For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

जीवनको दौडसँग जोड्न पो म्याराथन

byDainik Nepalgunj
December 7, 2024
in विचार
0 0
0
जीवनको दौडसँग जोड्न पो म्याराथन
Share on FacebookShare on Twitter

नेपालगन्ज म्याराथनको दशौं संस्करण आज नेपालगन्जमा आयोजना हुँदैछ । यसको परिकल्पना किन, कसरी र के का लागि गरियो होला ? आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरी भन्छन्, ‘नेपालगन्ज म्याराथनले विश्वभर हाम्रो सहरलाई चिनाउँछ ।’ देशमा दौड संस्कृतिको विकास र विश्वभरका खेलाडीलाई नेपालगन्ज ल्याउने ठकुरीको सपना कसरी साकार होला ? यी र यस्तै प्रश्नहरू बीच एक दशकको म्याराथन यात्रा बितेको नेपालगन्जबासीले सायदै पत्तो पाए होलान् । ठकुरीको भनाइ छ, ‘नेपालगन्जबासीले अपनत्व लिएमात्रै म्याराथनले बिजारोपण गरेको सपनाले साकार स्वरूप ग्रहण गर्छ ।’ दैनिक नेपालगन्जका लागि प्रधानसम्पादक झलक गैरेले ठकुरीसँग गरेको संवादको अशं आजको विशेष ।

म्याराथन अन्तर्गत नै विभिन्न रनहरू स्थापित गर्न सकिए भने रनिङ कल्चर विकास हुन्छ र अन्तिममा नेपालगन्ज म्याराथन सफल हुन्छ भन्ने उद्देश्यले हामीले अन्य रनहरू गराइरहेका छौं ।

सहरलाई केले चिनाउँछ ?

सहरलाई चिनाउने अरु धेरै आयामहरू त होलान् अहिले संसारको प्याटर्न हेर्दाखेरि चाहिँ अहिले प्याटर्न हेर्दा चाहिँ इभेन्टहरूले पनि सहरलाई चिनाएर आकाश जस्तो लाग्छ ।

जस्तो मेसीले लामो समय बार्सिलोनाबाट खेले सुन्दाखेरि बार्सिलोना क्लबको नाम जस्तो लाग्छ तर त्यो सहरको नाम हो । अहिले सहरको नाम र क्लबको नाम पर्यायवाची जस्तै भयो ।

इभेन्टको कुरा गर्दा जस्तै काल फिल्म फेस्टिवल बर्लिन फिल्म फेस्टिवल वा भेनिस त्यो भनेको फेस्टिवलले उचाई लिँदै गयो र सहरको नाम लियो । यही हिसाबले हेर्दाखेरि म्याराथनमा पनि मैले त्यस्तै देख्छु ।

हुन त सहरको नाम पनि ठूलै होला तर ठूलो म्याराथन हुने म्याराथन हुने सहरको नाम संसारभरि चर्चित भएको पाउँछु मैले ।

नेपालगन्ज म्याराथनलाई त्यसरी नै सोचिरहेका हौँ ?

मलाई चाहिँ तीन चारवटा उद्देश्य लाग्छ । म काठमाडौँ पढ्दै गर्दा वा काम गर्दैगर्दा नेपालगन्ज प्रतिको आकर्षण त्यति धेरै देख्थिन । त्योबेला आफ्नो ठाउँ कसरी आकर्षित गर्ने भन्ने भन्दा इभेन्टले पनि गर्छ है भन्नेमा म कन्भिन्स थिएँ ।

मैले खेल पत्रकारिता गरिरहँदा इभेन्टले सहरलाई चिनाउँछ भन्ने मलाई लाग्थ्यो । र इभेन्टले धेरै मानिसलाई सहरप्रति आकर्षित गर्छ भनेर पनि म अगाडि बढेको हुँ ।

तर, नेपालगन्जमा रासनको जन्म हुनुमा अरु पनि कारण छन् । जस्तो हामीले यसलाई विशेष अवसर कहाँ निर पारेका छौं भने एकातिर देश १० वर्ष लामो दण्डबाट गुज्रियो त्यसले एउटा समाजमा अशान्ति थियो । २०६३ मङ्सिर ५ गते विद्रोही पक्ष र सरकार पक्षबीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर भयो । त्यो अवसर हामीले निकाल्यौँ । तर, त्योभन्दा यहाँलाई लाग्ला २०६३ मा पो शान्ति सम्झौता भएको थियो । तर, म्याराथनको यात्रा त २०७२ मा सुरु भयो । अर्को दोस्रो संविधानसभाले संविधान जारी गर्ने तरखर थियो । त्यो बेला जातीय भनौँ वा साम्प्रदायिक दङ्गा हुने खालको वातावरण थियो । विशेषगरी त्यो तराई क्षेत्र अझ भनौ नेपालगन्जमा त्यो अवस्था देखिन्थ्यो । हामीलाई लाग्यो समाज विभाजित भइरहेको छ । हामीले सबैलाई एक ठाउँमा ल्याउने के हो त माध्यम भनेर खोजी गर्यौ ।

