For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

उद्यमी दम्पतीले दिए ११ लाख ११ हजार १११ रुपैयाँ

byDainik Nepalgunj
October 1, 2026
in News, मुख्य समाचार
0 0
0
उद्यमी दम्पतीले दिए ११ लाख ११ हजार १११ रुपैयाँ
Share on FacebookShare on Twitter

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत लामो समयदेखि व्यवसाय गर्दै आइरहेका दिपक बुढा क्षेत्री र हिमा कुमारी उपाध्यायले भोटेकोशी बाढी पीडितको उद्वारकालागि भन्दै ११ लाख ११ हजार १११ रुपैंया प्रधानमन्त्री दैवि उद्वार कोषमा जम्मा गरेका छन् ।

उक्त दम्पतीले आफूले प्राप्त गरेका सम्मान एवम पुरस्कार तथा सञ्चालन गरिरहेका व्यवसायबाट सो रकम अर्थमन्त्री स्वर्णिम वाग्ले र सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुईका सांसद रमेश सापकोटाको समुपस्थितिमा आज विहीबार हस्तान्तरण गरेका हुन ।

‘नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा प्रतिभा सम्मान २०७८ बाट प्राप्त एक लाख, नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय (राष्ट्रपति महिला उत्थान कार्यक्रम) राष्ट्रपति महिला उद्यमी समुन्नती पुरस्कार २०८० बाट प्राप्त एक लाख, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा प्रतिभा सम्मान २०८१ बाट प्राप्त १ लाख, कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, सुर्खेतबाट उत्कृष्ट महिला उद्यमी सम्मान २०८२ बाट प्राप्त १ लाख गरी चार लाख रकम पुरस्कारबाट प्राप्त गरेका थियौँ ।’ युवा उद्यमी उपाध्यायले भनिन, ‘यसका अलावा भवानी छापाखाना सुर्खेतबाट ३ लाख ११ हजार १ सय १, गंगामाला ट्राभल्स एण्ड टुर्स प्रा.लि. सुर्खेतबाट १ लाख, युगआव्हान दैनिक÷अल्फा कम्यूनिकेशन कर्नरबाट १ लाख, रारा प्रिन्टिङ प्रेस प्रा.लि. कोहलपुरबाट १ लाख र एस मल्टि विजनेशन प्रालि. काठमाडौंबाट १ लाख गरि ११ लाख११ हजार १११ रुपैंया हस्तान्तरण गरेका हौँ ।’

को हुन हिमा ?

पत्रिका बिक्री गर्ने ‘हकर’ हिमा कसरी करोडौं लगानी गरेर उधोगपति बन्न सफल भइन् ? उनको संघर्षपूर्ण कथा धेरैका लागि प्रेरणादायक बन्न सक्छ । २०४७ चैत्र ११ गते सुर्खेतको कल्याण गाविस–८ मा जन्मिएकी हिमा कक्षामा सधैं प्रथम हुन्थिन् । कक्षामा प्रथम भएबापत उनले केही नगद पुरस्कार पाउने गर्थिन् । ‘२ कक्षामा प्रथम हुँदा मैले पुरस्कारबापत पाएको पैसाले घरमा भाले र एउटा पोथी कुखुरा किनेर पाले । आमाले घर खर्च चलाउन गाउँमा केरा संकलन गरेर बिक्री गर्नुहुन्थ्यो । स्कूल बिदाको दिनमा म पनि आमासँगै केरा संकलन गरेर घरदेखि ३ घण्टाको पैदल यात्रामा वीरेन्द्रनगर आएर बेच्थ्यौं,’ उनले बाल्यकाल सम्झिइन्, ‘केरा बेचेर नाफा भएको पैसा मेरो हातमा हुन्थ्यो, त्यो क्षणमा म धेरै खुशी हुन्थे । मनमनै सोच्थे – यो पैसा म जस्तै पैसा अभावले पढ्न नपाएका र दुःखीहरूलाई दिन पाए हुन्थ्योझै लाग्थ्यो ।’

प्राथमिक शिक्षा गाउँ नजिकैको स्कूलबाट पास गरेपनि बाँकी पढाइका लागि उनलाई सहज थिएन । घरदेखि ३ घण्टा टाढाको हिँडाइपछि मात्र माध्यामिक स्कूल पुग्नुपथ्र्यो । उनले दुःख कष्ट भोग्दै माध्यमिक शिक्षा हासिल गरिन् । गाउँमा एसएलसी पास गरेका कोही महिला उतिबेला रहेनछन् तर उनले भने एसएलसी पास गरिन् । एसएलसी परीक्षा सकिएपछि खाली समयको सदुपयोग गर्न खोलाको बालुवा संकलन गर्ने काम गरेको समेत उनले बताइन् ।

गाउँमा केरा संकलन गर्ने काम प्रभावकारी नभएपछि उनले झुप्रा खोलामा बालुवा संकलन गर्ने काम गर्न थालिन् । ‘खोलामा गएर वालुवा संकलन गर्दै उच्च शिक्षा पढ्ने सोच बनाएँ । बालुवा संकलन गर्ने काम यति गाह्रो थियो कि दिनभर बालुवा बनाएपछि साँझ त्यो हातले खाना खान त के, चम्चा समाउन सक्थेनँ तर बाध्यता दैनिक बालुवा संकलन नगरे उच्च शिक्षा पढ्ने सपना अधुरै हुने भएकाले काम गरिरहें,’ उनी सम्झिन्छिन्, ‘खोलामा मैले काम गरेको देख्दा मान्छे कानेखुशी गर्थे र भन्थे – नानी तिमी त यत्रो पढेको मान्छे किन यहाँ यसरी बालुवा बनाउन आएको ? जागिर खाए हुने नि ! बालुवा संकलन ग¥यो भने मात्र दैनिक हजार रुपैयाँ कमाइ हुन्थ्यो ।’

