For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

आगलागीबाट पाँच वर्षमा साढे नौ अर्बको क्षति

byDainik Nepalgunj
May 10, 2024
in News, मुख्य समाचार
0 0
0
आगलागीबाट पाँच वर्षमा साढे नौ अर्बको क्षति
Share on FacebookShare on Twitter

आगलागीका कारण पछिल्लो पाँच वर्षमा रु साढे नौ अर्ब बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण(एनडिआरआएम)का अनुसार आगलागीका कारण बस्तीलगायतका संरचनामा क्षति पुग्दा रु नौ अर्ब ४७ करोड ४५ लाख ९३ हजार दुई सय २७ बराबरको आर्थिक क्षति भएको छ । विसं २०७७ देखि २०८१ को वैशाख दोस्रो सातासम्मको अवधिमा आगलागीका कारण उक्त क्षति भएको प्राधिकरणको भनाइ छ । सो आगलागीबाट चार सय २२ जनाले ज्यान गुमाएका छन् भने एक हजार सात सय छ जना घाइते भएका छन् ।

विसं २०८१ मा पाँच सय ६८ वटा आगलागीका घटनाबाट करिब रु ३१ करोड ७६ लाख बराबरको क्षति भएको छ । आगलागीका कारण १६ जानाले ज्यान गुमाइसकेका छन् भने ५२ जाना घाइते भएका छन् । यस वर्ष आगलागीबाट एक हजार ९४ घरपरिवार प्रभावित भएका छन् भने दुई सय २८ घरमा आंशिक र छ सय २८ घरमा पूर्ण क्षति भएको प्राधिकरणको तथ्याङ्क छ । साथै यस अवधिमा दुई सय ८२ गोठमा क्षति पुगेको छ भने चार सय पशु चौपायामा पनि क्षति पुगेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका लागि विसं २०८० मा चार हजार ४६ आगलागीका घटनामा करिब रु दुई अर्ब ५२ करोड बराबरको आर्थिक क्षति भएको छ । यस अवधिमा एक सय आठ जनाले ज्यान गुमाएका थिए भने पाँच सय चार घाइते भएका थिए । सो अवधिमा पाँच हजार एक सय १२ घरपरिवार प्रभावित भएका थिए । साथै पाँच सय ११ घरमा आंशिक र एक हजार ८३ घर पूर्णरुपमा क्षति पुगेको थियो । आठ सय ८६ गोठमा क्षति पुगेको दुई हजार एक सय ४८ पशु चौपाया क्षति भएको पाइएको छ । यस अवधिमा भने पाँच वर्षकै धेरै आगलागीका घटना भएको तथ्याङ्क छ ।

विसं २०७९ तीन हजार २४ वटा आगलागीका घटना भएकामा रु दुई अर्ब ५१ करोड बराबरको क्षति भएको थियो । सो अवधिमा भने एक सय नौ जनाको मृत्यु भएको थियो भने तीन सय ९२ जना घाइते भएका थिए । तीन हजार सात सय ३६ घर प्रभावित भएका थिए । साथै पाँच सय ८२ घर आंशिक र नौ सय ७६ घर पूर्णरुपमा क्षति पुगेको थियो । यस अवधिमा सात सय १८ गोठ र दुई हजार ८६ पशुचौपयामा क्षति पुगेको प्राधिकरणको भनाइ छ । यसैगरी विसं २०७८ मा भने दुई हजार छ सय ३१ वटा आगलागीका घटना हुँदा रु दुई अर्ब २६ करोड बराबरको क्षति हुँदा ९२ जनाले ज्यान गुमाएका छन् थिए भने तीन सय ७९ जना घाइते भएका थिए । यस अवधिमा आगलागीका कारण दुई हजार आठ सय ५७ घरपरिवार प्रभावित भएका थिए । साथै सात सय २५ घर आंशिक तथा सात सय ४९ घरमा पूर्णरुपमा क्षति पुगेको थियो । यस अवधिमा छ सय १३ गोठमा क्षति पुगेको र नौ सय ६८ पशु चौपयामा क्षति पुगेको थियो ।

विसं २०७७ मा दुई हजार छ सय ३१ वटा आगलागीका घटना भएकामा रु एक अर्ब ८५ करोड बराबरको क्षति पुगेको थियो । साथै ९७ जनाको मृत्यु भएको थियो भने तीन सय ७९ जना घाइते भएका थिए । यस अवधिमा तीन हजार चार सय २७ परिवार प्रभावित भएका थिए साथै छ सय ९५ घरमा आंशिक र एक हजार एक सय ३८ घरमा पूर्णरुपमा क्षति पुगेको थियो । प्राधिकरणको तथ्याङ्कअनुसार सात सय ९७ गोठमा क्षति पुगेको थियो भने एक हजार चार सय २८ पशु चौपायामा क्षति पुगेको छ । आगलागीजन्य विपद्बाट क्षतिग्रस्त निजी आवास मर्मत वा अस्थायी आवास अनुदानको व्यवस्था गरिएको छ । आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान वितरण कार्यविधि, २०७८ मा मर्मत वा अस्थायी आवासका लाभग्राहीले सम्झौताअनुसार काम सुरु गरेको अवस्थामा रु २५ हजार र कार्य सम्पन्न गरेको प्राविधिक जाँचपास प्रतिवेदनका आधारमा रु २५ हजार गरी जम्मा रु ५० हजार पाउने उल्लेख छ ।

