुवनचोकमा कालोमोसो दलेको अनुहार नपखालिकनै भाषण गर्दै भनेका थिए — ‘म छिटै फूलमाला लाएर यही ठाउँमा आइपुग्ने छु’ । नभन्दै त्यसको ४ वर्ष मैं उनी प्रतिनिधि सभाको चुनाव जितेर फूलमाला पहिरेर त्यही चोकमा भाषण गर्न आइपुगेका थिए ।

२०४६ सालको आन्दोलनले पंचायत व्यवस्थालाई विस्थापित ग¥यो । कार्यकाल नपुग्दै राष्ट्रिय पंचायत भंग भयो । त्यतिखेर विद्रोही स्वभावका फतेहसिंह थारुलाई मानिसहरूले कांग्रेस पार्टीमा जान्छन् कि क्या हो ? भनेर अनुमान गरेका थिए । तर उनले आस्था परिवर्तन गरेनन् । २०४७ जेठ १५ गते पूर्व पंचहरूका दुईटा दल खुले राप्रपाकै नाममा । राप्रपामा उनी राप्रपा (थापा) मा लाग्छन् कि भन्ने अनुमान विपरित राप्रपा (चन्द) मा लागे । २०४८ देखि २०७४ सम्मका सबै ६ वटा निर्वाचन उनले बाँके क्षेत्र नं. ३ बाट लडे । तर २०५१ को भन्दा अरू निर्वाचनमा उनले विजय पाउन सकेनन् । तैपनि हरेक निर्वाचनमा उनको आधार मत भने अन्त कतै गएन । २०६४ को माओवादी लहरमा पनि उनले आफ्नो आधार मत गुमाएनन् ।

