For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, July 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कुपोषित बालबालिका उपचारको पहुँचबाहिरै

byDainik Nepalgunj
July 19, 2026
in News, मुख्य समाचार
0 0
0
कुपोषित बालबालिका उपचारको पहुँचबाहिरै
Share on FacebookShare on Twitter

बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा सञ्चालन भइरहेको ‘जीवनका लागि पोषण’ परियोजनाअन्तर्गत गरिएको संयुक्त स्थलगत अनुगमनले उपचारमा रहेका कुपोषित बालबालिकाको पोषण अवस्थामा सकारात्मक सुधार देखिएको निष्कर्ष निकालेको छ । यद्यपि, दुवै पालिकामा पहिचान भएका सबै कुपोषित बालबालिका अझै उपचारको पहुँचमा नआएको पाइएको छ ।

बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालसँगको साझेदारी तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत गरिएको अनुगमनमा कडा र मध्यम कुपोषणबाट प्रभावित बालबालिकाको उपचारमा भर्ना, नियमित फलोअप तथा स्वास्थ्य संस्थाबाट प्रदान भइरहेका पोषण सेवाको प्रभावकारिताको समीक्षा गरिएको थियो । अनुगमनका क्रममा स्वास्थ्य शाखा, स्वास्थ्य संस्था, पोषण फोकल व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र सेवाग्राही परिवारसँग अन्तरक्रिया गर्दै समुदायस्तरमा सञ्चालित गतिविधिको प्रभावसमेत मूल्यांकन गरिएको थियो ।

अनुगमनका क्रममा नरैनापुर गाउँपालिकामा ११२ जना कडा कुपोषित बालबालिका रहेको तथ्यांक प्रस्तुत गरिएको थियो । तीमध्ये ७४ जना मात्रै उपचारमा रहेको स्वास्थ्य शाखाको जानकारी छ । बाँकी ३८ जना कडा कुपोषित बालबालिका अझै पनि उपचार प्रक्रियामा सहभागी नभई समुदायमै रहेको पाइएको छ । त्यस्तै, ३४९ जना मध्यम कुपोषित बालबालिकामध्ये २६६ जना मात्रै स्वास्थ्य संस्थाबाट उपचार गराइरहेका छन् भने ८३ जना अझै स्वास्थ्यकर्मीको सम्पर्कमा आएका छैनन् ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार साहले कुपोषण व्यवस्थापनका लागि नियमित खोज, उपचार र फलोअपलाई तीव्र बनाइएको जानकारी दिए । उनले भने, ‘कडा कुपोषित ३८ जना र मध्यम कुपोषित ८३ जना बालबालिका अझै उपचार प्रक्रियामा आउन बाँकी छन् । उनीहरूलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन निरन्तर प्रयास भइरहेको छ ।’

डुडुवा गाउँपालिकाको अवस्था तुलनात्मक रूपमा राम्रो देखिएको अनुगमन टोलीले जनाएको छ । त्यहाँ ८६ जना कडा कुपोषित बालबालिका पहिचान भएकामा सबै स्वास्थ्य केन्द्रमार्फत उपचार गराइरहेका छन् । यद्यपि ४०७ जना मध्यम कुपोषित बालबालिकामध्ये ३६६ जना मात्रै उपचारका लागि सम्पर्कमा आएका छन् । बाँकी बालबालिकालाई पनि स्वास्थ्य सेवामा जोड्ने प्रयास भइरहेको डुडुवाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताए ।

अनुगमन टोलीले नरैनापुर गाउँपालिका–२ स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र र डुडुवा गाउँपालिका–५ स्थित कम्दी स्वास्थ्य चौकीको समेत स्थलगत अवलोकन गरेको थियो । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख नवीन बुढा क्षेत्रीसँग पोषण सेवाको कार्यान्वयन र प्रगतिबारे छलफल गरिएको थियो भने कम्दी स्वास्थ्य चौकीका प्रमुख कमल प्रसाद उपाध्याय तथा स्वास्थ्यकर्मीसँग कुपोषणका बिरामीको उपचार, भर्ना र नियमित फलोअपको अवस्थाबारे राष्ट्रिय पोषण मापदण्डअनुसार समीक्षा गरिएको थियो ।

स्वास्थ्य संस्थामा कार्यक्रमका लागि उपलब्ध गराइएका उपकरणहरू निर्देशिकाअनुसार प्रभावकारी रूपमा प्रयोग भइरहेको, रेकर्डिङ तथा रिपोर्टिङ प्रणाली व्यवस्थित रूपमा अद्यावधिक गरिएको र सेवा प्रवाह सन्तोषजनक रहेको अनुगमनका क्रममा पाइएको थियो ।