आगलागीजन्य विपद्बाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण वा पुनःस्थापनाका लाभग्राहीले निजी आवास पनुःनिर्माण वा पुनःस्थापनाका लागि क्षतिको यथार्थ प्राविधिक मूल्याङ्कनका आधारमा हिमाली जिल्लामा बढीमा रु पाँच लाख, पहाडी जिल्लामा बढीमा रु चार लाख र तराईका जिल्लामा बढीमा रु तीन लाख गरी तीन किस्तामा पाउने कार्यविधि छ । सम्झौता हुनासाथ पहिलो किस्ताबापत रु ५० हजार, ‘प्लिन्थ लेभल’सम्म आवास निर्माण सम्पन्न गरिसकेपछि अनसूची–६ बमोजिम निर्माण सम्पन्न गरेको प्राविधिक जाँच प्रतिवेदनका आधारमा दोस्रो किस्ताबापत हिमाली जिल्लामा रु दुई लाख ५० हजार, पहाडी जिल्लामा रु दुई लाख र तराईका जिल्लामा रु एक लाख ५० हजार अनुदान पाउने कार्यविधिमा उल्लेख गरिएको छ ।

तर सरकारी निकाय वा संस्थाबाट अनुदान प्राप्त गर्ने गलत मनसायले जानाजानी वा लापरबाहीपूर्वक घर आगलागी गरेमा वा वन डढेलो वा आगलागीजन्य अन्य कार्य गरेको पाइएमा कुनै पनि अनुदान रकम उपलब्ध नहुनेसमेत कार्यविधि उल्लेख छ । कार्यविधिअनुसार जानाजानी वा लापरबाहीपूर्ण कार्य गर्नेलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलले हरेक वर्ष बढ्दो आगलागी तथा वन डढेलो न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी सञ्चार, तहगत प्रशिक्षण सहितका पहल गरिरहेको जानकारी दिनुभएको छ । “आगलागी नियन्त्रणका लागि हामीसँग भएका अग्नि नियन्त्रणका उपकरण पर्याप्त हुन नसक्दा प्रभावकारीरुपमा नियन्त्रणका गतिविधि सञ्चालन गर्न सकिरहेका छैनाँै”, उहाँले भन्नुभयो, “पर्याप्त बजेट अभावका कारण ती उपकरणहरु खरिद हुन सकेको छैन ।”

आगलागी र डढेलोको जोखिम कम गर्न आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री जिल्ला तथा स्थानीय तहलाई वितरण, सबैखालका सञ्चारमाध्यममार्फत सचेतनामूलक सामग्रीको प्रकाशन तथा प्रसारण, सरोकारवाला निकायसँग विपद् संवाद, तालिम सञ्चालन तथा स्व–अध्ययन सामग्रीको उपलब्धता, आवास गुमाएका नागरिकको उद्धार तथा तुलनात्मकरुपमा सुरक्षित आवास निर्माण गर्न अनुदान वितरणलगायतका कार्य गरेको पोखरेलले जानकारी दिनुभयो । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पनि बस्तीका आगलागीमध्ये विद्युत् ‘सर्ट’ हुनु, वन डढेलो बस्तीमा सर्नु, सतर्कता अपनाउन नसक्नुले गर्दा बस्तीमा आगलागी हुने गर्छ । “फुस तथा घरका छाना, काठका घर छन् भने घाना पकाउने क्रममा पनि आगलागी भएका घटना छन् । चाडपर्वमा बत्ती बालेर छोड्दा पनि आगलागीका घटना बढेको पाइएको छ”, उहाँले भन्नुभयो ।.

आगलागी नियन्त्रणका लागि दमकल र फयरपम्प पर्याप्त नहुँदा समस्या भएको उहाँको भनाइ छ । “दमकल एक सय ५८ वटा चालु अवस्थामा छन् भने २२ वटा बिग्रिएको अवस्थामा छन् र एक सय १४ वटा फायरपम्प स्थानीय तहमा वितरण भएका छन्”, उहाँले भन्नुभयो, “यी उपकरणहरु पर्याप्त छैनन् ।” आगलागी नियन्त्रणका दक्ष जनशक्ति नहुँदा पनि समस्या भइरहेको भन्दै भट्टराईले स्थानीय तहलाई पनि आगलागी नियन्त्रणसम्बन्धी तालिम आवश्यकता रहेकामा जोड दिनुभएको छ । प्राधिरकणका अनुसार यस वर्ष पनि वर्षा कम भएको र आगलागी तथा वन डढेलाका घटनाको जोखिम अधिक भएकाले पनि यसतर्फ प्राधिकरणले विशेष ध्यान दिएको छ । इसिमोड र वन तथा भू–संरक्षण विभागको साझेदारीमा डढेलो पहिचान तथा अनुगमन प्रणालीको प्रयोग गरी प्रत्येक दिन देशभर लागेको डढेलोको अनुगमन गर्ने व्यवस्था गरिएको छ । आगलागी र वन डढेलोको जोखिमको अवस्थाको जानकारी प्राप्त गरी सोहीअनुसार न्यूनीकरण तथा नियन्त्रणका कार्य सञ्चालन गर्न आगलागी तथा वन डढेलोसम्बन्धी ‘लाइभ’ जानकारी समेत दिँदै आइएको छ ।

Previous Post

आज अक्षय तृतीया मनाइँदै

Next Post

तोलामा रु दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

तोलामा रु दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

March 2, 2026
असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

March 2, 2026
बिष्टको शक्तिप्रदर्शन

बिष्टको शक्तिप्रदर्शन

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version