For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, November 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

स्पा व्यवसायमा बढ्दो आकर्षणसँगै नियमनको चुनौती

byDainik Nepalgunj
October 1, 2026
in News
0 0
0
स्पा व्यवसायमा बढ्दो आकर्षणसँगै नियमनको चुनौती
Share on FacebookShare on Twitter

नेपालगन्जमा पछिल्लो समय स्पा व्यवसायप्रतिको आकर्षण बढ्दै गएको छ । शारीरिक थकान कम गर्ने, मसाज तथा सौन्दर्य सेवाका लागि सञ्चालन हुने स्पाहरूको संख्या बढेसँगै यस क्षेत्रको नियमन र अनुगमनको चुनौती पनि थपिएको छ । प्रहरीका अनुसार स्पाको आवरणमा कतिपय स्थानमा गैरकानुनी गतिविधि हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरका अनुसार, गत भदौ ६ गते नेपालगन्जका विभिन्न स्पामा बालिकालाई काममा लगाइएको सूचनाका आधारमा प्रहरीले छापा मार्दा सात जना बालिकाको उद्दार गरेको थियो । घटनामा तीन जना स्पा सञ्चालक पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार वडा नम्बर १० आदर्शनगरस्थित न्यू प्लेजर स्पाकी सञ्चालिका भारतीय नागरिक गुडिया खान, सोही क्षेत्रमा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालिका दुर्गा थारू तथा वडा नम्बर २ न्युरोडस्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम अनुसन्धान अघि बढाइएको थियो । यो घटना नेपालगन्जमा स्पा व्यवसायको विस्तारसँगै त्यसको नियमन र अनुगमनको आवश्यकता कति गम्भीर बन्दै गएको छ भन्ने बहसको एउटा उदाहरण बनेको छ ।

पछिल्लो समय बाँकेमा दर्जनौँ स्पा सञ्चालनमा आएका छन् । नेपालीसँगै भारतीय ग्राहकसमेत स्पामा पुग्ने गरेका छन् । सामान्यतया मसाज तथा शारीरिक आरामका लागि सञ्चालन हुने यस्ता व्यवसायमा महिलाले पुरुष ग्राहकलाई मसाज गर्ने प्रचलन छ ।

तर प्रहरीका अनुसार केही स्पामा भने निर्धारित सेवाभन्दा बाहिरका गतिविधि हुने गरेको पाइएको छ । सोझासाझा किशोरी तथा युवतीलाई कामको प्रलोभन देखाएर ल्याउने, स्पामा काम लगाउने र कतिपय अवस्थामा यौन गतिविधिमा समेत संलग्न गराउने गरेको सूचना तथा घटनाहरू प्रहरीसमक्ष आउने गरेका छन् ।

प्रहरीका अनुसार कतिपय अवस्थामा ग्राहकसँग सम्पर्क गराएर युवतीलाई अन्यत्र कोठामा पठाउने र मसाजका नाममा बोलाइएका ग्राहकसँग यौन गतिविधि हुने गरेको समेत अनुसन्धानका क्रममा खुलेको छ । यद्यपि, प्रहरीले यस्तो गतिविधि सबै स्पामा हुने नभएको स्पष्ट गर्दै आएको छ । वैध रूपमा सञ्चालन भइरहेका व्यवसाय र गैरकानुनी गतिविधि गर्ने स्थानबीच फरक छुट्याएर कारबाही गरिँदै आएको प्रहरीको भनाइ छ ।

मानव बेचबिखन भन्नासाथ विगतमा नेपालबाट महिलालाई भारतका विभिन्न सहरमा पु¥याएर बेच्ने घटनालाई मुख्य रूपमा बुझिन्थ्यो । तर अहिले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको प्रहरीको अनुभव छ । नेपालभित्रै कामको प्रलोभन देखाएर महिला तथा किशोरीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाने, काममा लगाउने र अन्ततः यौन गतिविधिमा संलग्न गराउने कार्यसमेत मानव बेचबिखनको दायरामा पर्न सक्ने प्रहरीको भनाइ छ ।

नेपाल–भारत सीमा नाकामा प्रहरीसँगै विभिन्न संघ, संस्थाले पनि भारत तथा तेस्रो मुलुक जानेहरू बेचबिखन नपरुन् भनेर निगरानी गर्दै आएका छन् । संघ, संस्थाहरूले भारत जानेमा जोखिमपूर्ण पाएमा केरकार गर्ने, सम्झाईबुझाई गर्ने, परिवारमा पुनस्र्थापना गर्ने तथा प्रहरीको सहयोगमा कारवाही अघि बढाउने पनि गर्दै आएका छन् । तर, देशभित्र हुने बेचबिखनमा घटनामा पनि सबैको ध्यान पुग्नुपर्ने सम्बद्धहरूले बताउँदै आएका छन् ।