उनी जवान हुँदै जाँदा बिहे गर्न र फकाउन समेत धेरै आए तर पढाइका कारण वास्ता गरिनन् । पछि उनले २०६७ मंसिर २९ गते पारिवारिक सहमतिमै पुख्यौली घर जाजरकोट भई हालको वीरेन्द्रनगर–१० पदमपुर बस्ने पेशाले पत्रकारिता गर्ने दिपक कुमार बुढा क्षेत्रीसँग अन्तरजातीय विवाह गरिन् । दिनभर नकमाए साँझ भोकै बस्नुपर्ने अवस्था दिपकको पनि थियो । ‘विवाहपछि म सहकारीको फिल्ड प्रतिनिधिको रुपमा हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड लाटीकोइलीमा काम गर्थें, जसबाट आएको पैसाले ४ जनाको परिवारलाई पाल्न त के साँझबिहान खानसम्म पुग्दैनथ्यो, म सधै एक्लै रुन्थें । भोलि के खाने र खुवाउने ? के अब जिन्दगी यसरी नै चल्ला त भनेर सोच्थें,’ उनले भनिन्, ‘समय बित्दै गयो, दिन फेरिने छाँटसम्म थिएन । आफू त भोकै बस्न सकिन्थ्यो तर घरमा नन्द, देवरलाई के खुवाउनु ? कहिले चामल हुन्थ्यो, दाल हुन्थेन, दाल हुन्थ्यो, तेल हुन्थेन कतिदिन चल्ला यसरी लाग्थ्यो । जिन्दगीमा पेटभर खाने दिन कहिल्यै आउँदैन, कहिलेकाहीँ आमाले चामल, पिठो, दाउरा पठाइदिनुहुन्थ्यो । खाना त यस्तै थियो, जब कलेजको शुल्क, किताब, कपडा, चार्डबाड आउँथ्यो अभिसाप नै भएर आउँथ्यो । कति रात त दुवै बुढाबुढी रोएरै बसिदिन्थ्यौं ।’

श्रीमान्लाई ग्राफिक डिजाइन, टाइप, प्रिन्ट सम्बन्धीको काम आउँथ्यो । घर सल्लाह गरेर घरमै भएको कम्यूटरमा केही सरसामान जोडेर कम्प्यूटर डेक्सटप सुरु गर्ने योजना बनायौं । समय बित्दै जाँदा पत्रिका बिक्री गर्ने व्यवसाय शुरू गर्ने योजना बनाइएको हिमाले बताइन् । ‘२०६८ वैशाखदेखि अल्फा कम्युनिकेसन कर्नर नाममा फर्म दर्ता गरी राष्ट्रिय पत्रिका (कान्तिपुर, गोरखापत्र, नागरिक) को वितरण शुरू ग¥यौं । एकातिर मेरो सहकारीको जागिर, अर्कोतर्फ पत्रिका बिक्री गर्ने कार्य आफैंमा चुनौतीपूर्ण थियो । त्यसमा पनि महिलाले पत्रिका बोकेर घरघर पु¥याउन जाने अर्को चुनौती थियो,’ उनी भन्छिन्, ‘म त्यो गर्मीमा दिनभर साइकलमा पत्रिका बाँड्थें । सुर्खेतमा पत्रिका बाँड्ने पहिलो महिला सम्भवतः म नै थिएँ । एकातिर सहकारीको जागिर र एकातिर पत्रिका बाँड्नुपर्ने म बिहान सहकारीको पैसा उठाउन जान्थें अनि दिउँसो पत्रिका बाँड्न । पत्रिका बाँड्न जाँदा मलाई धेरैले खिल्ली उडाउँथे तर मलाई त्यसको कुनै पर्वाह थिएन । किनकि म काममा विश्वास राख्थे । बिस्तारै पत्रिकाको ग्राहक पनि बढ्दै गए र दिनमा १०–२० रुपैयाँ खुद्रा बिक्रीबाट पनि कमाउँथें ।’

नियमित सेवा राम्रो भएकाले साउनबाट पत्रिकाको माग बढ्यो । उनी नागरिक, कान्तिपुर, गोरखापत्र गरेर दिनमा ४५० पत्रिका बाँड्न थालिन् । उनको कमाइ बिस्तारै कोठा भाडा तिर्न सक्ने हुन थाल्यो । ‘राम्रो गर्नुपर्छ, केही नयाँ गर्नुपर्छ भनेर सधै नयाँ योजना बारे सोचिरहन्थ्यौं । पसल शुरू गरेको पनि बर्षदिन पुग्न थालेको थियो, अलि–अलि पैसा जम्मा गरेका थियौं । त्यसैले एउटा बाइक किन्ने, सहकारीको जागिर पनि छाड्ने र धेरै टाढासम्म बाइकमै पत्रिका बाँड्ने सोचका साथ बाइक किन्यौं,’ उनले भनिन् ।
यसैबीच हिमाको परिवारमा नयाँ योजना अगाडि बढ्यो । ‘नागरिक पत्रिकामा सुर्खेतको सबैभन्दा पुरानो छापाखाना भवानी छापाखाना बिक्रीमा भनेर विज्ञापन रहेछ । मेरो श्रीमान् गएर कुरा गर्नु भएछ । मूल्य १२ लाख भनेछन् । यत्रो पैसा त कहाँ पाउनु ? सोधी हेरेको पो भनेर वास्ता गर्नु भएनछ । केही दिनपछि कुरा गर्दा उहाँले मलाई सबै कुरा भन्नुभयो,’ उनले भनिन्, ‘१ वर्षभित्र पूरा रकम नबुझाएपछि दिएको पेश्की रकम पनि पच गराउने र छापाखाना पनि आफैं फिर्ता लिने गरी कागजी सहमति भयो । २०६९ साउन १ गतेबाट हामीले जिम्मा लियौं ।’

