For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

पूर्वाधार विकाससँगै सुगम बन्दै राप्ती सोनारी

byDainik Nepalgunj
May 25, 2024
in News, मुख्य समाचार
0 0
0
विपद् व्यवस्थापनबारे अध्ययन गर्न भियतनामी टोली राप्ती सोनारीमा
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पुरुषोत्तम सापकोटा

बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको राप्ती सोनारी गाउँपालिका पूर्वाधार विकाससँगै सुगम बन्दै गएको छ । हुलाकी सडक, खहरे खोलाहरुमा पुल निर्माण र कचनापुर–कम्दी सडकअन्तर्गत भित्री सडक निर्माण भएपछि राप्ती सोनारीका गाउँबस्ती अहिले सुगममा परिणत हुन थालेका छन् । भौगोलिक विकटताका कारण विकासमा पछाडि परेको राप्ती सोनारीमा अहिले धमाधम कालोपत्र सडक निर्माण भइरहेका छन् । फत्तेपुरदेखि अगैयासम्म जोड्ने हुलाकी सडक निर्माणले राप्ती सोनारीको विकासको ढोका खुलेको राप्ती सोनारी–२ का अगुवा रामदास थारुले बताउनुभयो ।

“राप्ती सोनारीका दुर्गम गाउँबस्तीमा फराकिला सडक बनेर सवारीसाधन गुड्लान भनेर धेरैले सोचेकै थिएनन्, पछिल्लो पाँच वर्षमा धेरै विकास भएको छ”, थारुले भन्नुभयो, “अहिले कचनापुर–कम्दीअन्तर्गत भित्री सडकसमेत पक्की भएपछि हरिहरपुर, टिकुलीपुर, माथेवास लगायतका गाउँबस्ती पनि सुगम भएका छन् ।” नौ वडा रहेको राप्ती सोनारीका चार वडा राप्ती नदी वारी र पाँच वडा राप्ती नदी पारी पर्दछन् । यसमध्ये वडा नं १ साविकको खासकुस्मा गाविसका बस्ती राप्ती नदीको वारी पारी दुवैतर्फ रहेका छन् । अहिले हुलाकी सडकले राप्ती पारीका वडा नं ३ र ४ बैजापुर, ५ बिनौना तथा ६ र ७ फत्तेपुरका गाउँबस्ती सुगम भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष मिनराज खड्काले बताउनुभयो ।

वडा नं ५ विनौना र वडा नं २ को मदुवाघाटमा पक्की पुल निर्माण भएपछि गाउँपालिकाको वारी पारीका बस्तीको सिधा सम्पर्क हुन थालेको छ । बिनौना चोकदेखि मदुवाघाट पुलहुँदै वडा नं ८ शम्शेरगञ्ज जोड्ने सडकमा कालोपत्र भइरहेको छ । कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत वडा नं ५ को बिनौना र वडा नं ४ मोरङ्गा खोलामा पक्की पुल बनेपछि सदरमुकाम नेपालगञ्ज आवागमनमा धेरै सहज भएको प्रवक्ता खड्काको भनाइ छ । अहिले राप्ती सोनारीको केन्द्रसम्म पुग्न धेरै वैकल्पिक पक्की सडक निर्माण भइरहेका छन् । जिल्लाकै करिब ४५ प्रतिशत भूभाग ओगटेको राप्ती सोनारीमा पूर्वाधार विकासलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनुभयो ।

“पहिला जनतालाई आवागमनमा सहजताका लागि सडक तथा पुल निर्माणमा जोड दिएका छौँ, लगातारको प्रयासले अहिले गाउँपालिकामा पक्की सडक बनिरहेका छन्”, गाउँपालिका अध्यक्ष पौडेलले भन्नुभयो, “गाउँपालिकाको बजेटले मात्रै पूर्वाधार विकास सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकार समक्ष योजना पेश गरेका छौँ ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बस्तीस्तरबाटै माग भएका पूर्वाधार विकासका योजनालाई प्राथमिकता दिँदै काम भइरहेको बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि निर्माणाधिन पक्की सडकका योजनालाई सम्पन्न गर्ने र केही नयाँ सडकसमेत कालोपत्र गर्ने गरी योजना निर्माण भइरहेको उहाँको भनाइ छ । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले राप्ती सोनारीवासीले मुलुक सङ्घीय संरचनामा गएपछि विकासको अनुभूति गर्न पाएको बताउनुभयो । जिल्लाकै दुर्गम क्षेत्रका रुपमा रहेको राप्ती सोनारीसहित नरैनापुरमा पूर्वाधार विकासलाई प्राथमिकताका साथ आगामी बजेटमा सडक र पुल तथा कल्भर्ट निर्माणका लागि योजना पेश गरेको उल्लेख गर्नुभयो ।

Previous Post

स्थापना दिवस मनाउदै माइती

Next Post

बाँकेका यादव लुम्बिनीमा मन्त्री

Next Post
बाँकेका यादव लुम्बिनीमा मन्त्री

बाँकेका यादव लुम्बिनीमा मन्त्री

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

    संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

    August 16, 2025
    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    August 16, 2025
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version