For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान

byDainik Nepalgunj
January 3, 2025
in News, मुख्य समाचार
0 0
0
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
Share on FacebookShare on Twitter

पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि व्यापारका हिसाबले प्रतिकुल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि ठूलो सङ्कुचन आयो । नेपाल दूरसञ्चार प्राधिकरणका केही समय अघिसम्म छ वटा सेवाप्रदायक रहेकामा अहिले दुई वटामा सीमित भएका छन् भने आम्दानी करिब २५ प्रतिशतले ओरालो लागेको छ ।

टेलिकम सेवाप्रदायकको आम्दानीमा संकुचन आउँदा यसको सोझो असर राज्यले प्राप्त गर्ने राजस्वमा पनि परेको छ । विश्व बैंकले सार्वजनिक गरेको नेपालसम्बन्धी प्रतिवेदनमा सन् २०१६ मा दूरसञ्चार कम्पनीहरुले मुलुकको कुल ग्राहस्थ्य उत्पादन (जिडिपी)मा करिब ४ प्रतिशत योगदान रहेकामा सन् २०२३ मा आइपुग्दा यो आधाभन्दा बढीले कम भएको छ ।

सन् २०१६ मा दूरसञ्चार सेवाप्रदायकको जीडीपीमा तीन दशमलव नौ प्रतिशत योगदान रहेकामा सन् २०२३ मा आइपुग्दा एक दशमलव आठ प्रतिशतमा सीमित भएको छ । त्यति मात्रै होइन, त्यसयता सेवाप्रदायकको योगदान बर्सेनि घट्दो क्रममा छ । विज्ञहरु यदि समयमै नीतिगत सुधार नहुने हो भने सेवाप्रदायकको आम्दानी र सरकारले प्राप्त गर्ने राजस्व थप सङ्कुचित हुने बताउँछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनालका अनुसार हाल टेलिकम कम्पनीहरु संकटोन्मुख अवस्थामा छन् । टेलिकम कम्पनीहरुको अनुमतिपत्र नवीकरण शुल्कदेखि, भाइबर, ह्वाट्स एप, इमोलगायतका ओटीटी (ओभर दि टप) प्लेटफर्मलगायतका समस्या सम्बोधन नगर्ने हो भने टेलिकम कम्पनीहरुलाई आगामी दिनमा व्यवसाय सञ्चालन गर्न समेत गाह्रो हुने अवस्था आउनसक्ने उनको विश्लेषण छ ।

तथ्याङ्कअनुसार सन् २०१७ मा टेलिकम सेवाप्रदायकको जीडीपीमा योगदान तीन दशमलव चार प्रतिशत, सन् २०१८ मा तीन प्रतिशत, सन् २०१९ मा दुई दशमलव सात प्रतिशत, सन् २०२० मा दुई दशमलव चार प्रतिशत हुँदै सन् २०२१ मा दुई दशमलव दुई प्रतिशत र सन् २०२२ मा एक दशमलव नौ प्रतिशतमा सीमित भएको छ । 

महङ्गो सञ्चालन खर्च, बर्सेनि सेवा सञ्चालानार्थ ठूलो लगानीका बावजुद नियमनकारी निकायले सहजीकरण नगरिदिँदा सृृजित समस्याका कारणले टेलिकम सेवाप्रदायकहरुले यो समस्या भोग्नु परेको विज्ञ खनालको बुझाइ छ । “अर्बौ लगानी भइरहेको क्षेत्रमा सरकारले पनि सोहीअनुसार उनीहरुलाई आम्दानीका लागि सहजीकरण गरिदिनुपर्छ”, उहाँले भन्नुभयो, “जबसम्म कम्पनीहरुले आम्दानी गर्न सक्दैनन्, तबसम्म प्रभावकारी र गुणस्तरीय सेवाप्रवाह र विस्तार गर्न सक्दैनन्, त्यसैले ठूला लगानी भएका क्षेत्रमा पनि समान र न्यायोचित व्यवहारको आवश्यकता छ ।” 

