For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

किन दौडिन्छ मान्छे ?

byDainik Nepalgunj
December 7, 2024
in विचार
0 0
0
किन दौडिन्छ मान्छे ?
Share on FacebookShare on Twitter

निशु जोशी

किन दौडिन्छ मान्छे ? यो प्रश्नमा नेपालगन्ज कन्क्लेभमा शुुक्रबार एक घण्टा बढी बहस भयो । नेपालगन्ज म्याराथनको अवसरमा नेपालगन्ज कन्क्लेभका व्यानरमा गतवर्षदेखि बौद्धिक बहस भइरहेको छ ।

विगत एक दशकदेखि नेपालगन्ज म्याराथनमा खेलाडीहरु दौडिरहेका थिए । किन बौद्धिक वर्ग पनि दौडनु परेको होला ? पार्किन्सनबाट पीडित भएका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ हिड्न नसक्ने अवस्थामा पनि नेपालगन्ज आएर आफ्नो अनुभव किन बाड्नु परेको होला ? जबकी उनका दर्जनौ अन्तर्वार्ताहरु युट्युबमा छन् । आफ्नो व्यक्तिगत जीवनमा दौडिरहेका दर्जन बढी साहित्यकार, कलाकार, समाजसेवी, राजनीतिककर्मी, खेलाडी लगायत किन दौडिदै नेपालगन्ज आउनुपरेको होला यो चिसोमा ? यी प्रश्न तपाईसंग पनि छन् होला ।

दार्शनिक दृष्टिकोणबाट हेर्दा, दौड केवल शारीरिक गतिविधि मात्र होइन, यो जीवनको प्रतिकात्मक पनि हो । व्यक्तिको बुझाई, भोगाईले दौडको परिभाषा व्यक्ति पिच्छे फरक छ । खेल र स्वास्थ्यका लागि मात्र नभइ जीवनका उद्देश्यलाई प्राप्त गर्नका लागि पनि दौडको आवश्यक्ता पर्छ ।

शुक्रबारको बहसमा ओलम्पियन सन्तोषी श्रेष्ठले व्यक्तिगत जीवनमा ओलम्पियन बन्ने दौड पुरा भएपछि समाजका लागि अरुलाई प्रेरित गर्ने दौडमा रहेको बताइन् । उनको कुराले बताउँछ कि मानिसहरु निजी जीवनसंगै समाजका लागि पनि दौडने रहेछन् । पहिले मानिस आफ्ना लागि दौडने रहेछ । आफ्नो निश्चित लक्ष्यमा पुगेपछि समाजका लागि पनि दौडिन चाहने रहेछ ।

मिस नेपाल वल्ड २०२४ आश्मा केसीको पनि यस्तै अनुभव थियो । आफ्नो लागि दौडिएकी उनी मिस नेपाल भइसकेपछि देश चिनाउछु भनेर दौडमा रहेको बताइन् ।

व्यक्ति र समय अनुसार दौडको माध्याम पनि बदलिदै जाने रहेछ । कुनै समय सिनेमामा दौडिरहेका निर्देशक मनोज पण्डित फेरि राजनीतिमा दौडिएको अनुभव पनि बहसमा सुनियो । यो रोचक र वौद्धिक बहस दैनिक नेपालगन्ज आधिकारिक फेसबुक पेजमा हेर्न÷सुन्न सकिन्छ । यहाँ मेरो दृष्टिकोणको दौडलाई लेख्दैछु ।

सन्तान जन्मिएपछि मेरो जीवन घरको कोठाभित्र कैद भयो । विहान देखि साँझसम्म काम काम भनेर दौडिने मैले डेढ वर्ष भइसक्दा समेत राम्ररी दौड्न पाएको छैन । सधै दौडिरहने मान्छेलाई जब कोठाभित्रको संसारमा बाँच्नुपर्ने हुन्छ । त्यतिबेला बल्ल दौडको महत्व थाह हुने रहेछ ।

पहाडमा जंगल घुमेकाहरु, गाँउमा बस्ती चहारेका अभिभावकहरु सहरमा सन्तानले बनाएका आलिसान पक्की महलभित्र किन बस्न चाहदैनन् ? किनकी उनीहरुको फराकिलो दौड साँघुरिएर रहेछ । उनीहरुले चाहे अनुसार दौडन नपाएर रहेछ । दौडमा देखिने, भेटिने प्रकृति वा मानिसको जीवनले धेरै सिक्ने अवसर दिन्छ ।