छापाखानामा हात हालेपछि हिमाको जिन्दगीले नयाँ मोड लियो । उनले छापाखानाको मेसिन चलाउन पनि सिकिन् । ‘धेरै दिनसम्म श्रीमानले रातिमा मेसिनको कालो पुछ्ने र मैले मेसिन चलाएर रातभर पत्रिका छाप्थ्यौं । नानी पेटमा ५ महिना हुँदासम्म मैले मेसिनमा काम गरें । अनि त कर्मचारीहरू पनि नियमित आउन थाले । नयाँ खालको व्यवस्थापन ग¥यौं छापाखानामा । महिलालाई नै व्यवस्थापनको प्रमुख बनाइदिएँ,’ उनले भनिन् । नयाँ कर्मचारी थप्दा पनि महिला कर्मचारी नै थपिन् उनले । व्यवसायिक यात्राका दौरान अझै पनि उनलाई के विश्वास छ भने महिलालाई दिएको जिम्मेवारी पुरुषलाई दिएको जिम्मेवारीभन्दा कयौं गुणा सफलतापूर्वक निर्वाह गर्न सक्छन् । ‘महिलालाई प्रमुख बनाएपछि व्यवस्थापन पक्ष बलियो भएको छ,’ उनले भनिन् ।

छापाखाना जिम्मा लिएको १ वर्ष पूरा नहुँदै ८ महिनामा २०६९ चैत्र मसान्तमा छापाखानाको सबै ऋण चुक्ता गरिएको उनले स्मरण गरिन् । त्यसपछि छापाखानाको पूर्ण स्वामित्व हिमाको नाममा आयो । २०७० असार मसान्तसम्म उनले अन्यत्रको सबै ऋण चुक्ता गर्न सफल भइन् ।
‘सबै ऋण तिरेको ७ महिनापछि २०७० माघमा एउटा नयाँ अफ्सेट प्रेस मेशिन ८ लाखमा थपें । व्यवसाय शुरू गरेको १३ वर्ष पुग्दैछ,’ उनले सम्झिइन्, ‘पत्रिका बिक्रीबाट शुरू भएको व्यवसाय छापाखाना साहुसम्म पुगेको छ । छापाखाना गरेको सबै सम्पत्ति जोड्दा अहिले झण्डै २५ करोडको लगानी पुगेको छ । छापाखाना प्रविधिमा आवश्यक पर्ने फोरकलर हाइडल मेसिन ३ वटा, ग्लु व्याण्डिङ, लेमिनेसन, वाइरो व्याण्डिङ जस्ता सबै खालका मेसिन सामाग्रीमा लगानी गरेको छु ।’ २०७१ सालमा वीरेन्द्रनगर औधोगिक क्षेत्रभित्र जग्गा भाडामा लिएर उधोगका मेसिनरी औजार तथा पूर्वाधारहरु तयार गरिएको थियो । वि.सं. २०७३ सालदेखी वीरेन्द्रनगर औधोगिक क्षेत्रभित्रबाट छापाखानाका सम्पूर्ण उत्पादन सुरु गरिएको थियो । हाल करिव ३ करोडको लागतमा अफिस र स्टोर भवन निर्माण सम्पन्न भएको छ ।

हिमाले २०७२ असोज १ गतेदेखि करीब ३० लाख रुपैयाँको लगानीमा जाजरकोटमा सिद्धिविनायक अफ्सेट प्रेस खोलेर सेवा विस्तार गरेकी थिइन । त्यसै वर्ष २०७६ असारदेखि डोल्पा सदरमुकाम दुनैमा समेत त्रिपुरासुन्दरी अफ्सेट प्रेस सञ्चालनमा ल्याइएको थियो । संघीयतापछि जाजरकोट सदरमुकामको छापाखानाको राम्रो व्यापार नभएपछि २०८० सालदेखी सोही मेसिन औजार कोहलपुर–११ एनटीभी रोडमा आफ्नै घरमा पश्चिम नेपालकै सबैभन्दा ठुलो जर्मन प्रविधिको २८ह४० साइजको हाइडल मेसिनसहित अन्य ४ वटा मेसिनबाट रारा प्रिन्टिङ प्रेसको नामबाट छापाखाना सञ्चालित छ ।’

२०६९ सालदेखि म व्यवसायमा आवद्ध भएर व्यवसायीक यात्रामा जोडिएको आज १५ बर्षभयो । मेरो उधोगका अहिले पनि मासिक सात हजारदेखि ६० हजार सम्म तलव लिने ५५ जना स्टाफ÷कर्मचारी रहेका छन् । हाम्रो विसी ग्रुप अन्तगरत रहेका २० वटा विभिन्न व्यवसायीक फर्महरुमा मात्रै करिव एक सय जनाभन्दा बढीलाई रोजगारी दिएका छौं । वीरेन्द्रनगर–६ बुद्धपथमा कार्यालय, वीरेन्द्रनगर औधोगिक क्षेत्र भित्र उधोग स्थापना गरिएको छ । छापाखाना व्यवसायमा मेरो अहिले २५ करोड लगानी भैसकेको छ । काठमाण्डौ, बुटवलपछि सबैभन्दा ठुलो लगानी र नयाँ प्रविधिका मेसिनसहित म एक महिला भएर पनि आँट र साहस गरेर छापाखाना व्यवसायमा विभिन्न चुनौतिहरुको सामना गर्दै अवसर र भविष्यको खोजिमा दौडिरहेको छु । आफ्नो सफलतामा श्रीमान्को मुख्य भूमिका, उत्साह र साथ रहेको उनले बताइन् ।