प्रहरी अधिकारीहरूका अनुसार भारततर्फ जाने व्यक्तिहरूलाई जमुनाहा नाकामा समेत निगरानी गर्ने गरिएको छ । कतिपय व्यक्ति आफ्नै इच्छाले भारत जाने गरेको पाइने भएकाले उनीहरूको अवस्था पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर छाड्ने गरिएको प्रहरी बताउँछ । तर रोजगारी वा अन्य प्रलोभन देखाएर महिला तथा युवतीलाई लैजाने र जबर्जस्ती वा अन्य माध्यमबाट यौन गतिविधिमा संलग्न गराउने अवस्था देखिएमा त्यसलाई फरक दृष्टिले हेर्नुपर्ने प्रहरीको भनाइ छ ।

मानव बेचबिखनसम्बन्धी घटनामा प्रहरी अनुसन्धानका लागि पीडितको जाहेरी र बयान महत्वपूर्ण हुने गरेको छ । तर कतिपय अवस्थामा उद्धार गरिएका महिला तथा युवतीले सञ्चालक वा रोजगारदाताविरुद्ध जाहेरी दिन नमान्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार कतिपय महिला तथा युवतीहरू आर्थिक कारणले गर्दा गलत बाटोमा संलग्न हुने गरेको धारणा राख्छन् । यस्तो अवस्थामा उद्धारपछि पनि उनीहरू आफ्ना सञ्चालक वा साहुविरुद्ध मुद्दा हाल्न इच्छुक नहुने भएकाले मुद्दा दर्ताको संख्या कम देखिने गरेको उनको भनाइ छ । ‘मानव बेचबिखनको मुद्दामा पीडित आवश्यक हुन्छ र पीडितले जाहेरी दिनुपर्ने हुन्छ । तर कतिपय अवस्थामा पीडित जाहेरी दिन मान्दैनन्’, एसपी जिसी भन्छन् । उनका अनुसार यही कारणले वास्तविक रूपमा देखिएका गतिविधि र प्रहरीमा दर्ता हुने मुद्दाको संख्याबीच अन्तर देखिन सक्छ ।

एसपी जिसीका अनुसार बाँकेमा होटल, कटेज, खाजा घर तथा केही स्पामा महिलाहरू र युवतीलाई राखेर यौन गतिविधि सञ्चालन गर्ने गरेको सूचना र घटनाहरू प्रहरीको निगरानीमा आउने गरेका छन् । ‘विशेषगरी कटेज, खाजा घरजस्ता ठाउँमा महिलाहरू तथा युवतीहरू राख्ने र त्यहाँ यौन धन्दा सञ्चालन गर्ने गरेको पाइन्छ । केही होटलहरूमा पनि युवतीहरू राखेर खुलेआम यौन धन्दा चलाउने गरेको पाइएको छ’, जिसी भन्छन् । उनका अनुसार केही स्पामा समेत स्पाको निर्धारित कामभन्दा बाहिरका गतिविधि भइरहेको पाइएको छ । प्रहरीले त्यस्ता स्थानमा छापा मारेर कानुनी कारबाहीसमेत गरेको जनाएको छ । नेपालगन्जसँगै कोहलपुर बजारमा पनि यस्ता गतिविधि देखिएको प्रहरीको भनाइ छ ।

होटल तथा स्पामा प्रहरीले गर्ने अनुगमनलाई लिएर व्यवसायी तथा सर्वसाधारणमा फरक बुझाइसमेत हुने गरेको प्रहरीको भनाइ छ । तर प्रहरी प्रमुख जिसीका अनुसार आपसी सहमतिमा होटलमा बस्ने व्यक्तिलाई लक्षित गरेर प्रहरीको निगरानी हुने गरेको छैन । ‘कोही मानिस स्वेच्छाले आफ्नो प्रेमी वा प्रेमिकासँग, अथवा दुई जनाको आपसी सहमतिमा होटलमा गएर बसेका छन् भने हाम्रो लक्ष्य त्यो होइन’, उनी भन्छन् । प्रहरीको निगरानी भने कुनै होटल, कटेज वा स्पामा महिलाहरू तथा युवतीलाई राख्ने, ग्राहक बोलाउने र यौन गतिविधि सञ्चालन गर्ने कार्यमा केन्द्रित रहेको उनको भनाइ छ ।