केहि समयअघि नेपालगन्जको व्यस्त भिडभाड हुने, मानिसहरु दौडिरहने ठाँउ धम्बोझी लगायतका केहि स्थानहरुमा खोज आफैमा…भन्दै कुनै चित्रकार दौडिरह्यो । यसलाई हेर्ने फुर्सद पनि ति अधिकांश दौडिरहेका मानिसहरुलाई भएन सायद ।

कुनै बस्तुलाई झट्ट हेरेर धारणा बनाउनु र उसको गहिराईलाई बुझेर धारणा बनाउनुमा फरक भएजस्तै दौडको गहिराई बुझ्नलाई जीवन बुझ्न जरुरी छ । जीवनमा व्यक्ति, सामाज, राज्य, संस्कृति, इतिहास सबथोक हुन्छ । हाम्र्रो कुन चस्माले दौडलाई हेर्ने भन्ने हो । यहाँ मेरो चस्माबाट जीवनको दौड देखाउने प्रयत्न गरेको छु ।

केहि दिन अघि बर्दिया जाँदै गर्दा मेरो छेउमा एकजना अधबैशे उमेरकी आमा यात्रा गर्दै थिइन् । मानिसहरुको जीवन, अनुभवमा चासो राख्ने भएकाले मउनीसंग कुरा गर्न दौडिएँ । मैले उनलाई दौडाउन प्रेरित गरे या उनी आफै दौडिन् थाहा भएन । जे होस् उनी मसंगै दौडिन् । सवारी चालकले दौडाइरहेका हामी त्यो दौडाईभित्र पनि मसिनो गरि व्यक्तिगत रुपमा दौडिन सुरु गरयौँ ।

उनले भारतमा सेफको काममा दौडिरहेका छोराका बारेमा बताइन् । विहे भइसकेकी छोरीको बारेमा बताइन् । आफु नेपालगन्जमा ज्यालामा काम गर्न दौडिएको तर छोराले काम नगर्न भनेपछि बर्दिया घरमै बस्न नेपालगन्जमा भएको डेराबाट सामान सारिएको समेत बताइन् । भागदौड भइरहेको उनको जीवनमा कोरोनाकालले विश्राम दियो । यस दौडानमा उनको जीवनको दौडमा संगै दौडिरहेका उनका श्रीमानलेसाथ छोडिदिए । अब उनी गाँउमा भएको घरमा एक्लै बस्नुपर्ने भयो ।

उनको पीडालाई स्मरण गरेपछि हामीले पनि कुराकानीको दौडलाई विश्राम दियौँ । जीवनमा निरन्तर दौडने क्रममा कहिलेकाहि हामी थाक्छौं, यो अवस्थामा विश्राम लिनु भनेको हार मान्नु होइन, बरु नयाँ ऊर्जा संकलन गर्नु हो । दौड एक आत्म–समर्पण र आत्म–खोजको अभ्यास पनि हो । जब हामी दौडन्छौं, हाम्रो मन र शरीरको सीमाहरूसँग जुध्छौं, र अन्ततः आफ्नो क्षमताको वास्तविक स्वरूप पत्ता लगाउँछौं । तसर्थ, दौडनु भनेको जीवनलाई एक नयाँ आयामबाट बुझ्ने एउटा मार्ग पनि हो ।

मानिस किन दौडिन्छ भन्ने कुरा जीवनका भौतिक, मानसिक, र दार्शनिक पक्षहरूसँग जोडिएको छ । आफ्नो दौडलाई अघि बढाउन हामीले प्रसंग बदल्यौँ । मसंग यात्रा गरिरहेकि ति आमाले एक छिमेकिको कथा सुनाइन् । दुई वर्षको बच्चा छोडेर एकजना युवतिले आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको प्रसंग सुनाइन् । ति युवति शिक्षिका थिइन् । उनका श्रीमान घरबाहिर सायद मैले सम्झे अनुसार भारतमा जागिर गर्थे । बच्चा सम्हाल्नु, घरको काम गर्नु र शिक्षिकाको पेशा सम्हाल्ने जिम्मेवारी उनी एक्लैका लागि भारी थियो । यो समयको दौडमा भोग्ने डिप्रेसन, तनाव, पीडासहितको यो भारीको तौल आमा बनिसकेका महिलाहरुले सहजै महसुस गर्न सक्छन् । किनकी उनीहरु सबै यो अवस्थाबाट गुज्रिसकेका हुन्छन् ।

