For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Politics

माओवादी र कांग्रेसबीच देखिएको मतभेदको भित्री कारण के हो ?

byDainik Nepalgunj
March 2, 2024
in Politics
0 0
0
माओवादी र कांग्रेसबीच देखिएको मतभेदको भित्री कारण के हो ?
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

आलोपालो गरी पाँच वर्षसम्म सरकार सञ्चालन गर्ने सहमति गरेको सत्ता गठबन्धनका प्रमुख दुई घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पछिल्लो समय कतिपय विषयमा असमझदारी देखिएका विवरण बाहिर आएका छन् । कांग्रेस र माओवादीका कतिपय नेताबीच सार्वजनिक मञ्चमै एकअर्काप्रति आरोपप्रत्यारोप पनि चलिरहेको छ । विशेष गरी यही महिनाको अन्त्यमा हुने भनिएको राष्ट्रिय सभा अध्यक्ष चयनको विषयलाई लिएर दुई दलबीच विवाद देखिएको छ ।

माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दाबी अघि सारेपछि कांग्रेस नेताहरू झस्किएका बताइन्छ । “राष्ट्रिय सभामा सबैभन्दा धेरै सङ्ख्या माओवादीका सांसदहरूकै रहेको हुनाले अध्यक्षमा दाबी गर्ने कुरा अस्वाभाविक होइन, स्वाभाविकै हो,” माओवादीका महासचिव देव गुरुङले भने ।

हालै भएको निर्वाचनबाट राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको माओवादीका फागुन २० बाट सबैभन्दा धेरै १७ जना सांसद हुनेछन् । अहिले राष्ट्रिय सभा उपाध्यक्ष पनि माओवादीकै उर्मिला अर्याल छिन् ।

प्रचण्डले सिटौलालाई वचन दिएको कांग्रेसको दाबी

नेपाली कांग्रेसका महामन्त्री गगन थापा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने टुङ्गो लागेको बताउँछन् ।

“त्यो निधो भएको हुनाले मात्रै उहाँ राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार हुनुभएको हो । कांग्रेसभित्र पनि कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभामा गठबन्धनको समर्थन सहितको अध्यक्षको उम्मेदवार बनाउने कुरा नभएको भए उहाँ राष्ट्रिय सभा सदस्यकै उम्मेदवार नै हुनुहुन्नथ्यो,” उनले भने ।

उनी माओवादीले गरिसकेको “वाचा फेर्ने” मा आफूहरूलाई विश्वास नलागेको बताउँछन् । माओवादीका नेता गुरुङले कांग्रेसलाई राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्नेबारे पार्टीमा छलफल नभएको दाबी गरे ।

“अन्तरकुन्तर नेताहरूको बीचमा अनौपचारिक कुराकानी भएको भए त्यो अलग विषय भयो औपचारिक रूपले छलफल र निर्णय भएको छ भन्ने लाग्दैन,” उनले भने ।

दुवै दलभित्र गठबन्धनको विषय र सरकारको विषयमा प्रश्नहरू रहेको भए पनि त्यसले गठबन्धन नै भत्काउने किसिमको असर नपुर्‍याउने कांग्रेसको विश्वास रहेको थापा बताउँछन् ।

माओवादीका गुरुङ कांग्रेसको व्यवहारका कारण गठबन्धनमा अविश्वास देखिएको भए पनि सहकार्य टुट्ने हदसम्मको असमझदारी नरहेको बताउँछन् ।