‘श्रीमान्ले युगआव्हान राष्ट्रिय दैनिक, गंगामाला ट्राभल्स एण्ड टुर्स प्रा.लि., भवानी अटो वर्कसप, सिद्धिविनायक आयल स्टोर, भवानी अर्डर सप्लायर्स जस्ता फर्मको कारोबार हेर्नुहुन्छ भने मैले भवानी छापाखाना, मेलिना कागज प्रशोधन उधोग, रारा प्रिन्टिङ प्रेस, अल्फा डिजिटल कलर प्रिन्टर्स जस्ता फर्महरुको कारोबार हेर्दै आएको छु ।’ हामीसंग रहेका झण्डै १९÷२० वटा व्यवसायीक फर्महरुको साझा विसी फाउण्डेशन ग्रुप सञ्चालनमा रहेको छ यसबाट हामी सामाजिक कार्यहरु गर्दै आएका छौं । बार्षिक आम्दानीको केही अंक सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक कार्य गर्दै आएका छौं ।
आगोमा आधा शरिर जलेर सिम्ताबाट प्रदेश अस्पताल उपचारमा ल्याइएको ७ बर्षिय बालक, कोहलपुरमा क्यान्सरबाट पीडित बालक, आर्थिक अभावमा स्टाफ नर्स पढ्न नपाएकी दलित किशोरीलाई नगद आर्थिक सहयोग गरिएको केही प्रतिनिधिमूलक सहयोग हुन । त्यसैगरी भूकम्प प्रभावित जाजरकोट जुनिचाँदे गा.पा.–१ सरस्वती प्राथमिक विद्यालयका १२५ जना बालबालिकालाई दुई लाख पचास हजार बराबरको न्यानो कपडा, शैक्षिक सामाग्री वितरण गरिएको थियो । आफूले माध्यमिक शिक्षा लिएको सरस्वती मावि कल्याणलाई उच्च मावि बनाउन उनले ५१ हजार १५१ रुपैयाँ आर्थिक सहयोग गरिन् । प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पताल बनाउन २५ हजार ५५५ रुपैयाँ र सुर्खेतमा सञ्चालित वृद्धाश्रमको ५ हजार रुपैयाँ सहयोग गरेर आजीवन सदस्य बनेको उनले बताइन् । सुर्खेतमा आएको बाढीका पीडित लगायतका थुप्रै ठाउँमा आर्थिक सहयोग गरेकी छन् उनले ।

देशभित्रै सम्भावनाको खोजी गर्दै १९ बर्षकै युवा अवस्थामा उच्च मावि र क्याम्पस तह पढ्दै व्यवसायको सुरुवात गरेकी थिइन हिमाले । व्यवसायमा आवद्ध भएको १५ बर्षमा व्यवसायका विभिन्न क्षेत्रमा कर्णाली प्रदेशमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छन् । २० हजारबाट सुरुभएको कम्प्यूटर डेक्सटप, पत्रिका विक्रि कर्नर अहिले जर्मनमा निर्मित अत्याधुनिक हाइडलवर्क फोरकलर, ट्राभल्समा सुविधासम्पन्न फोरह्वील गाडीसम्म पुगेको छ । छापाखानामा २५ करोड र अन्य व्यवसायिक क्षेत्रमा मात्रै १५ करोडबढीको लगानी भैसकेको छ । ‘गुडने–उड्ने–पढ्ने लेख्ने ः लाउने–खाने–हाँस्ने खेल्ने’ मुल मन्त्रलाई आत्मसाथ गरी व्यवसायका क्षेत्रमा चौतर्फी बृद्धि विकास गरिँदै लगिएको छ ।

गुडने–उड्ने ः– गंगामाला ट्राल्भस एण्ड टुर्स प्रा.लि. को माध्यमबाट जमिनमा गुडाउनेदेखी आकाशमा उडाउने सम्मका विभिन्न पर्यटकीय गतिविधिहरु एक दशकदेखी गरिँदै आएको छ ।
पढ्ने–लेख्ने ः सुर्खेतमा भवानी छापाखाना, कोहलपुरमा रारा प्रिन्टिङ प्रेसबाट शैक्षिक गतिविधिजन्य कार्यहरु गरिँदै आएको छ । आम सञ्चार माध्यम युगआव्हान राष्ट्रिय दैनिक तथा युगन्यूज मिडिया ग्रुप (युगन्युज डट कम, जब कर्णाली डट कम, टेण्डर कर्णाली डट कम, इबजार डट कम) माध्यमबाट पढ्ने, लेख्ने शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आइएको छ ।
लाउने–खाने ः कर्णाली प्रदेशको पहाडी जिल्लामा पाईने स्थानीय कच्चा पदार्थमा आधारित अल्लो, केरा, भाँगोमा आधारित रहेर गार्मेन्ट उधोगका लागि आवश्यक पर्ने कपडा उत्पादनको प्रारम्भिक चरण धागो उत्पादनमा अध्ययन–अनुसन्धान जारी छ संगै कपडा बुन्ने तान मेसिन खरिद गरी जडान गरिएको छ । केही समयमा त्यसले उधोगको रुप ग्रहण गर्नेछ । दाजु कर्ण बहादुर बुढाको स्वामित्वमा रहेको र विसी ग्रुपमा आवद्ध सामेल एग्रीकल्चर प्रा.लि. को माध्यमबाट दैनिक उपभोग्य तरकारी उत्पादनतर्फ अग्रसर हुँदै अत्याधुनिक टनेल प्रविधिमा आधारित व्यवसायीक तथा बेमौसमी तरकारी उत्पादनलाई अगाडी बढाइएको छ । भने हस्पिटालिटीको क्षेत्रमा प्रवेश गर्नका लागि अध्ययन भैरहेको छ ।
हाँस्ने–खेल्ने ः पर्यटकीय गतिविधिका साथै कला, साहित्य, गीत, संगितलाई थप व्यवसायीक बनाउँदै फनपार्क, चिल्ड्रेन पार्क जस्ता मनोरञ्जनका विभिन्न क्षेत्रमा पनि लगानीलाई विस्तार गर्ने आगामी योजना रहेको छ ।