टोलीले दुवै गाउँपालिकाका कुपोषण प्रभावित बालबालिकाको घरमै पुगेर अवस्था अवलोकन गरेको थियो । घरदैलो अनुगमनका क्रममा उपचारमा रहेका अधिकांश बालबालिकाको पोषण अवस्थामा उल्लेखनीय सुधार देखिएको जनाइएको छ । अभिभावकलाई बाल पोषण, सन्तुलित आहार र उपचारलाई निरन्तरता दिन आवश्यक परामर्श पनि दिइएको थियो । उपचारबाट बाहिर रहेका बालबालिकाका अभिभावकलाई पनि परामर्श प्रदान गर्दै उनीहरूलाई पुनः उपचार प्रक्रियामा समावेश गरिएको थियो ।

विशेषगरी डुडुवा गाउँपालिका–४ र ५ मा गरिएको घरदैलो अनुगमनले महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय परिचालन र नियमित फलोअपले कुपोषण व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पु¥याएको निष्कर्ष निकालेको छ ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले पहिचान भएका कुनै पनि कुपोषित बालबालिका उपचारबाट बाहिर रहन नहुनेमा जोड दिइन् । उनले भनिन्, ‘पहिचान भएका सबै कुपोषित बालबालिकालाई समयमै उपचार प्रक्रियामा समावेश गर्नुपर्छ । स्वास्थ्यकर्मीले घरदैलो भ्रमणमार्फत अभिभावकलाई परामर्श दिँदै उपचारमा भर्ना सुनिश्चित गर्न सक्रिय भूमिका खेल्नुपर्छ ।’

हेलेन केलर इन्टरनेशनल नेपालका प्रदेश व्यवस्थापक शशी देव शाहले पनि समुदायस्तरको निगरानीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘स्वास्थ्यकर्मी र बाँके युनेस्को क्लबका पोषण सहजकर्ताको संयुक्त घरदैलो अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्छ। महिला स्वास्थ्य स्वयंसेविकाको परिचालनलाई प्राथमिकता दिनुपर्छ । जटिल अवस्थाका बालबालिकाको नियमित निगरानी र समयमै उपचार सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्छ ।’

अनुगमन टोलीका अनुसार यस भ्रमणले सरकारी निकाय, विकास साझेदार संस्था र समुदायस्तरका सरोकारवालाबीचको सहकार्यलाई थप सुदृढ बनाएको छ । बालबालिकाको पोषण अवस्थामा दिगो सुधार ल्याउने, कुपोषण न्यूनीकरण गर्ने र स्वस्थ तथा सक्षम समाज निर्माण गर्ने साझा प्रतिबद्धतालाई कार्यक्रमले थप बल पु¥याएको निष्कर्ष निकालिएको छ ।

अनुगमन कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, पोषण फोकल व्यक्ति बसन्ती मल्ल, बाँके युनेस्को क्लबका सचिव फिरदौस जहाँ, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, प्राविधिक सल्लाहकार सजिद अली सिद्दिकी, हेलेन केलर इन्टरनेशनल नेपालका प्रदेश व्यवस्थापक शशी देव शाह, फिल्ड अफिसर लीलबहादुर नेपाली, ‘जीवनका लागि पोषण’ परियोजनाकी बाँके कार्यक्रम संयोजक दृष्टि शाह, अनुगमन तथा मूल्यांकन अधिकृत अनु चौधरी तथा परियोजनाका पोषण सहजकर्ताहरूको सहभागिता रहेको थियो।

Previous Post

‘बुम आतंक रोक’

Next Post

निर्वाचनमा जुट्यो नेउवा संघ

Next Post
निर्वाचनमा जुट्यो नेउवा संघ

निर्वाचनमा जुट्यो नेउवा संघ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाल सुधार गृहमा हरियाली अभियान

बाल सुधार गृहमा हरियाली अभियान

July 19, 2026
चार हजार बढीको काटियो लाइन

विद्युत् खपत बढाउन पूर्वाधारमा विस्तारमा सरकारको जोड

July 19, 2026
निर्वाचनमा जुट्यो नेउवा संघ

निर्वाचनमा जुट्यो नेउवा संघ

July 19, 2026
कुपोषित बालबालिका उपचारको पहुँचबाहिरै

कुपोषित बालबालिका उपचारको पहुँचबाहिरै

July 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version