“यहाँहरूका पनि गुनासो प्रशस्तै होलान् । सरकार सञ्चालन, मन्त्रिपरिषद् पुनर्गठन लगायतका थुप्रै विषय होलान् ती विषयमा खुलेर छलफल हुन्छ र हुनु पनि पर्छ । राष्ट्रिय सभा अध्यक्षको विषयमा तलमाथि हुने कुरालाई उहाँ आफैँले रोक्नुहुन्छ भन्ने मलाई विश्वास चाहिँ छ,” थापाले भने । थापाले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले सिटौलालाई अघि सार्ने तय भइसकेको बताए ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आउन बाँकी नै रहेका कारण माओवादी छलफलका लागि तयार रहेको महासचिव गुरुङको भनाइ छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाको कार्यकाल आगामी २० गतेबाट सकिँदै छ । राष्ट्रिय सभाले फागुन २९ गते नयाँ अध्यक्ष चयनका लागि निर्वाचन गर्ने तय गरेको छ ।

कांग्रेस महासमितिको छलफलले माओवादीमा आशङ्का

माओवादीले विशेष गरी हालै सम्पन्न भएको नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका प्रतिवेदनहरूमा आफ्नो दल जोडिएको १० वर्षे सशस्त्र द्वन्द्वबारे गरिएको भनिएको नकारात्मक टिप्पणीलाई लिएर कांग्रेससँग असन्तुष्टि व्यक्त गरिरहेको छ ।

“अहिलेको परिवर्तनको आधारभूमि र जग १० वर्षको महान् जनयुद्धलाई नकारात्मक रूपले लिने भनेको जनयुद्धको बलमा आएको परिणाम प्रतिको दृष्टिकोण के हो भन्ने प्रश्न उठ्ने किसिमले कतिपय प्रवृत्तिले देखा परेको छ,” माओवादीका महासचिव गुरुङ भन्छन् ।

“जनयुद्धको उपलब्धि र संयुक्त जनआन्दोलनको परिणाम स्वरूप प्राप्त भएको लोकतन्त्रको रक्षा गर्दै स्थिरता र स्थायित्वलाई कायम राख्नुपर्ने आवश्यकता अहिले हो ।”

माओवादीले कांग्रेस महासमिति बैठकमा प्रवेश पाएको हिन्दूराष्ट्रको विषयलाई लिएर पनि सत्ता साझेदार दलको गणतन्त्रप्रतिको प्रतिबद्धताबारे आशङ्का गरिरहेको महासचिव गुरुङले सङ्केत गरे ।

“कतिपय सोचहरू पछिल्लो समय राष्ट्रिय एकतालाई विखण्डन गर्ने प्रकारका बहुधार्मिक मुलुकमा धार्मिक एकता कायम गर्नुपर्ने बेलामा परम्परागत धार्मिक राज्यका कुराहरू पनि उठिरहेका छन्,” उनले भने ।

यद्यपि कांग्रेसका केही नेताहरूले उठाएको उक्त विषयले महासमिति बैठकमा उल्लेख्य महत्त्व नपाएको र त्यसबारे कुनै प्रस्ताव पारित नगरेको कांग्रेस नेताहरू बताउँछन् ।

माओवादीले महासमिति बैठकमा भएको छलफलको विषयबारे राखेको असन्तुष्टिबारे कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केही प्रभावशाली नेताहरूको बैठकमा पनि जानकारी गराएको विवरण आएका छन् । तर माओवादीले असन्तुष्टि जनाएका कारण प्रतिवेदन परिमार्जन गर्नेबारे कुनै छलफल नभएको थापा बताउँछन् ।

“अरू कसैलाई चित्त बुझाउन परिमार्जन गर्ने भन्ने कुरा त हुनै सक्दैन गर्नै हुन्न,” थापा भन्छन् ।

“माओवादीको हाम्रा बारेका सबै दृष्टिकोणमा हामी सहमत हुनै सक्दैनौँ । माओवादीको हिजोको इतिहास बारेका हामीले राखेका कतिपय कुरामा उहाँहरू सहमत हुन सक्नुहुन्छ । किनभने फरकफरक दलहरू हौँ । अझ एकअर्काविरुद्ध सङ्घर्ष गरेर आएका दलहरू हौँ ।”

मन्त्रालयको विषयले असन्तुष्टि चुलिएको हो ?