पछिल्लो समय गाउँ तथा ग्रामीण क्षेत्रबाट दुई–तीन जना महिलालाई कामको प्रलोभन देखाएर सहरी क्षेत्रमा ल्याउने र स्पा, होटल वा कटेजमा काममा लगाउने गरेको समेत पाइने गरेको छ । ‘काममा लगाइदिने भनेर यहाँ ल्याएर स्पामा छोड्ने, कुनै होटलमा छोड्ने वा कटेजमा छोड्ने गरिन्छ । तर त्यहाँ काम के लगाइयो त? यदि यौन कार्यमा लगाइयो भने त्यो पनि मानव बेचबिखन हो’, प्रहरी अधिकारीहरू भन्छन् । प्रहरीका अनुसार, त्यस्ता व्यक्तिलाई ल्याउने, काममा लगाउने तथा यौन गतिविधिमा संलग्न गराउने कार्यमा संलग्न व्यक्तिहरू कानुनी दायरामा आउन सक्छन् ।

मानव बेचबिखन भनेको कसैलाई जबर्जस्ती समातेर बिक्री गर्नु मात्रै नभएको प्रहरीको भनाइ छ । रोजगारीको नाममा ल्याएर यौन गतिविधिमा संलग्न गराउने अवस्थासमेत कानुनी अनुसन्धानको विषय बन्न सक्ने प्रहरी बताउँछ ।

प्रहरीले स्पामा हुने सबै गतिविधिलाई एउटै दृष्टिले नहेरेको जनाएको छ । एसपी जिसीका अनुसार केही स्थानमा विकृति देखिए पनि सबै स्पालाई गैरकानुनी गतिविधिसँग जोड्न नमिल्ने बताउँछन् । ‘त्यसरी केही विकृति केही ठाउँमा छन्, सबैमा होइन’, जिसी भन्छन् । उनका अनुसार प्रहरीले स्पालाई निर्धारित मापदण्डअनुसार सञ्चालन गर्न आग्रह गर्दै आएको छ । सूचना वा उजुरी प्राप्त भएको तथा विगतमा कारबाहीमा परेका स्थानमा पुनः गलत गतिविधि भएको पाइएमा पुनः अनुगमन र कारबाही गर्ने गरिएको छ ।

स्पा व्यवसाय विस्तार भइरहँदा यस क्षेत्रमा स्पष्ट मापदण्ड, नियमित अनुगमन, व्यवसायीको जिम्मेवारी र श्रमिकको सुरक्षाका विषयमा पनि पर्याप्त ध्यान दिनुपर्ने देखिन्छ । विशेषगरी किशोरी तथा युवतीलाई रोजगारीको प्रलोभन देखाएर ल्याउने, उनीहरूको श्रम तथा आर्थिक अवस्थाको फाइदा उठाउने र यौन गतिविधिमा संलग्न गराउने सम्भावित जोखिमलाई नियमन गर्ने चुनौती सरोकारवाला निकायसामु छ । अर्कोतर्फ वैध रूपमा मसाज, स्वास्थ्य तथा सौन्दर्य सेवा प्रदान गर्ने व्यवसायलाई अनावश्यक रूपमा बदनाम हुन नदिन स्पष्ट मापदण्ड र प्रभावकारी नियमन आवश्यक देखिन्छ । नेपालगन्जमा स्पा व्यवसायको विस्तारसँगै अब चुनौती व्यवसाय रोक्नेभन्दा पनि वैध व्यवसायलाई व्यवस्थित गर्ने, श्रमिक तथा सेवाग्राहीको अधिकार सुनिश्चित गर्ने र गैरकानुनी गतिविधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नेतर्फ केन्द्रित हुनुपर्ने स्थानीय व्यवसायी बताउँछन् ।

Previous Post

रुपईडीहा थानामा ३० प्रहरीको सरुवा

Next Post

‘अस्वस्थ जीवनशैली समस्या’

Next Post
‘अस्वस्थ जीवनशैली समस्या’

‘अस्वस्थ जीवनशैली समस्या’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एक अर्ब घटाइयो भन्सार लक्ष्य

नेपालगन्ज नाकाबाट ड्राइफ्रुट आयात घट्यो

November 16, 2026
बाँकेमा छठ, अस्ताउँदो सुर्यलाई अर्घ दिन बागेश्वरी मन्दिरमा घुइँचो

मनाइँदै छठ पर्व

November 15, 2026
बाँकेमा बन्दैछ ‘सफारी प्याकेज’

बाँकेमा बन्दैछ ‘सफारी प्याकेज’

November 15, 2026
सुर्खेत प्रस्थान गर्यो मुक्तिनाथ भगवानको रथयात्रा

सुर्खेत प्रस्थान गर्यो मुक्तिनाथ भगवानको रथयात्रा

November 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version