र हामीले म्याराथनको यात्रा अब सुरु गर्नुपर्छ भनेर लाग्यो । पूर्वार्धमा जुन अशान्ति थियो त्यो बिस्तारै अवसानतिर गइरहेको थियो । २०७२ साल मङ्सिर ५ गते पहिलो वर्ष हामीले पिस म्याराथन भनेर सुरु गर्यौ । त्यसको उद्देश्य भनेकै सबै जातजाति सबै धर्म सबै पेशा सबै लिङ्ग सबैलाई एकै ठाउँमा ल्याउने म्याराथन एउटा विधा हो । सबैलाई एकै ठाउँ ल्याइदिन्छ र समान भूमिका दिन सक्छ म्याराथनले ।

म्याराथन भनेको सबैले आफ्नो मार्केटिङ ब्रान्डिङ निःशुल्क गर्न पायो । किनभने यो सडकमा खेलिने खेल हो । सबैले निःशुल्क दौडिन पायो ।

यसले कहिँ न कहीँ समाजलाई समाजमा रहेका विभिन्न पेशा व्यवसायीलाई आफ्नो विज्ञापन गर्ने थलोका रूपमा पनि विकास भयो । र त्यसले अपनत्व जगाउँछ । त्यही सोचले नेपालगन्जमा रथन आरम्भ गरेका थियो ।

जे सोचेर म्याराथन आयोजना गर्नुभएको थियो त्यही बाटोमा हुनुहुन्छ तपाईहरु आजसम्म आइपुग्दा ?

संसारभर म्याराथन आयोजनाको अभ्यास उस्तै उस्तै नै हो । पक्कै पनि हामीले १० वर्षको यात्राको कुरा गरिरहँदा कसरी यसलाई राम्रो बनाउने कसरी आकर्षित बनाउने कसरी यसमा अझै जोड्दै जाने विभिन्न आयामहरूले हेर्दै र परीक्षण पनि गर्दै आएका छौं ।

खुसीको कुरा पनि हो गौरव पनि लाग्छ व्यक्तिगत कुरा मात्रै पनि होइन यो सिंगो सहरको लागि खुशीको कुरा हो । एम्स जसले विश्वभरिको म्याराथनको अनुगमन गर्छ केही आफ्नो अनुभवहरू सेयरिङ गर्ने स्थान प्रदान गर्छ । त्यहाँबाट प्रमाणीकरण भएर नेपाली धावकहरू पहिलोपटक दौडिएको नेपालगन्ज म्याराथन नै हो । सँगसँगै पहिलोपटक विद्युतीय चिप्स संसारका सबै म्याराथनमा हुन्छ, तर नेपालमा थिएन त्यसरी विद्युतीय चिप्स लगाएर दौडिएको पहिलोपटक पनि नेपालगन्ज म्याराथन नै हो ।

कसरी हामी अन्तर्राष्ट्रिय म्याराथनहरुसँग जोडिने कसरी उनीहरूसँग नजिक हुने भन्ने क्रममा हामीले एम्समा आवेदन दियौं त्यो पनि स्वीकृत हुँदा नेपालगन्ज म्याराथन नेपालबाट पहिलो पूर्णकालीन सदस्यता प्राप्त गर्न सफल भयो ।

त्यसपछि संयोगले एम्सको झन्डै चार दशकको यात्रामा नेपालबाट प्रतिनिधित्व गर्ने सौभाग्य मैले नै थिएँ नेपालबाट नेपालगञ्ज म्याराथनबाट । सन् २०२२ मा जापानको ओसाकामा भएको एम्सको २३ औँ वर्ल्ड कङ्ग्रेसमा यसरी विश्व समुदायसँग सम्बन्ध जोड्ने क्रममा हामी छौं ।

एकातिर केही सिक्ने मौका पनि दिएको छ र त्यही नेटवर्किङले विभिन्न ठाउँहरूबाट हामीलाई निम्तो आउने र र सिक्नका लागि त्यस्ता प्लेटफर्महरू प्रयोग गरिँदै आएको छ ।

उसो भए विश्वका विभिन्न म्याराथनहरू हेर्दा हामी कहाँ पुगेका छौं ?

