For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

byDainik Nepalgunj
June 7, 2026
in विचार
0 0
0
अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा
Share on FacebookShare on Twitter

‘अग्निस्पन्दन’ !

शीर्षक नै ज्वाला बनेर आएको छ । यो कविको हृदयभित्र बलिरहेको आगो मात्र नभई चेतना र प्रतिरोधको कम्पन पनि हो । यस सङ्ग्रहका कविताहरूमा कवि नारी अनुभूति, सामाजिक न्याय, प्रकृतिप्रेम, राजनीतिक चेतना र मानवीय करुणा एकसाथ प्रवाहित भएका छन् । यहाँ कवि कल्पना पौडेल जिज्ञासुले आफ्नो अनुभूति मात्र व्यक्त गरेकी छैनन्, अपितु समयका विविध प्रश्नसँग संवाद पनि गरेकी छन् ।

कवित्व र नारी आवाजको सम्बन्ध अत्यन्तै गहिरो विषय हो । एउटा पुरुषले लेख्ने नारी सरोकारको कविताले वाह्य नजरिया मात्र व्यक्त गरेको हुन्छ । अनुभूति, मनस्थिति र अभिव्यक्तिको स्तरमा नारी स्वयंबाट निस्केको आवाजको छुट्टै महत्व र गाम्भीर्य हुन्छ ।

काव्य परम्परामा “नारी स्वर“को तात्पर्य केवल नारीद्वारा लेखिएको साहित्य मात्र होइन । त्यहाँ करुणाको गहन उपस्थिति हुन्छ । प्रेम अत्यधिक सूक्ष्म र स्पर्शी हुन्छ । पीडाको स्फुटन भित्र गहिराइबाट भएको हुन्छ । नारीस्वरमा व्यक्त विरह, प्रतीक्षा, आह्वान, मौन र वेदनाको आवाजले पाठकलाई बढी द्रवित र उद्वेलित पार्छ ।

यस सङ्ग्रहमा कविले बडो सशक्तरूपमा आफ्नो समयको धड्कनलाई शब्दमा अनुवाद गरेकी छन् । उनका कविताहरूमा विद्रोह छ, तर विनाशको नभई परिवर्तनको । यहाँ करुणा पनि छ, किन्तु निरीहताको नभई मानवीय सहवेदनाको ।

सङ्ग्रहको आरम्भिक कविता ‘अग्निस्पन्दन’ नारी–अस्तित्वको शक्तिशाली उद्घोष हो । “म स्त्री हुँ, कमजोरीको द्योतक होइन” भन्ने भावले स्त्रीलाई दया वा निर्बलताको प्रतीक नभई परिवर्तनकारी शक्तिका रूपमा प्रस्तुत गर्दछ । यहाँ कवि सबल आवाजमा बोल्छिन्, “म अदृश्य ज्वाला हुँ“ । यो एक प्रकारले भयदायक नारी स्वर हो । यही विद्रोही स्वर ‘रक्तिम बिउ’, ‘देखिँदैनन् यी घाउहरू’ र ‘सीताको अग्निपरीक्षा’ जस्ता कविताहरूमा पनि विभिन्न रूपले अभिव्यक्त भएको छ ।

सामान्य व्यक्ति एउटा फूलबारीमा फूल मात्र देख्छ । परन्तु कविले त्यसमा सौन्दर्य, क्षणभङ्गुरता र प्रकृतिको रहस्य समेत देखिरहेको हुन्छ । एउटा साधारण मानिसले नीलो गनलाई आच्छादन गरेको सेतो या कालो बादल मात्र देख्छ । कवि त्यही बादलमा विरह, आशा या व्याकुलतालाई महसुस गरिरहेको हुन्छ ।

कल्पनाशील कवि कल्पनाले ‘मानिस र प्रकृति’, ‘नदीको डायरी’ र ‘माटोको सुवास’ जस्ता कविताहरूमा प्रकृतिसँगको आत्मीय सम्बन्ध कायम गरेकी छन् । उनमा पर्यावरणीय संवेदना छ । शब्द – शब्दमा भावनात्मक आकर्षणको अभिव्यक्त भएको छ । प्रकृतिलाई यहाँ केवल सौन्दर्यको विषय बनाइएको छैन, अपितु यसलाई मानवीय जीवन र सभ्यतासँग जोडेर हेर्ने प्रयास गरिएको छ ।
लेख्छिन्,
आऊ !
पहाडको फेदीमा हामी
झरनाको गीत गाऔं
पुतलीसँगै नाचेर
फूलका गीत र हिउँका कथा सुनौं
र बनाऔं अर्को नयाँ युग
यति सुन्दर भावको कविता विरलै पढ्न पाइन्छ ।