यो भारीमाथि श्रीमानबाट माया नपाउँदा झन भार थपिएको महसुुस भएको कुरा बारबार सुनाएकी उनले श्रीमानको परिवारबाट साथ नपाएको पनि बताएकी रहेछन् । यसले उनको मानसिक स्वास्थ्य अवस्था राम्रो नभएको बुझ्न सकिन्छ । यसले बताउछ कि दोैडनका लागि स्वास्थ्य अवस्था पनि राम्रो हुनुपर्छ ।

मृत्युपछि उनको कसैसंग प्रेम भएको भनेर गाउँलेले हल्ला चलाए । यसमा सत्यता भएको भए उनले दौड्न रोकिने निर्णय गर्थिनन् भन्ने मलाई लाग्छ । प्रेमले संसारका सबै प्राणीलाई बाँच्न, दौड्न उत्प्रेरित गर्छ ।

प्राचीन समयमा, मानिस शिकार गर्ने र आफैंलाई सुरक्षित राख्ने उद्देश्यले दौडन्थ्यो । त्यसपश्चात परिवार, घर, कबिला, समाज बनाउदै देश बनाउन दौडियो । जीवनयापनका लागि दौड्नु उसको अस्तित्वको आधार थियो। यो आदिम प्रवृत्ति आज पनि मानिसको जीवनशैलीमा झल्किन्छ। मानिस दौडन्छ किनभने उसलाई आफ्नो लक्ष्य, सपना, वा उद्देश्यसम्म पुग्नुछ । दौडने क्रियाले उसलाई उर्जा र प्रगतिको अनुभव गराउँछ । मानिस आफ्नो शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्न दौड्छ । दौडने क्रममा उत्पन्न हुने रासायनिक प्रतिक्रियाले खुसी र सन्तोषको भावना पैदा गर्छ । यसले आत्मविश्वास र मनोबल बढाउन मद्दत गर्छ । त्यसैले पनि दौडनुपर्छ, हिड्नुपर्छ ।

सार्वजनिक गाडीमा यात्रा गरिरहेकी ति आमाको जीवनमा आत्मविश्वास बढाउने, खुसी र सन्तोषको भावना पैदा गर्ने तत्वहरुबारे ध्यान मोडेँ । किनकी हामी अहिलेसम्म दुःखको कथामा यात्रा गरिरहेका थियौँ । यसले निराशा, दुःखी र कमजोर महसुस भएको थियो ।

केहि बेरपछि उनले आफूलाई असाध्यै माया गर्ने अमाजु, उनका परिवारबारे बताइन् । उनीहरु आफूलाई भेट्न गिफ्ट लिएर नियमित उनको घर आउने बताइन् । यसले हाम्रो कुराकानीको दौडमा स्पीड थप्यो । श्रीमानले छोडेर गएपछि गाउँमा भएका युवतिहरु पनि आफ्नो घरमा जम्मा हुने, साँझको खानपान संगै गर्ने र जहाँ जाँदा पनि आफूलाई साथमा लिने गरेको बताइन् । उनी उत्साहित भएर आफ्नो कथा सुनाउन दौडिन् । कहिलेकाहि यी केटीहरुसंग म बुढी किन दौडिएको होला भनेर सोच्ने गरेको पनि बताइन् । व्यक्तिलाई दौडनका लागि समाजले पनि उत्प्रेरित गर्ने उदाहरणका रुपमा यसलाई लिन सकिन्छ । किनकी उनी कसैसंग नबोलेरै एक्लै घरभित्र खुम्चिएको भए, ती युवतिहरुले साथ नदिएको भए उनले पनि दौडन रोक्न सक्थिन् । एक्लै बस्दा आत्महत्या गर्ने भावना आएको पनि उनैले सुनाएकी थिइन् ।

यसबाट पनि हिड्नु, दौडनु, विश्राम गर्नु र फेरि दौडनु जीवनमा कति महत्वपुर्ण छ भन्ने प्रष्ट हुन्छ । दौडनु स्वतन्त्रताको अनुभूति पनि हो । यसले समाज र प्रकृतिसँग जोड्छ । गाडीभित्रबाट दौडिरहेको संसार हेर्न मात्र सकिन्छ । त्यसलाई महसुस गर्न पैदल हिड्नुपर्छ ।