वास्तवमा भन्नुपर्दा हामी धेरै नै पछाडि छौँ । त्यसलाई मैले अन्यथा पनि लिँदैन । त्यसको विकासक्रमको क्रममा पनि हामी धेरै पछाडि छौँ । हाम्रो लोकतन्त्रको अभ्यासमा पनि हामी पछाडि छौँ । हाम्रो प्राथमिकीकरण के हो भन्ने विषयमा पनि हामी कताकता अल्मलिएका छौँ । हाम्रो प्राथमिकीकरणको क्षेत्र म्याराथन वा इभेन्ट वा सहरलाई चिनाउने कुरा अझै महत्वपूर्ण मानिएको छैन । तर हामीले नागरिक स्तरबाट गरेको पहल मात्रै हो ।

हामीले समाजलाई वा नागरिक अगुवाहरूलाई जगाउने प्रयास चाहिँ गरिरहेका छौं यसमा स्वयं मैले पनि बाहिर गएर केही कुरा सिक्ने र यहाँ आएर प्रयोग गर्ने प्रयास गरिरहेको छु । यसै क्रममा बढिरहेको छ यात्रा आशा छ नेपालगन्ज म्याराथन पनि अझै उचाइमा पुग्नेछ ।

बीचमा दुई तीनवटा कन्फ्रेन्सहरूमा मैले भाग लिने मौका पाएँ । जसले गर्दा एउटा सर्कल बन्यो । त्यसले गर्दा मैले नेपालको बारेमा भन्ने मौका पाइरहेको थिएँ । त्यसले संसारमा जसले लिड गरिरहेका छन् उनीहरूसँग घनिष्टता बढिरहेको थियो । मैले नेपालमा के गर्न सकिन्छ भनेर एउटा जिज्ञासा उहाँहरूसँग राखिरहन्थेँ । एम्सले आफ्ना सदस्य राष्ट्रहरूलाई आगामी वर्ल्ड कांग्रेस आयोजना गर्न इच्छुक हुनुहुन्छ कि भनेर सोधेको थियो । मैले पनि इमेल मार्फत पत्रचार गरेको थिएँ । केही सम्भावित आयोजकलाई छनोट गरिएको छ र तपाईहरुले आफ्नो प्रिजेन्टेसन लिएर आउनुस् भनेर भन्नुभयो । मैले त्यो सम्बन्धी प्रिजेन्टेसन भियतनाममा गरे झन््डै अढाई सय प्रतिनिधि सहभागी वल्ड कांग्रेसमा मैले नेपालको बारेमा भन्ने मौका पाएँ । र त्यसले उत्साहित नै बनाएको मैले महसुस गरेँ । अन्तिममा नर्वेको म्याराथन र नेपालको नेपालगञ्ज म्याराथन बीच भोटिङको हुने अवस्था बन्यो । नर्वेको ८७ मत हाम्रो झन्डै ६७ मत आयो । संसारका म्याराथनका प्रतिनिधिहरू ६७ जनाले नेपाललाई माया गर्नुभएको मैले महसुस गरेँ । नेपालप्रति चासो राख्ने पनि हुनुहुँदो रहेछ भनेर मलाई गर्व पनि लाग्यो खुसी पनि लाग्यो ।

नेपालगन्जले अपनत्व लिएन भनेर विकल्प त खोजिरहनुभएको छैन नि ?
त्यसमा दुईवटा कुरा छ एउटा चाहिँ हामीले त्यसलाई अभियानकै रुपमा लिएका हौँ । दशौँ म्याराथन सकिएपछि जिल्लामा त व्यापकै रुपमा गराउने सोचेका छौं । यही बीचमा सिद्धार्थ रन र बागेश्वरी रन भनेर हामीले पूर्णरुपमा सहयोग गर्यौ । हामीले अपेक्षा गरेको त दौड संस्कृतिको हो नि त । मानिस स्वस्थ हुनुपर्छ जीवनको दौडसँग जोड्न पो म्याराथन हो त ।
म्याराथन अन्तर्गत नै विभिन्न रनहरू स्थापित गर्न सकिए भने रनिङ कल्चर विकास हुन्छ र अन्तिममा नेपालगन्ज म्याराथन सफल हुन्छ भन्ने उद्देश्यले हामीले अन्य रनहरू गराइरहेका छौं ।
त्यसले भुई मान्छेसम्म म्याराथन जान्छ र र दौडको महत्व बुझाउन सकिन्छ । हाम्रो तर्फबाट गर्ने प्रयास चाहिँ गर्छौं हामी अब ।

