For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, November 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कर प्रणालीलाई न्यायपूर्ण बनाउन जोड

byDainik Nepalgunj
November 18, 2026
in News, मुख्य समाचार
0 0
0
कर प्रणालीलाई न्यायपूर्ण बनाउन जोड
Share on FacebookShare on Twitter

राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र करदातामैत्री बनाउन राज्य तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । उनीहरूले करको दर बढाउनुभन्दा करको दायरा विस्तार गर्न, कर छली नियन्त्रण गर्न र सबै व्यवसायलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा आयोजित कर दिवस तथा कर सप्ताहको उद्घाटन कार्यक्रममा कार्यालयका प्रमुख एवं प्रमुख कर अधिकृत प्रेमप्रसाद उपाध्यायले व्यवसायीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै ग्रामिणस्तरमा सञ्चालित व्यवसायलाई थप व्यवस्थित र प्रशिक्षित बनाउनुपर्ने बताए । उनले अझै पनि धेरै व्यवसाय करको दायराबाहिर रहेको वा करको दायरामा आउन नचाहेको अवस्था रहेकाले व्यवसायका छाता संगठनहरूले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए । व्यवसायीहरूलाई कर प्रणालीप्रति थप सचेत गराउँदै सबै व्यवसायलाई औपचारिक अर्थतन्त्रमा समेट्नुपर्ने उनको भनाइ थियो ।

कर न्यायलाई गतिशील विषयका रूपमा व्याख्या गर्दै उपाध्यायले जनप्रतिनिधिमार्फत निर्धारण भएको कर प्रणालीलाई वित्तीय तथा संस्थागत रूपमा व्यवस्थित गरी कार्यान्वयन गर्नु पनि करप्रतिको न्याय भएको बताए । नागरिकले तिरेको कर सार्वजनिक सेवा, सुविधासहित पूर्वाधार विकासमा उचित रूपमा खर्च हुनुपर्ने उनको भनाइ थियो । ‘व्यवसाय जति समृद्ध, सबल र सुरक्षित हुन्छ, त्यसले राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भ निर्माणमा त्यति नै महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने, ‘व्यवसाय क्षेत्र र सरकार एकअर्काका परिपूरक हुन् । व्यवसाय फस्टाए मात्र कर प्रशासनले प्रभावकारी रूपमा राजस्व संकलन गर्न सक्छ ।’

उपाध्यायले कर प्रशासन र कानुन सुधारका लागि व्यवसायी तथा सरोकारवालाबाट प्राप्त रचनात्मक सुझावलाई स्वागत गर्ने बताउँदै सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले कर सप्ताह कर प्रशासन कति करदातामैत्री भएको छ भन्ने समीक्षा गर्ने र त्यसलाई थप करदातामैत्री बनाउने अवसर भएको बताए ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख एवं प्रमुख भन्सार अधिकृत राजेन्द्र बस्नेतले कर निर्धारणसम्बन्धी कानुनी व्यवस्था स्वेच्छिक रहेको उल्लेख गर्दै करदाता स्वयं पहिलो कर अधिकृत भएको बताए । करदाताले आफ्नो कारोबारको विवरणका आधारमा स्वयं कर निर्धारण गरी बुझाउने भएकाले इमानदारिता आवश्यक रहेको उनको भनाइ थियो । ‘कर कार्यालयले बुझाएको विवरण कानुनसम्मत छ कि छैन भनेर अनुगमन गर्ने मात्र हो,’ उनले भने, ‘त्यसैले करदाता इमानदार हुनुपर्छ ।’ उनले करको पहिलो आधार बिलबिजक भएकाले कारोबार गर्दा अनिवार्य रूपमा बिलबिजकको लेनदेन हुनुपर्नेमा जोड दिए ।

