बाँके क्षेत्र नम्बर ३ को सभापतिमा शाह
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलवार भएको निर्वाचनमा शाहले ३ सय ९७ मत प्राप्त गर्दै क्षेत्रीय सभापतिको जिम्मेवारी पाएका हुन् । उनका प्रतिस्पर्धी ज्ञानबहादुर ओलीले २ सय २९ मत प्राप्त गरे ।
क्षेत्र नम्बर ३ को सभापति चयनका लागि भएको निर्वाचनमा ६ सय ५८ मत खसेको थियो । खसेको मतमध्ये शाहले स्पष्ट बहुमतसहित निर्वाचन जितेका हुन् ।
शाह निर्वाचित भएसँगै बाँकेमा नेपाली कांग्रेसका प्रदेश र क्षेत्रीय कार्यसमितिले पूर्णता पाएको छ । यससँगै जिल्लाका सम्बन्धित तहमा नेतृत्व चयनको प्रक्रिया पनि पूरा भएको छ ।
यसअघि नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा पूर्णप्रसाद आचार्य सर्वसम्मत चयन भएका थिए । क्षेत्र नम्बर २ मा नरेन्द्र चौधरी निर्वाचित भए भने, क्षेत्र नम्बर ३ मा शाहको नेतृत्व चयन गरिएको हो ।
१५औं महाधिवेशनअन्तर्गत बाँकेमा भएको क्षेत्रीय नेतृत्व चयनमा क्षेत्र नम्बर ३ को परिणामसँगै जिल्लाको प्रदेश र क्षेत्रीय तहको कार्यसमिति गठन प्रक्रिया टुंगिएको हो ।






