कन्क्लेभले म्याराथनलाई सघाउँछ अथवा नयाँ ढंगले जान खोजेको हो?
यसमा दुईवटै पाटो छ । यसले नेपालगन्ज म्याराथनलाई सहयोग पुग्छ नै । पछिल्लो पुस्ता यो डिस्कोर्समा नरमाउने पुस्ता हामीले पाएका छौँ । त्यो चाहिँ डरलाग्दो कुरा हो । हामीले जति किताब पढ्थ्यौ पछिल्लो पुस्ताले पढ्दैन कि जस्तो लागिरहेको छ । र त्यही कुरालाई मध्यनजर गर्दै हामीले नेपालगन्जमा डिस्कोर्स नगर्ने त ? पढ्ने पढाउने सुनाउने एउटा फोरम किन विकास नगर्ने त भन्ने हिसाबले हामीले नेपालगन्ज डिस्कोर्स सुरु गरेका हौँ ।

दौडका थप इभेन्टहरुको अर्थ के हो ?
नेपालगन्ज नाइट रन राप्ती सोनारी नेचर रन गौघाट ग्रीनरन र साप्ताहिक रहन सुरु गरेका छौं । कर्णाली हाफ म्याराथन एउटा अर्को प्रदेशमा नेपालगन्जसँग जोड्नका लागि सुरु भइसकेको छ ।
नाइट रन हरेक वर्ष असोज ३ गते संविधान दिवसको दिन आगामी वर्षदेखि निरन्तर हुनेछ । नाइटसन एउटा नयाँ टेस्ट पनि भयो । हामीले आयोजना गरेको नाइट रन नेपालमै पहिलो हो ।
धावक जन्माउने एउटा प्रक्रिया हो । खेलाडी जन्माउने एउटा प्रक्रिया हो । हामीले चाहिँ एउटा खेलकुदको संस्कृति विकास गर्ने एउटा माध्यम म्याराथनलाई बनाएका छौं । रनिङ कल्चर गाउँँगाउँमा पु¥याउने बच्चाबच्चामा पु¥याउनेमा हामी लागिरहेका छौं । दौडमा आकर्षित हुँदा कुनै न कुनै रूपमा खेलतर्फ आकर्षित हुने प्रक्रिया सुरु हुन्छ । खेलमा दौड महत्वपूर्ण विधा हो । मलाई लाग्छ खेलमा दौड मान्छेको जीवनसँगै जोडिएको छ ।

अब कसरी अगाडी बढ्दै हो ?
अहिले विश्व विभिन्न समस्याबाट जुधिरहेको छ । चाहे त्यो प्रविधिको विकासले होस् चाहे विकासका नाममा विभिन्न विनाशहरू भएका हुन् विनाशका कारण जुन स्वास्थ्यमा प्रतिकूल अवस्था देखिरहेको छ नि त अहिले हरेक मान्छेहरू स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् नि त अहिले
अहिले बिरामी भएर अस्पताल पुग्दा अधिकांश चिकित्सकले भन्ने गरेको औषधि त लेख्दिन्छु तर बिहान उठ्ने हिँड्ने दौड्ने गर्नुस् । त्यो चाहिँ एउटा पर्यायवाची शब्द जस्तै बनेको छ । डाक्टरले भनेपछि तपाईं बाध्यात्मक रुपले हिँड्नुहुन्छ दौडाउनुहुन्छ भने त्यसलाई तपाईँले आफ्नो दैनिकीसँग किन नजोड्ने ? बच्चालाई सानैदेखि बताइदिने हो भने उ सानैदेखि सजक हुन्छ अलिकति । उसले आफूलाई अनुशासनको दायराभित्र ल्याउन प्रयास त गरिहाल्छ । एउटा पाटो त्यो भयो अर्कोतिर यो डिप्रेसन समस्याहरूबाट जोगिनका लागि पनि उसले आफूलाई दरिलो बनाउँछ यति आनन्द आउँछ कि मैले आफूलाई अनुभव गरिरहेको छु ।
नेपालगन्ज म्याराथनमा पैसाका कारणले कुनै पनि वञ्चित हुनु पर्दैन । पैसै नहुने मान्छेलाई पनि हामीले दौडमा सहभागी गराउने प्रतिबद्धता जनाउँछौं ।

Previous Post

नेपाालगन्ज म्याराथन एउटा सफल इभेन्ट

Next Post

किन दौडिन्छ मान्छे ?

Next Post
किन दौडिन्छ मान्छे ?

किन दौडिन्छ मान्छे ?

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version