पर्यटनतर्फ ट्राभल्स एण्ड टुर्सको क्षमता बृद्धि गरी देशभित्र र विदेशी देश बाहिरका पर्यटकलाई गुडाउने–उडाउने, यात्रादेखि बास, गासदेखि कपाससम्मको सुविधा उपलब्ध गराउने योजना छ । कर्णालीमै रहेका कच्चा पदार्थमा आधारित शुद्ध लोक्तामा आधारित नेपाली हातेकागज, अल्लो–केरा–बाँस–भाँगोबाट धागो उत्पादन गर्नका लागि उधोग स्थापना तथा सञ्चालन, बैकल्पिक शौर्य उर्जा, जलविद्युतका क्षेत्रमा लगानी गर्नुका साथै व्यवसायका विभिन्न क्षेत्रहरुको अध्ययन, अनुसन्धान पहिचान गरी बर्षेनी लगानी बढाउने, रोजगारीको सृजना गर्दै करिव एक हजार व्यक्तिलाई प्रत्येक्ष रोजगारी दिने र बार्षिक १०० करोड बढीको व्यवसायीक कारोबार गर्ने दिर्घकालिन योजना रहेको छ । विसी ग्रुप फाउण्डेशनलाई सामाजिक कार्य गर्ने गरी संस्थागत रुपमा अगाडी बढाउने र बार्षिक कमाईको केही प्रतिशत सामाजिक उत्तरदायित्वतर्फ सेवामूलक, मानविय सहायताका कार्य, सिमान्तकृत तथा जोखिममा रहेका महिला तथा बालबालिकाको क्षेत्रमा खर्च गर्ने मेरो सपना रहेको छ ।

अर्थमन्त्रीलाई जोडीले के दिए सुझाव ?

‘बजेटमा ल्याइएको औधोगिक क्षेत्रका उधोग÷प्रतिष्ठानहरुलाई उधोग परियोजना बैंक ऋण लगानीको स्पष्ट कार्यविधि नभएको हुँदा ऋण लगानीको अन्यौलता सृजना भएको, कार्यविधि बनाई कार्यान्वयन गरिनुपर्ने,, महिला उद्यमशिलता विकास कोषबाट परिचालित हुने महिला उद्यमशिलता कर्जाको सिमा एक करोड पुराउनुपर्ने र लगानीलाई प्रादेशिक सन्तुलन मिलाउनुपर्ने, स्थानीय तहमा घोषणा गरिएका औधोगिक ग्रामहरुलाई निजी साझेदारीमा सञ्चालन गर्नका लागि स्पष्ट कार्यविधि ल्याई परियोजना धितो ऋण लगानीको व्यवस्था गरिनुपर्ने, लामो समयदेखी रोकिएको बाँकेको लवस्ता÷बैजनाथ स्थित घोषणा गरिएको औद्योगिक क्षेत्र तत्काल सञ्चालनमा ल्याउनुपर्ने यसबाट (लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश) लाभान्वित हुने, सुर्खेतलाई केन्द्रीत गरेर कर्णालीका १० जिल्ला र सुदुरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा हुने हवाई उडानलाई सुर्खेत विमान स्थलबाट अनिवार्य र नियमित गराउनुपर्ने तथा सुर्खेत विमानस्थल विस्तार, सुधार गर्न आवश्यक छ ।’ बुढाले अर्थमन्त्री वाग्लेलाई दिएको सुझावबारे भने, ‘ कर्णालीका रैथाने ५ वटा बाली बाली कोदो, फापर, चिनो, कागुनो, मार्सिधान तथा कर्णालीका बहुमुल्य जडिबुटी खेती विस्तार गर्नका लागि उद्यमी, फर्मलाई आव्हान गरी लगानी वातावण बनाउने किसानको समूह, सहकारी, कम्पनी फर्मसंग जोडी जग्गा एकीकृत गरी खेती विस्तार गर्ने । सहुलियतपूर्ण कर्जा सम्बन्धीको कार्यविधिमा समेटने, जाजरकोटमा पाइने स्टोनलाई कच्चा पदार्थको रुपमा बाहिर चोरी निकासी भैरहेको छ त्यसलाई प्रशोसिङ गरेर विक्रि, निकासीको प्राव्धान दिने रोजगारी सृजना , सुर्खेत–कोहलपुर–नेपालगञ्ज सडक खण्ड चार लेनमा विस्तार सुधार । कर्णालीको रारा ताल र से फोक्सुण्डो तालसम्मको पहुँच मार्ग सडक सुधार तथा विस्तारमा गरिनुपर्ने, दैलेखको पेट्रोलियम पदार्थ उत्खनन, प्रशोधन र विक्रि वितरणका लागि आवश्यक सडक पूर्वाधार निर्माण पुरा गर्नुपर्ने देखिन्छ ।’