नेपाल लेखामान बोर्डका सदस्य अब्दुल करिम खाँले वास्तविक कारोबारभन्दा कम कारोबार देखाएर कर छली गर्न नहुने बताए । कर तिर्ने व्यवसायी पूर्ण रूपमा करको दायरामा आउनुपर्ने र दायराबाहिर रहेका व्यवसायलाई पनि समेट्नुपर्ने उनको भनाइ थियो । उनले कर प्रोत्साहन कार्यक्रम सञ्चालन भए पनि बिल लिने–दिने प्रवृत्ति अपेक्षाकृत रूपमा नबढेको उल्लेख गर्दै व्यवसायिक स्थलमा बिल लिनु र दिनुपर्नेबारे सूचना राख्नुपर्ने सुझाव दिए । कर छुटसम्बन्धी जानकारीसमेत व्यापक बनाउनुपर्ने उनले बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले करको दर बढाउनुभन्दा दायरा विस्तारमा ध्यान दिन सरकारलाई आग्रह गरे । कर तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीका पसलअगाडि नै दर्ताबिनाका व्यवसाय सञ्चालन हुँदा आफूहरू मारमा परेको उनको भनाइ थियो । ‘कर तिरेर व्यवसाय सञ्चालन गरेको पसलको अगाडि नै दर्ताबिनै सामान बिक्री हुँदा व्यवसायीलाई नोक्सान भएको छ,’ उनले भने । उनले घुमफिर गरी सामान बिक्री गर्ने व्यवसायीलाई पनि करको दायरामा ल्याउनुपर्ने र त्यस्ता व्यवसायका लागि निश्चित स्थान तोकिनुपर्ने बताए ।

संघले सबै व्यवसायीलाई करको दायरामा ल्याउन सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै कर सचेतना अभिवृद्धिका लागि बाँकेका आठवटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष ओलीले जानकारी दिए । कर तिर्नेलाई प्रोत्साहन र नियतवश कर छली गर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्नेमा पनि उनले जोड दिए ।

वक्ताहरूले कर सप्ताहले करप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै कर तिर्ने संस्कृतिको विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । करलाई राज्य सञ्चालन र विकास निर्माणको महत्वपूर्ण आधारका रूपमा आत्मसात् गर्दै नागरिकलाई करप्रति जिम्मेवार बनाउनुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा अडानका केन्द्रीय सचिव मोहम्मद जुबेर राई, आइक्यान बाँकेका अध्यक्ष प्रभञ्जन रेग्मी, अडानका अध्यक्ष भुवनप्रकाश गैरे तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कर अधिकृत किरण डाँगीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कर अधिकृत राजेन्द्रबहादुर खड्काले सहजीकरण गरेका थिए ।

त्यसअघि कर दिवसको अवसरमा सचेतनामूलक प्रभातफेरि निकालिएको थियो । आन्तरिक राजस्व कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरि बीपी चोक, धम्बोझी चोक, सेतु विक चोक, न्युरोड, त्रिभुवन चोक, चारबाहिनी चोक र गणेशमान चोक हुँदै पुनः कार्यालय परिसरमा पुगेर समापन भएको थियो । यस वर्ष ‘कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ मंसिर १ देखि ७ गतेसम्म राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइँदैछ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आन्तरिक राजस्व कार्यालय नेपालगन्जले मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गर्ने जनाएको छ । यसका साथै रक्तदानलगायत सचेतनामूलक तथा सामाजिक कार्यक्रमसमेत आयोजना गरिने कार्यालयले जनाएको छ ।

Previous Post

आजदेखि बाँकेमा पुनः लालपुर्जा वितरण सुरु हुँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर प्रणालीलाई न्यायपूर्ण बनाउन जोड

कर प्रणालीलाई न्यायपूर्ण बनाउन जोड

November 18, 2026
आजदेखि बाँकेमा पुनः लालपुर्जा वितरण सुरु हुँदै

आजदेखि बाँकेमा पुनः लालपुर्जा वितरण सुरु हुँदै

November 18, 2026
प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

November 18, 2026
प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

November 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version