प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेका दुई सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले मात्रै हालसम्म रु पाँच खर्बभन्दा बढी  राजस्वमार्फत सरकारलाई योगदान गरिसकेका छन् र यो प्रत्येक वर्ष घट्दो अवस्थामा छ । त्यसबाहेक टेलिकम कम्पनीहरुले जनतालाई सञ्चारको सुविधा उपलब्ध गराउँदै अर्थतन्त्रलाई विभिन्न आयामबाट चलायमान बनाइरहेका छन् । हाल यस क्षेत्रमा हाल ४० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् ।

नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदनमा भ्वाइस, एसएमएस सेवासहित समग्रमा राजस्व घट्नुमा ओटीटी प्लेटफर्मको नकारात्मक प्रभाव नै भएको उल्लेख गरेको छ । साथै प्रविधिमा आएको परिवर्तनका कारण पिएसटिएन तथा एडिएसएल सेवाको राजस्व विगतका वर्षहरुदेखि नै लगातार घट्दो क्रममा रहेको उल्लेख गरेको छ । 

बढ्दो प्रतिष्पर्धाका कारण नियमित रुपमा महसुल दरमा गर्नुपरेको कटौती तथा सस्तो दररेटमा उपलब्ध अफर प्याकेजका कारण साधारण ट्यारिफ प्रयोग गर्नेभन्दा प्याकेज प्रयोगकर्ता बढेपछि ग्राहक सङ्ख्या बढेपनि जीएसएम सेवाको राजस्व उक्त आर्थिक वर्षमा रु ४४ करोडले कम भएको नेपाल टेलिकमको भनाइ छ । 

“दूरसञ्चार प्र्रविधिको विकास, इन्टरनेट सेवाको बढ्दो पहुँचका कारण ओटीटी (जस्तै भाइबर, ह्वाट्सएप, म्यासेन्जर, इमो आदि) सेवाहरुको व्यापक प्रयोग, विदेशबाट हुने आगमनकल र मुलुकभित्रको कलको परिमाणमा असर परेका कारण अन्तरआबद्धता आय करिब रु ६८ करोडले कम भएको छ भने समग्रमा समीक्षा अवधिमा कुल आय सञ्चालन रु एक अर्ब ६५ करोडले सञ्चित भएको छ”, कम्पनीको आव २०७९र८० को वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशाल उपाध्याय सञ्चार क्षेत्रलाई पनि अन्य युटिलिटिज जस्तै सुविधा दिनुपर्ने आवश्यकता औँल्याउँछन् । उनका अनुसार जसरी पानी, विजुली र सरसफाइका लागि नियम छ, त्यस्तै व्यवस्था टेलिकम क्षेत्रमा पनि हुनुपर्ने उनको धारणा छ ।

“हामी सबैले खानेपानीका लागि मासिक रुपमा निश्चित शुल्क तिरिरहेका हुन्छौँ, विजुली र फोहोर व्यवस्थापनको हकमा पनि त्यही हो । मोबाइल सेवामा पनि यो क्षेत्रलाई चलायमान राख्न र कमाउदै विकासमा पुनः लगानी गर्न सक्ने बनाउन केही सुनिश्चितता चाहिन्छ । यसका लागि हालको अवस्थामा कमिटमेन्ट मोडल एक हुनसक्छ जस्मा ग्राहकले निश्चित अवधिमा निश्चित रकमको सेवा लिन सक्छन्,” उहाँले भन्नुभयो, “बर्सेनि अर्बौ रुपैयाँ लगानी भइरहेको यस क्षेत्रको संरक्षण र विकासका लागि पनि सरकारले त्यसप्रकारको नीति ल्याउनु जरुरी भइसकेको छ ।”