को हुन दिपक बुढा ?
मेरो बाल क्लव र अनुभव
नमस्कार, म दीपक कुमार बुढाक्षेत्री, वीरेन्द्रनगर–१२, एयरपोर्ट सुर्खेतमा बस्छु । उमेरले म ३२ बर्षको भएँ । मेरो परिवारमा आमा, एक भाई, श्रीमति, एक छोरी र एक छोरा हुनुहुन्छ । हाल बिसी ग्रुप फाउण्डेशन कर्णालीको अध्यक्ष, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश पूर्व सचिवको भूमिका निर्वाह गरेको थिए । मैले आफ्नै लगानी, मेहनत र परिश्रमबाट कर्णाली प्रदेशमै पहिलो राष्ट्रिय स्तरको पत्रिका युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशक तथा सम्पादकको जिम्मेवारीमा रहेर मिडिया उद्यम सञ्चालन गरिरहेको छु । म आफुलाई कर्णाली प्रदेशको एक सञ्चार उद्यमी भएको परिचय दिन चाहन्छु । सञ्चार क्षेत्रमा आएको पत्रिका वितरक (हकर) देखि मालिकसम्मको भूमिका निर्वाह गरेको अनुभवसहित सञ्चार उद्यम गर्न थालेको झण्डै १७ बर्ष भयो । मेरो पत्रकारिताको अभ्यास र सुरुवातको सम्पूर्ण श्रेय बाल क्लवलाई दिन चाहन्छु । नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय जर्वुटा गाग्रेताल सुर्खेत वि.सं. २०५९ सालमा कक्षा–६ मा पढ्दै गर्दा म पहिलो पटक बाल क्लवमा आवद्ध भएको थिएँ । समाज जागरण केन्द्र (स्याक) नेपाल मार्फत विद्यालय र समूदायमा बाल क्लव गठन गरिँदै आएको थियो । सोही समयमा साविक लाटीकोइली–९ पदमपुर हालको वीरेन्द्रनगर–१० पदमपुरको चौधरी गाउँमा पहिलो पटक म आफै अध्यक्षको जिम्मेवारी रहेर श्री टाईगर बाल क्लवको गठन गरि सञ्चालन गर्दै आएका थियौ । विशेष गरी बाल क्लवबाट हामीले समुदायमा बाल अधिकार, समुदायको सरसफाई, जुवातास–जाँडरक्सी नियन्त्रण, बालविवाह नियन्त्रणका विषयमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएका थियौ । विशेषगरी दशैंतिहार, नव बर्ष, चौधरी समुदायको महानपर्व माघी पर्वको अवसरमा गाउँ–समुदायमा रचनात्मक विभिन्न कार्यक्रमहरु हाम्रो क्लवले गर्दै आएको थियो । बालबालिकाको प्रतिभा प्रस्फुटन, हाजिरीजवाफ, नृत्य, लोकगित, कविता, फुटबल, भलिबल जस्ता प्रतियोगितात्मक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको थियो । सोही समयमा बाल भित्ते पत्रिकाको समेत अभ्यास सुरु भएको थियो । वि.सं. २०५९ देखि २०६४ सालसम्मनै म उक्त बाल क्लवको अध्यक्ष पदमा रहेर काम गरेको थिएँ । सोही समयमा तत्कालिन लाटीकोइली गाविस अन्तरगत रहेका ९ वटा वडाका झण्डै २५ वटा बाल क्लवहरुका गाविस स्तरिय सञ्जाल गठन गरिएको थियो । काँशिदेवु बाल नेटवर्क लाटीकोइलीको अध्यक्ष पदमा रहेर वि.स. २०६० देखि २०६२ सम्म जिम्मेवारी पुरा गरेको थिएँ । त्यसैगरी बाल क्लव, गाविस स्तरिय बाल सञ्जाल, इलाका स्तरिय बाल सञ्जाल हुँदै वि.सं. २०६२ देखि २०६४ सालसम्म जिल्ला बाल मञ्च सुर्खेतका सचिव र जिल्लाका सम्पूर्ण बाल क्लवका गतिविधि र बाल प्रतिभाहरु लिपिबद्ध गर्ने बाल दिप अर्धबार्षिक बुलेटिनको वि.सं. २०६३ देखि २०६५ सम्म सम्पादक पदमा रहेर जिम्मेवारी पुरा गरेको थिएँँ । तत्कालिन अवस्थामा द्धन्द्धको जरजर अवस्थाबाट मेरो परिवार पनि अछुतो रहन सकेन । द्धन्द्धरत पक्षबाट हामी विस्तापित भएर लेखपराजुल–१ मनिरामकाँडाबाट सुर्खेत भ्यालीमा आएका थियौं । परिवारमा आम्दानीको कुनै स्रोत थिएन ।