कांग्रेस महामन्त्री थापा दुई दलबीच असमझदारीको एउटा कारण छिटै हुने भनिएको मन्त्रिपरिषद् हेरफेर पनि रहेको बताउँछन् ।

“गठबन्धनको संस्कृति राम्रोसँग नचलेको हुँदा नेताहरूबीच मायाप्रेम भयो भने सबै कुरा ठिक भो । बिग्रियो भने सबै बिग्रियो भन्या जस्तै अहिले मन्त्रिमण्डल पुनर्गठन गर्ने नगर्ने भन्ने कुरामा नेताहरूको बीचमा केही समस्या भइरहेको मैले चाहिँ महसुस गरिरहेको छु,” थापाले भने ।

“यसलाई सीधा भन्न सक्दैनन् । यसलाई घुमाएर अनावश्यक सैद्धान्तिकीकरण गरिरहेका छन् ।”

कांग्रेस र माओवादीबीच मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गृह मन्त्रालय कुन दलले राख्ने विषयलाई लिएर मतभेद देखिएको कतिपयको दाबी छ ।

“कुन मन्त्रालय कसले लिने भन्नेबारे गम्भीर खालका मतभेदहरू छन् । ती गम्भीर मतभेद भएको हुनाले गर्दा बाहिर पोखिएको छ । त्यो नमिल्दासम्म रहिरहन्छ वा बढ्दै जान्छ भन्ने मलाई लाग्छ,” थापाले भने ।

माओवादी नेता गुरुङले सरकारको कामकारबाहीसँग जोडिएको विषय प्रधानमन्त्रीको व्यावहारिक विषय भएको बताए ।

“त्यो त्यति मुख्य विषय हो भन्ने त लाग्दैन । ती वैचारिक र नीतिगत विषयभन्दा पनि व्यावहारिक विषय हुन् भन्ने लाग्छ,” उनले भने ।

यद्यपि यो विषयले गठबन्धन टुट्ने जोखिम भने नरहेको नेताहरू बताउँछन् ।

“मलाई त्यहाँसम्म पुग्छ भन्ने लाग्दैन । किनभने यत्तिको तनाव र सङ्घर्ष झेल्न सक्ने अझै पनि आधारहरू म देख्छु,” कांग्रेस नेता थापाले भने ।

माओवादीका महासचिव गुरुङले पनि गठबन्धनको महत्त्व रहेको बताए ।

“यतिखेर सहमतीय राजनीतिको पक्षमा माओवादी भएको हुनाले राष्ट्रिय सहमति हुनुपर्छ भनेर निरन्तर रूपले राष्ट्रिय सहमतिको सरकार र संवैधानिक अङ्ग पनि पनि झनै राष्ट्रिय सहमतिबाट अघि बढ्नुपर्छ भन्ने मान्यता हो,” उनले भने ।

निर्वाचन आयोगले संविधानसभाका तत्कालीन अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन तय गरेको छ ।

इलाममा माओवादीले कांग्रेससँग गठबन्धन नगरी आफ्नै उम्मेदवार अघि सार्ने कतिपय नेताहरूले दाबी गर्दै आएका छन् ।

बाहिर चर्चा भए जस्तो इलाममा माओवादीले गठबन्धन नगरी आफ्नै उम्मेदवार अघि सार्ने निर्णय नभएको माओवादीका महासचिव गुरुङले बताए ।

कांग्रेस महामन्त्री थापा पनि निर्वाचनअघि गठबन्धन गर्ने विपक्षमा आफ्नो दल रहेका कारण माओवादीले आफ्नै उम्मेदवार उठाएको विषयलाई आफूले सकारात्मक रूपमा लिने बताउँछन् ।

-बिबिसी

Previous Post

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

Next Post

गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै ९ हजार महिलाको ज्यान गयो

Next Post
गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै ९ हजार महिलाको ज्यान गयो

गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै ९ हजार महिलाको ज्यान गयो

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

    संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

    August 16, 2025
    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    August 16, 2025
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version