हालै एक सार्वजनिक कार्यक्रममा एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) जाब्बोर कायुमोभले टेलिकम कम्पनीको आम्दानी मात्रै घटेका हिसाबले हेर्न नहुने उल्लेख गर्दै यसबाट मुलुकले पनि यस क्षेत्रबाट प्राप्त हुनसक्ने लाभ गुमाइरहेको धारणा राख्नुभयो । उहाँले टेलिकम क्षेत्रका केही मुद्दा तत्काल नै सम्बोधन नभए अर्बौको लगानी संकटमा पर्ने समेत जिकिर गर्नुभयो । उहाँले नेपालले पनि भारत सरकारले जस्तै टेलिकम कम्पनीलाई बचाउनका लागि केही नीतिगत सुधारमा जोड दिनुपर्ने आवश्यकता औँल्यानुभएको थियो । साथै दीर्घकालीन रुपमा कमिटमेन्ट मोडल र मुलुकमा रहेको मूल्यस्फीतिको आधारमा टेलिकम सेवाको मूल्य समाजोजन आवधिक रुपमा परिमार्जन गर्र्न सकिने उहाँको भनाइ थियो ।

टेलिकम कम्पनीहरु नियामकीय प्रावधानका कारण पनि आफूहरुको आम्दानी गुमिरहेको बताउँछन् । त्यसैमध्येको एक हो, दूरसञ्चार सेवा शुल्क । सन् २०१८ मा १० प्रतिशतमा रहेको यो शुल्कलाई बढाएर १३ प्रतिशत बनाइयो । जुन वार्षिक रु सात अर्ब हुन्छ, भने डाटा सेवामा यो शुल्क लगाउँदा त्यो रकम वार्षिक रु पाँच अर्ब हुन्छ । 

साथै स्पेक्ट्रममा बाँडफाँटमा ढिलाइ तथा उच्च शुल्क हुँदा पनि टेलिकमका सेवाप्रदायकलाई घाटा भएको देखिन्छ । साथै इन्टरकनेक्सन दर प्रतिमिनेट ५४ पैसाबाट प्रतिमिनेट १० पैसामा सीमित गर्दा टेलिकम सेवाप्रदायकको वार्षिक रु ३ अर्बभन्दा बढी गुमेको छ । 

एनसेलका अनुसार आउटगोइङ लोकल भ्वाइस (पेएजयूगो)को दर प्रतिमिनेट एक रुपैयाँ ९९ पैसाबाट एक रुपैयाँ ६२ पैसामा सीमित गर्दा वार्षिक रु एक अर्ब ७० करोड घाटा भएको छ भने सरकारले टिकटकमा प्रतिबन्ध लगाउँदा टेलिकम सेवाप्रदायकको रु एक अर्ब २० करोड आम्दानी घटेको थियो । यसरी हेर्दा नियामकीय प्रावधानका कारण टेलिकम क्षेत्रले करिब रु २२ अर्ब आम्दानी गुमाएको टेलिकम सेवाप्रदायक एनसेलको दाबी छ । 

घट्दो भ्वाइस र आइएलडीको आम्दानी
दुवै टेलिकम कम्पनीहरु भ्वाइस, डाटा र अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानी संकुचित हुँदै जानुमा ओटीटी प्लेटफर्म मुख्य कारण भएको बताउँछन् । यसका लागि सरकारले नीतिगत रुपमा समस्या सम्बोधन गर्नुपर्ने उनीहरुको बुझाइ छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले नयाँ बन्न लागेको दूरसञ्चार ऐनको मस्यौदामा आफूहरुले यस प्रकारको समस्या समाधान हुने गरी सुझाव दिएको बताउनुहुन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७३/७४ मा भ्वाइसबाट हुने आम्दानी रु ४३ अर्ब ५१ करोड ७० लाख रहेकामा आव २०७९/८० मा आइपुग्दा २५ दशमलव ११ प्रतिशतले घटेर रु ३२ अर्ब ५८ करोड ८० लाखमा सीमित भएको छ । साथै सोही अवधिमा इन्टरनेशनल लङ डिस्टेन्स कल (आइएलडी)बाट हुने आम्दानी ५६ दशमलव ६४ प्रतिशतले ओरालो लागेको छ । अर्थात् आव २०७३/७४ मा नेपाल टेलिकम र एनसेलले अन्तर्राष्ट्रिय कलमार्फत रु २५ अर्बभन्दा बढी आम्दानी गरेकामा आव २०७९/८० मा आइपुग्दा रु १० अर्ब ८५ करोडमा सीमित भएको छ ।