नेपालगन्जको एक्लैनीभित्र पसेपछि त्यहाँको हावामा मसलाको सुगन्ध महसुस गर्न सकिन्छ । कुनै चोक गल्लीमा जाँदा त्यहाँको भिड सुन्न, गन्ध सुग्न सकिन्छ । जसले हाम्रा ज्ञानेन्द्रियहरुलाई सक्रिय रुपमा दौडन मद्यत गर्छ । मेरो दृष्टिकोणमा जीवन भनेको महसुस हो, भोगाई हो । तर मानिसहरु भोग्न भन्दा अन्यन्त्र दौडिरहेका छन् ।

एक एक रकम जम्मा गरेर लाखौ खर्चेर नेपालगन्जमा बनाएका घर खालि देख्दा ति मानिसहरु कहाँ दौडिए होलान् भन्ने लाग्छ । जब यो घरमा यात्रा गर्नु नै थिएन भने आफुले चाहाना दबाएर लाखौ खर्च जोगाएर किन यति ठुलो घर बनाएका होलान् । बरु त्यो दुःख नलिएर रमाएको भए त्यो जीवनको दौड तनावपुर्ण हुदैन थ्यो होला । मानिसहरु वर्तमानमा बाँच्न छोडेर भोलिका लागि भन्दै दौडिरहेका छन् । के यति तिब्र दौड पनि उचित हो ?

मानिसहरु घर, गाडी जोड्ने बाहानामा दुःखी बनेर, निचोरिएर दौडिरहेका छन् । मानिसको स्वभाव नै प्रतिस्पर्धात्मक छ । प्रतिस्पर्धात्मक दौड केवल खेलकुदमा मात्र होइन, जीवनको हरेक क्षेत्रमा देखिन्छ । कोहि गाँसका लागि, कोहि बासका लागि । अनेक बहानामा मानिसहरु तिब्र गतिमा दौडिरहेका छन् । यो जीवनको कुनै विन्दुमा मात्र आवश्यक हुन सक्ला । तर कुन स्पीडमा दौडने भन्ने महत्वपूर्ण छ । दौड आज पनि कसैका लागि बाध्यता छ । जसले बाध्यतालाई जितिसके अब उनीहरु समाज, राज्यका लागि दौडनुपर्छ ।

दार्शनिक रूपमा, दौडनु आत्म–खोजको अभ्यास पनि हो । दौडनु कर्मको अभ्यास हो—जहाँ गन्तव्यभन्दा यात्रा महत्वपूर्ण हुन्छ । त्यसैले अहिले संसारभर अध्यात्मलाई पछ्याइरहेको देख्न सकिन्छ । अध्यात्ममा मानिससंगै साहित्य, सिनेमाहरु पनि दौडन थालेका छन् । मिन भामले बनाएको अध्यात्म पछ्याएको साम्बलाले केहि समयअघि विश्वभरी दौडियो । चाइना र हलिउडका सिनेमाको दौडमा पनि अध्यात्म दौडिसकेको छ । नेपालका सेलिब्रेटि कलाकारहरु विपश्यनाका लागि भन्दै दौडिरहेका छन् ।

अहिले अध्यात्म पनि व्यवसायिक होडमा देखिन थालेको छ । सबै क्षेत्रले व्यवसायिकताको विकाससंगै गुणस्तरियता जोगाउन नसकेका उदाहरण पनि छन् । यो दौड समाजका लागि लाभदायिक नहुन सक्छ । व्यक्ति, समाज र राज्य सधै दौडिरहेको हुन्छ । तर कुन समयमा कति गतिमा दौडने भन्ने महत्वपूर्ण हो । त्यसैले शुक्रबारको बहसमा पाइलट विजय लामाले भनेजस्तै सहि समयमा सही निर्णय लिनुपर्ने आवश्यक्ता छ ।

Previous Post

जीवनको दौडसँग जोड्न पो म्याराथन

Next Post

नेपालगन्ज म्याराथनः अवसर र चुनौति

Next Post
नेपालगन्ज म्याराथनः अवसर र चुनौति

नेपालगन्ज म्याराथनः अवसर र चुनौति

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version