विद्रोह कविताको गहना हो । कवि केवल सुन्दरता, प्रेम या प्रकृतिको गायक मात्र होइन । यस सङ्ग्रहमा विद्रोहको नारीचेतना बहुतै प्रखर स्वरमा आएको छ ।
सामाजिक तथा राजनीतिक चेतनाका दृष्टिले ‘रगतको रेखा’, ‘कुर्सीको परीक्षा’, ‘को अपवित्र ?’ र ‘जातकी श्रीमती’ कविताहरू उल्लेखनीय छन् । यी कविताहरूले सत्ता, वर्ग, जात र सामाजिक विभेदमाथि ज्वलन्त प्रश्न उठाएका छन् । कवि कल्पनाको दृष्टि अन्यायप्रति आलोचनात्मक छ । तर त्यो नारा वा घोषणामा सीमित नभई काव्यात्मक संवेदनामार्फत व्यक्त भएको देखिन्छ ।
सुन !
मेरो गर्जन गोलाबारुदको हुँदैन
किनकि म रक्तिम चेतनाको रक्तिम बिउ हुँ …..( रक्तिम बिउ )
श्रम, सीप, जवानी चल्यो
पानी चलेन
आधुनिक युगले कुरीकुरी गर्दैछ
अति भयो
भो पुग्यो श्रीमान् ! ( जातकी श्रीमती )

कविको शक्ति नै अरूको दुःख र आँसुलाई आफ्नो बनाउनुमा हुन्छ । आँसुले केवल दुःखको सङ्केत गर्दैन । आँसु त कवि बोल्ने भाषा हो । जहाँ शब्दहरू समाप्त हुन्छन्, त्यहाँ कवित्वको भाव अक्सर आँसु या करुणा बनेर बगिदिन्छ ।

‘आमा ती हुन्’ कविता करुणामय पक्षको सुन्दर उदाहरण हो । यहाँ कल्पनाले आमाको मौनता र भित्री पीडालाई शिलाखण्ड र अदृश्य सरिताको विम्बमार्फत प्रस्तुत गरेकी छन् । त्यसै गरी ‘पवित्र साथ’ र ‘गुँड छाडेकी चरी’ जस्ता कविताहरूले समाजका पूर्वाग्रह र सम्बन्धमाथि लगाइने अनर्गल आरोपहरूको आलोचना गर्छन् ।
आक्षेप लागे
लोग्ने नामबाट आक्षेप
परिवार नामबाट आक्षेप
छोराछोरी नामबाट आक्षेप
इष्टमित्र नामबाट आक्षेप ( गुँड छाडेकी चरी )
हामीबीचको हाँगो
समाजले हेर्छ
आफ्नै शंकाको ऐनामा ( पवित्र साथ )

कल्पनाका कवितामा एक प्रकारको सामाजिक दायित्वबोध देखिन्छ । उनी केवल आफ्ना व्यक्तिगत अनुभूति मात्र लेख्दिनन्, अपितु उनी त समाजका सीमान्त आवाज, मौन पीडा र दबिएका प्रश्नहरूलाई पनि काव्यको केन्द्रमा ल्याउने प्रयास गर्छिन् । यी कविताहरू पढ्दा लाग्छ, कविको कलम केवल भावनाको माध्यम होइन, चेतनाको दीपक पनि हो ।

सङ्ग्रहका सबै कविता पठनीय छन् । पढ्दै जाँदा कहिँ पनि झर्को लाग्दैन । शैलीगतरूपमा कविताहरू मुक्त छन्दमा लेखिएका छन् । विम्ब र प्रतीकको प्रभावकारी प्रयोग भएको छ । कतै कतै केही भावहरू प्रत्यक्षरूपमा अभिव्यक्त भएको हुँदा काव्यात्मक सूक्ष्मतामा थोरै कमजोरी देखिन्छ । तर त्यो केवल शुद्ध सुनमा सुगन्ध नआए जस्तो मात्र हो ।

कविताको प्रमुख शक्ति नै स्पष्ट वैचारिक प्रतिबद्धता हो । संवेदनशीलता र पाठकसँग सीधा संवाद गर्ने क्षमता हो । समग्रमा ‘अग्निस्पन्दन’ समकालीन नेपाली समाजका विविध पक्षहरूलाई नारी चेतनाको दृष्टिबाट हेरिएको काव्यसङ्ग्रह हो ।
यसले प्रतिरोधको ज्वाला, प्रकृतिको सौन्दर्य, मातृत्वको करुणा र सामाजिक न्यायको आकांक्षालाई एउटै सूत्रमा गाँसेको छ । यसमा समाहित कविताहरूले पाठकलाई केवल भावुक मात्र बनाउँदैनन्, सोच्न र प्रश्न गर्न पनि बाध्य पार्छन् । यही विशेषताले नै कवि कल्पनालाई समकालीन नेपाली कविताको क्षेत्रमा अर्थपूर्ण स्थान प्रदान गरेको छ ।

Previous Post

नौबस्ता बाल सुधार गृहको भ्रमण र कानुनी परामर्श

Next Post

मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

Next Post
मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हुम्लाको बौल्यानामा खानेपानी समस्या

हुम्लाको बौल्यानामा खानेपानी समस्या

June 7, 2026
कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

कोहलपुर : कार्यालय सञ्चालन खर्च शत प्रतिशत वृद्धि

June 7, 2026
होटेल सिद्धार्थ नेपालगन्जको खाना अतिउत्तममा वर्गिकरण

होटेल सिद्धार्थ नेपालगन्जको खाना अतिउत्तममा वर्गिकरण

June 7, 2026
मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

June 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version