खुम्चँदै आम्दानी
आर्थिक वर्ष २०१६/१७ मा नेपाल टेलिकम र एनसेलले वार्षिक रु ९७ अर्ब आम्दानी गरिरहेकामा अहिले त्यो खुम्चिएर रु ७३ अर्बमा झरेको छ । एनसेलले गरेको एक प्रक्षेपण अनुसार नितीगत सुधार नगरेको अवस्थामा आगामी दिनमा दुवै टेलिकमको आम्दानी अझै गुम्ने स्पष्ट देखिन्छ भने केही वर्षभित्रै कम्पनीहरु घाटामा जान सक्नेछन् । यसैगरी, सेवाप्रदायकहरुले नयाँ प्रविधि भित्राउन गर्नपर्ने लगानी, आक्रमक रुपमा सेवा विस्तार प्रभावित हुनुका साथै हालको नेटवर्कको सेवाको गुणस्तार समेत कायम राख्न चुनौतिपूर्ण हुने देखिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेलका अनुसार टेलिकमको बजार बढ्दै जाने र आम्दानी घट्दै जानुको अर्थ केही नीतिगत रुपमा समस्या रहेको बुझ्न सकिन्छ । सरकारले ठूला लगानी भएका टेलिकम क्षेत्रका लागि पनि सञ्चालन र आम्दानीका लागि सहजीकरण गर्न आवश्यक रहेको उहाँको बुझाइ छ । टेलिकम क्षेत्रबाट हुने आम्दानी ८ वर्षमा झण्डै २५ अर्ब कम हुँदा राज्य कोषमा पनि असर पर्छ । घट्दाे राजस्वको आँकडा हेर्दा यसबाट कुनै आयोजना निर्माण हुने पुँजी समेत गुमिरहेका अर्थमा पनि बुझ्न सकिने कँडेल बताउनुहुन्छ ।

डाटाको कमजोर खपत
हाल ग्राहकहरुले औसतमा मासिक चार जीबी मात्रै डाटा खपत गरिरहेका छन् । जबकी दक्षिण एसियाका अन्य देशमा डाटाको खपत नेपालको तुलनामा अत्यधिक बढी छ । तथ्याङ्कअनुसार बङ्गलादेशमा १३ जीबी, भारतमा २० र पाकिस्तानको नौ जीबी डाटा मासिक रुपमा प्रत्येक ग्राहकले खपत गरिरहेको अवस्थामा नेपालमा भने विभिन्न कारणले खपत बढ्न सकेको छैन । विश्वमा समेत औसत डाटा खपत प्रतिव्यक्ति २० जीबी छ । एनसेलका अनुसार नेपालमा ७७ प्रतिशत मोबाइल प्रयोगकर्ता छन् र उनीहरुले ६० प्रतिशत समय वाइफाइ प्रयोग गरिरहेका छन् ।

Previous Post

मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान

Next Post

उत्तरदायी र व्यवसायिक पत्रकारीता आजको आवश्यकःमुख्यमन्त्री आचार्य

Next Post
उत्तरदायी र व्यवसायिक पत्रकारीता आजको आवश्यकःमुख्यमन्त्री आचार्य

उत्तरदायी र व्यवसायिक पत्रकारीता आजको आवश्यकःमुख्यमन्त्री आचार्य

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version