नेपाल युवा उद्यमी मन्च (NYEF), नेपालगन्ज च्याप्टरको नेतृत्व डा. ओम प्रकाश मिश्रले सम्हालेका छन् ।
शनिबार भएको मन्चको दोस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमितिको चयन तथा अनुमोदन गरेको हो । जसअनुसार डा. ओम प्रकाश मिश्र नयाँ अध्यक्षमा चुनिएका हुन्।
नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष तीर्थ थापा, प्रथम उपाध्यक्षमा अर्शद कमल सिद्दीकी र द्वितीय उपाध्यक्षमा अल्ताफ बगबान रहेका छन्।
नवचयनित कार्यसमिति सदस्यहरूमा अभिनय शर्मा (लर्निङ चेयर), सिद्धनाथ जसरोटिया (इभेन्ट्स चेयर), दीपेश वैश्य (मेम्बरशिप चेयर), सिद्धान्त अग्रवाल, बसन्त भण्डारी, अशोक गौडेल, यश वैश्य, अभिलव शर्मा र पारश मोहपाल रहेका छन्।
नयाँ कार्यसमितिलाई सभाले पूर्ण समर्थन र शुभकामना व्यक्त गर्दै अनुमोदन गरेको प्रथम उपाध्यक्ष अर्शदले बताए ।
साधारण सभाले हालै समावेश भएका १६ जना नयाँ सदस्यहरूलाई स्वागत गरेको छ, जसको औपचारिक स्वागत खुला सत्रमा गरिएको बताइएको छ।
त्यसअघि, संस्थापक अध्यक्ष डा. नितेश कानोडियाको अध्यक्षतामा भएको
कार्यक्रममा प्रथम उपाध्यक्ष डा. मिश्रले आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन प्रस्तुत गरे जसलाई सर्वसम्मतिले पारित गरिएको थियो ।