मासिक फि तिर्न नसकेपछि…
बुवाआमा गाउँमा खेती किसानी गर्नुहुन्थ्यो । विस्तापित भएर शहर पसेपछि हाम्रो परिवारको घर खर्च, दैनिकी, पढाई लेखाई खर्च महँगीयो । मेरो परिवारले बर्षभरीलाई अन्न जोहो गर्न अधिया (आधा–आधा) मा खेत रोप्न थाल्यौ । आमाले बदाम बेच्ने, मकै पोल्ने, गाउँबाट ल्याएर कुच्चो बेच्ने काम गरी दैनिकी चलाउँदै आएका थियौं । आर्थिक अभावमै उपचार खर्च जुटाउन नसकेर मेरो एउटा भाई उपचारकै क्रममा भेरी अञ्चल अस्पताल बाँकेमा गुमाउनु प¥यो । म कक्षा–८ मा पढ्दै थिए । भाईको उपचारमा खटिँदा पहिलो बर्ष पढाई बिग्रियो । दोस्रो बर्ष पढाईलाई निरन्तरता दिएँ । कक्षा–८ को जिल्ला स्तरिय परीक्षा थियो । सामुदायिक विद्यालय भएकाले मासिक फि कक्षा अनुसार फरक फरक मेरो रु. ८०।– बर्षभरीको रु.९६०।– रुपैयाँ विद्यालयलाई बुझाउनुपर्ने थियो । आर्थिक अवस्था कमजोर भएर मैले उक्त शुल्क बुझाउन सकिन । फि तिर्न नसकेपछि म कक्षा तेस्रो स्थानमा उत्तिर्ण हुँदा पनि मेरो नतिजा प्रकाशित नभएर त्यसमा खाली राखेर सबैको नतिजा विद्यालयले प्रकाशित गरेको थियो । ३ महिनासम्म पनि कुनै उपाय नलागेपछि म आवद्ध रहेको बाल क्लवमा चर्चा परिचर्चा सुरुभयो । विद्यालयमा चर्चा सुरु भयो । विद्यालयका प्रधानाध्यापक नेत्रमणी चालिसेले मेरा साथीभाई मार्फत खबर पठाउनुभयो । विद्यालय आउनु भनेर त्यसपछि म विद्यालय जान थालँे । मेरो कक्षाको फि र शैक्षिक सामाग्री जिल्ला बाल कल्याण समिति र त्यसका बाल कल्याण अधिकारी रमा भण्डारी, स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्यबाट समेत ठुलो सहयोग मिल्यो । आवाज संस्थाबाट पनि मासिक शुल्क बुझाउने गरी छात्रवृत्ति प्राप्त गरेर मैले पढाईलाई निरन्तरता दिएको संघर्षपूर्ण अनुभव छ । मैले बाल क्लवसंगै पढाईलाई समेत निरन्तता दिएँ । त्यस समयमा हुने विभिन्न बाल गीत, बक्तृत्वकला, हाजिरीजवाफ, नाटक प्रतियोगिताहरुमा सक्रियतापूर्वक सहभागि हुँदै संधै पुरस्कार प्राप्त गरेको थिएँ । त्यस समयमा पाएका करिव करिव १०० को हाराहारिमा प्रमाणपत्रहरु म संग अहिले पनि सुरक्षित रहेका छन् । वि.सं. २०६३ सालमा एसएलसी ७१ प्रतिशत अंक सहित उत्तिर्ण गर्न सफल भएँ । बाल क्लवले मेरो पढाईलाई बिगार्ने हैन नतिजा थप राम्रो बनायो । समकालिन साथीहरुमा प्रतिस्पर्धी बनायो । बोल्न सक्ने, लेख्न सक्ने क्षमता दियो । विभिन्न तालिम, गोष्ठी, जीवन सिकाईको अवसरहरु जुटायो । मेरो अहिलेको यात्रासम्म आई पुग्ने लक्ष्य, उद्देश्य निर्धारण गरी पुग्ने सहज बाटो बनाइदियो । आज म त्यही बाटोमा संघर्ष गरिरहेको छु । दौडिरहेको छु । सफलता वा असफलता त्यसको समिक्षा गरिरहेको छु । सम्भवत मलाई चिन्ने, जान्ने, बुझ्ने धेरै शुभेच्छुक, शुभचिन्तक, आफ्न्तहरुले सफल युवा, सफल व्यवसायी, सफल सञ्चार उद्यमी, सफल पत्रकारको रुपमा चर्चा गरेको पाउँछु । मलाई मेरो त्यो बाल क्वलप्रति श्रद्धा छ, सदभाव छ, माया छ, मेरो पेशा पत्रकारिताप्रति गर्भ छ ।

भित्ते पत्रिकाबाट सञ्चार उद्यमी
टाईगर बाल क्लव लाटीकोइली–९ पदमपुरबाट भित्ते पत्रिका प्रकाशनसंगै सुरु भएको मेरो पत्रकारिताको जग हो । हामी बालबालिकाहरुको प्रतिभालाई कलात्मक बनाउँदै भित्ते पत्रिका तयार गरेर समुदायका सबैले देख्ने गरी उपयुक्त सार्वजनिक स्थानहरुमा टाँस्ने गरिएको थियो । आवाज विहिनहरुको आवाज बन्ने, समुदायका गतिविधि बाहिर ल्याउने, अन्याय, अत्याचार, अनियमितता, भ्रष्टाचारलाई बाहिर ल्याउने एउटा सम्मानित पेशा पत्रकारिता भएको बुझाईसंगै पत्रकारिताप्रतिको मेरो रुचि, लगाव, क्रियाशिलता बढ्दै गएको थियो । बाल क्लवबाट समुदायमा गरिएका विभिन्न गतिविधिहरुलाई मैले आफै विवरण तयार गरेर रेडियो भेरी एफ.एम, बुलबुले एफ.एम., जागरण एफ.एम., पत्रिका काँक्रेविहार, लोकमञ्च दैनिकमा समाचार, फोटो दिने र समाचार छापिएर पत्रपत्रिका संकलन गर्ने, रेडियोमा नाम आएपछि फुरुङ्ग हुने बानि थियो । बालदिप अर्धबार्षिक बुलेटिनको सम्पादक भएपछि पत्रकारिताको अभ्यास गर्ने, सिक्ने अवसर मिलेको थियो । घरको आर्थिक अवस्था कम्जोर भएकाले एसएलसी पास गरेपछि आफ्नो पढाई खर्च जुटाउनका लागि पनि काम खोज्नै पर्ने बाध्यता थियो । त्यही समयमा सेभ द चिल्ड्रेन र स्याक नेपाल मार्फत ६ महिने मोटरसाइकल मर्मतको ६ महिने आवासिय तालिम सानोठिमी भक्तपुरबाट लिने अवसर मिलेको थियो । उक्त तालिमबाट फर्किपछि मैले करिव ३ महिना काठमाडौंबाट सुर्खेत आउने नयाँ पत्रिका दैनिकको वितरण भएर काम गरेँ । काम गर्दा गर्दै संयोगनै भन्नुपर्छ आफैले समाचारको विवरण र फोटोहरु दिँदै आएको लोकमञ्च दैनिकमा जागिर खुल्यो । आवेदन दिएँ । मासिक रु. १५००।– पारिश्रमिक पाउने गरी रिपोटर पदमा करारमा नियुक्ति पाएँ । यसरी मेरो पत्रकारिता पेशामा आवद्धता र सुरुवात भएको हो । पत्रकारिताको जागिर गर्दै गर्दा विभिन्न मिडिया हाउसमा आवद्ध भएर जिम्मेवारी निर्वाह गरेँ । २०६७ सालदेखि युगआव्हान दैनिक पत्रिकाको रिपोर्ट हुँदै हाल उक्त पत्रिकाको प्रकाशक÷सम्पादक (मालिक) बनेको छु । मेरो यो पत्रकारिता यात्राको १७ बर्ष पुगेको छ । यही समयमा हकर (पत्रिका) वितरकदेखि मालिक सम्मको अनुभव संगालेको छु । मेरो संस्थामा अहिले पनि हकरदेखि डेक्स सम्पादकसम्म करिव २२ जनालाई रोजगारी दिएको छु । व्यवसायका अन्य सबै क्षेत्रमा जोडदा ३० जनाभन्दा बढी युवाहरुलाई रोजगारी दिन सफल भएको छु ।