२०५१ सालमा बाँकेका तीन वटै क्षेत्रमा उनको दलले जितेर कीर्तिमान कोरेको थियो । त्यसमा फतेहसिंहको व्यक्तिगत सकृयता र बाँकेको सामाजिक धरातलको सन्तुलनले पनि काम गरेको थियो । उनी २०५३ पुसमा शेरबहादुर देउवाको नेतृत्वमा बनेको काँग्रेस राप्रपा संयुक्त सरकारमा कृषिमन्त्री नियुक्त भए । २०५४ साल असोजमा सूर्यबहादुर थापाको नेतृत्वमा बनेको काँग्रेस राप्रपा संयुक्त सरकारमा उद्योगमन्त्री, २०५४ साल कार्तिकमा पुनः उद्योगमन्त्री र २०५४ मंसिरमा रक्षामन्त्री भए । रक्षामन्त्री हुने तराईको रैथाने समुदायको पहिलो व्यक्ति भएर उनले कीर्तिमान पनि कोरे । गठबन्धनको सो कालखण्डमा राप्रपाका सांसदहरूले कहिले कतै कहिले कतै दुगुरेर जगहँसाई गरे । तर फतेहसिंहले एमालेसंग मिलेर राप्रपाले बनाएको सरकारमा भने मन्त्री नखाएर असहमति जनाएका थिए । उनको अडान प्रजातान्त्रिक गठबन्धन बनाएर सैद्धान्तिक राजनीति गर्नु पर्छ भन्ने थियो । पहिले एमालेसंग नभएर काँग्रेससित गठबन्धन गरिएकोले त्यो गठबन्धन तोड्नु हुन्न भन्ने मान्यता थियो उनको ।
विगत आठ दशकमा बाँके जिल्लामा राजनीति गर्नेहरू मध्ये ललित चन्द, फतेहसिंह थारु, सुशील कोइराला र इस्तियाक राई सबैभन्दा बलिया र प्रभावशाली नेता मानिन्छन् । ललित चन्दलाई पारिवारिक पृष्ठभूमि र सत्ताको बलियो आड प्राप्त थियो । सुशील कोइरालालाई बलियो पार्टी र समयले साथ दिएको थियो । इस्तियाक राईको व्यक्तिगत क्षमता भन्दा पनि सामाजिक पृष्ठभूमि र धनबलको बलियो साथ छ । यतिमध्ये शिक्षा, बौद्धिकता र राजनीतिक संस्कारमा सबैभन्दा माथि भने फतेहसिंह नै पर्छन् । सामाजिक पृष्ठभूमि, सत्ता र संगठनको आडभरोसा नभए पनि आफ्नै बलबूतामा स्थापित भएका पात्र हुन् उनी । यति मध्ये जनतामा परेको प्रभावलाई हेर्दा फतेहसिंह नै सबैभन्दा सफल नेता मानिन्छन् । राजनीतिले जस्तोसुकै आरोहअवरोह व्यहोर्नु परे पनि उनले आफ्नो प्रतिष्ठा र व्यक्तित्वमा भने आँच आउन कहिल्यै दिएनन् ।
फतेहसिंहले राजनीति मात्रै थिएनन् । उनी विकासप्रेमी पनि हुन् । बाँके जिल्लामा स्थापना भएका अधिकांश विद्यालय, स्वास्थ्यचौकी, पुलपुलेसा र टेलिफोन टावरहरू उनकै पालामा बनेका हुन् । उनी मन्त्री हुँदा ‘फतेहसिंह मन्त्रीलाई भेट्यो भने जस्तो काम पनि हुन्छ’ भन्ने भनाई प्रचलित नै थियो । तर उनले निर्माण गराएका कुनै पनि भौतिक संरचनामा उनको नामको शिलालेख भेटिन्न । ‘नाम भन्दा काम ठूलो हो’ उनी भनिरहन्थे ।
आफ्नो समयका सम्पन्न जमिनदार परिवारमा जन्मेका फतेहसिंह थारुको व्यक्तित्वमा सम्भ्रान्त स्वभाव र अहम् कत्ति पनि थिएन । उनी समाजको तल्लो वर्गसंग पनि साक्षात्कार र हेलमेल गर्न सिपालु थिए । पढेलेखेको भए पनि उनले पाण्डि¥याई कहिल्यै छाँटेनन् । नेताहरूमा प्रायः बढी बोल्ने तर अरूका कुरा नसुन्ने बानी हुन्छ । त्यसको विपरित फतेहसिंह थारु थोरै बोल्ने तर बढी सुन्ने नेतामा गनिन्थे । ‘बोलेको कुरा हावामा मिसिएर हराउँछ, सुनेको कुरो मस्तिष्कमा गएर सेभ हुन्छ’ केही बोलनु प¥यो भनेर माइक तर्साउँदै जानेहरूलाई उनी यसो भनेर फर्काइदिन्थे ।
पंचायतकालमा सुकम्बासीहरूलाई प्रायः कम्युनिष्टका मान्छे भन्ने गरिन्थ्यो । फतेहसिंह थारु, नवलसिंह रावल र चन्द्रबहादुर बुढा जस्ता केही औंलामा गन्न सकिने व्यक्तिहरूले भने पंचायतकालमै सुकुम्बासीको लागि आन्दोलन नै गरेका थिए । उनले सरकारसित लडेर बसाएको सुकम्बासी बस्ती अचेल बाँकेमा ‘फत्तेनगर’ को नामले चिनिन्छ । मेघालयबाट लखेटिएका नेपालीहरूलाई कहाँ बसाउने भनेर ठाउँ नपाइएको अवस्थामा उनले बाकेको नौबस्तामा बसाउने व्यवस्था गरेका थिए ।
पंचायतकालमा पनि विद्रोह गर्न सक्ने, आफ्नो कुरा राजाको सामु पनि हाक्काहाकी राख्न सक्ने र निलम्बन भएर पनि फुकुवा गराउन सक्ने फतेहसिंह थारुको व्यक्तित्व आफ्नै ओजले चम्किदै गए । कोह िउनलाई ‘थपुवाको शेर’ भन्न थाले त कोही बाँकेको सिंह फत्तेसिंह’ भनेर प्रशंसा गर्न थाले ।
फतेहसिंह थारुले २३ वर्ष निर्दलिय पंचायती व्यवस्ताको राजनीति गरे । ३६ वर्ष बहुदलीय व्यवस्थामा बहुदलीय राजनीति गरे । उनी पंच भएर पनि कट्टर पंच र बहुदलमा काम गरेर पनि कट्टर बहुदलवादी हुन नसकेका व्यक्ति मानिन्छन् । उनी अरूको मार्गमा हिड्नुभन्दा आफ्नै मार्ग बनाएर हिड्न रुचाउँथे । उनको व्यक्तित्वमा देखिने बौद्धिकता, सहज व्यवहार, सबैसित मिलेर काम गर्न सक्ने स्वभाव र चित्त नबुझेको कुरामा विद्रोह गर्न सक्ने आँटले उनलाई सदाबहार नेता बनाइरह्यो । हरेक कालखण्डमा आफ्नो उपादेयता र भूमिका देखाउन सक्षम थिए उनी ।

Previous Post

मोटरसाइकल चोरीमा संलग्न पाँच पक्राउ

Next Post

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

Next Post
सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

July 28, 2026
‘बाँकेको सिंह : फत्तेसिंह’

‘बाँकेको सिंह : फत्तेसिंह’

July 28, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न पाँच पक्राउ

July 28, 2026
भेरी अस्पतालमा हेमोफिलियाको उपचार सेवा

भेरी अस्पताल : यस्तो छ बिरामीको चाप

July 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version