पत्रिका विक्रि गर्दै व्यवसायमा
युगआव्हान दैनिक पत्रिका र पत्रकारिता पेशासंगसंगै व्यवसायलाई समेत अगाडी बढाएको छु । वि.सं. २०६७ सालमा दर्ता भएको विज्ञापन संकलन गर्ने र काठमाडौंबाट आउने गोरखापत्र, नागरिक, कान्तिपुर दैनिक पत्रिका विक्रि गर्ने पहिलो व्यवसायीक फर्म अल्फा कम्यूनिकेशन कर्नर एण्ड बिज्ञापन एजेन्सी हो । त्यसपछि वि.सं. २०७१ सालमा गंगामाला ट्राभल्स एण्ड टुर्स प्रा.लि., भवानी अर्डर एण्ड सप्लायर्स, सिद्धि बिनायक आयल स्टोर, सिद्धि विनायक छापाखाना, रारा उर्जा विकास कम्पनी लगायत करिव १९ वटा फर्म सञ्चालनमा रहेका छन् । मैले सञ्चालन गरेका फर्महरुमा मात्रै ३० जनाबढीले रोजगारी पाएका छन् भने बार्षिक ५ करोडको हाराहारीमा कारोबार गर्दै आएको छु । परिवारका सबै सदस्यहरुलाई व्यवसायमा जोड्दै हामीले सामाजिक कार्य गर्नका लागि साझा संस्था विसी ग्रुप फाउण्डेशन समेत सञ्चालनमा ल्याएका छौं । फाउण्डेशनको म अध्यक्षको भूमिकामा रहेर विभिन्न सामाजिक कार्यहरु गरिँदै आएको छ । हाम्रो फाउण्डेशनमा आवद्ध रहेका फर्महरुले बार्षिक २५ करोड बढीको कारोबार गर्दै आएका छन् । हालै मात्र जुनिचाँदै गाउँपालिका–१ जाजरकोटको सरस्वती प्राथमिक विद्यालय बडकुलेका भूकम्प प्रभावित ११५ जनाभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री करिव २ लाख बराबरको वितरण गरिएको थियो । मलाई हिजोको बाल क्लव, आफ्नो कमजोर आर्थिक अवस्था र अभावबाट धेरै कुरा सिक्दै चरम अभावमा रहेका आजका बालबालिका भोलीका कर्णधारहरुलाई सानो सानो भएपनि सहयोग गर्ने इच्छा छ, रुची र सोही अनुसार बर्षेनी केहिन केही सामाजिक कार्य गर्दै आएको छु ।

उनको आगामी योजना
कर्णाली प्रदेशमा सञ्चार उद्यमलाई परिस्किृत व्यवस्थित, डिजिटल बनाउने अगाडी बढाउने छु । पर्यटनतर्फ ट्राभल्स एण्ड टुर्सको क्षमता बृद्धि गरी देशभित्र र बाहिर पर्यटकलाई गुडाउने–उडाउने, यात्रादेखि बास, गासदेखि कपाससम्मको सुविधा उपलब्ध गराउने योजना छ । कर्णालीमै रहेका कच्चा पदार्थमा आधारित उधोग स्थापना तथा सञ्चालन, बैकल्पिक शौर्य उर्जा, जलविधुतका क्षेत्रमा लगानी गर्नुका साथै व्यवसायका विभिन्न क्षेत्रहरुको अध्ययन, अनुसन्धान पहिचान गरी बर्षेनी लगानी बढाउने, रोजगारीको सृजना गर्दै करिव एक हजार व्यक्तिलाई प्रत्येक्ष रोजगारी दिने र बार्षिक एक अर्ब बढीको व्यवसायीक कारोबार गर्ने दिर्घकालिन योजना रहेको छ । विसी ग्रुप फाउण्डेशनलाई सामाजिक कार्य गर्ने गरी संस्थागत रुपमा अगाडी बढाउने र बार्षिक कमाईको केही प्रतिशत सामाजिक सेवामूलक कार्यमा, बालबालिकाको क्षेत्रमा खर्च गर्ने मेरो पसना रहेको छ । अबको १० बर्षभित्र व्यवसायीक क्षेत्रलाई संस्थागत, व्यवस्थित गरी सामाजिक सेवामा सक्रिय हुँदै पूर्णकालिन समाजसेवामा होमिने योजना रहेको छ ।

Previous Post

अन्तर्वार्ता

Next Post

भन्सार छली ल्याइएको ३ लाख ८० हजारको सामान बरामद

Next Post
भन्सार छली ल्याइएको ३ लाख ८० हजारको सामान बरामद

भन्सार छली ल्याइएको ३ लाख ८० हजारको सामान बरामद

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भन्सार छली ल्याइएको ३ लाख ८० हजारको सामान बरामद

भन्सार छली ल्याइएको ३ लाख ८० हजारको सामान बरामद

October 1, 2026
उद्यमी दम्पतीले दिए ११ लाख ११ हजार १११ रुपैयाँ

उद्यमी दम्पतीले दिए ११ लाख ११ हजार १११ रुपैयाँ

October 1, 2026
अन्तर्वार्ता

अन्तर्वार्ता

October 1, 2026
नेपाल प्रहरी : कार्यसम्पादन सम्झौता

रारा विजय सहकारीका बचतकर्तालाई १० दिनभित्र जाहेरी दिन प्रहरीको आग्रह

October 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version