For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

“मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

byDainik Nepalgunj
July 31, 2026
in विचार
0 0
0
“मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन
Share on FacebookShare on Twitter

पछिल्लो तीन चार दशकमा अझ खास गरि वि. स. २०६३–०६४ पछि देशमा यतिसम्मको एकलवादी सोच हावी हुँदै गैरहेको छ कि आज कवि शिरोमणी लेखनाथ पौडेल ज्यूको त्यो “मैं खाउँ मैं लाउँ सुखशयल मैं गरुँ ” भन्ने कविता हाम्रो समाजका हरेक गतिविधि र समाजका हरेक व्यक्ति व्यक्तिमा हावी भएको अनुभूत हुँदै गएको छ । यो कविता उ बेला कविले तत्कालिन नेपालमा देखापरेको राणावादी सोच जहाँ उनीहरु र उनका भाइभारदार बाहेक अरुलाई समाजमा कुनै अधिकार हुनु हुँदैन भन्ने सोचलाई प्रस्ट्याउन र समाजमा देखिएका स्वार्थी लोभी पापी आत्मकेन्द्रित व्यक्तिहरु प्रति लक्षित गरेर समाजिक व्यङ्ग स्वरुप लेखिएको थियो । तर त्यो प्रवृति त्यो बेलाभन्दा झन भन्दा झन बढ्दै गएर मनमारा झाडी झैं वर्तमानमा झाँङ्गिदै गएको छ । आज नेपालको राजनीतिमा त झन यो कुरा निकै गहिरो गरि हावी नै भएको छ ।

बहुदलीय व्यवस्थाको शुरुआत सँगै नेपाली राजनीतिमा स्थापित भएका नेताहरुमा कविवर लेखनाथ पौडेलको उ बेलाको समाजिक व्यङ्गात्मक कविता हुबहु उतार भएको छ । संवत २०४८ सालको निर्वाचन पछि नेपाली राजनीतिमा हावी भएका गिरिजा प्रसाद कोइराला र उनैको सिको गर्दै वा गर्न खोज्दै आएका देउवा, ओली, माधव, प्रचण्डहरुमा यो कुरा यतिसम्म हावी भयो कि गतबर्षको भदौं विद्रोहपछि पनि यिनीहरुको चरित्रमा कुनै परिवर्तन आएको छैन। हेकडी अभैm उस्तै छ ।

नेपाली समाजमा मौलाएको यो मनोरोग नै हो जसले समाजको हरेक परिवार र त्यहाँका सदस्यसम्मलाई गाँजिरहेको छ । यहाँ कसैले कसैलाई मान्छे गन्न छोडेको छ । अधिकार र स्वतन्त्रताका नाउँमा छाडापन, एकाधिकारवादी सोच, मनपरीतन्त्र, नैतिकताहीन चरित्रको पराकाष्ठा हाम्रो समाजले भोगिरहेको छ । आज अभिभावक भन्ने कोहि कसैको रहन सकेको छैन । माया भन्ने शब्द अब सञ्जालमा लपालप गरेर व्यक्त गर्नेसम्म मात्रै सीमित रहेको छ ।

मौका खोज्ने र त्यसैमा हात मारेर आफु नै सर्वेसर्वा हुने प्रवृति हावी छ । आफ्नो अधिकार र स्वतन्त्रताको मनपरी उपयोग गर्न खोज्दा अरुको के हुने भन्ने हेक्का अब कसैमा रहेन ।

समाजको परम्परागत धर्म सँस्कृति र त्यहाँको मौलिकतामा अतातायिहरुको आक्रमण तीब्र भैरहेको छ । उनीहरुको आस्थालाई मात्रै देशको कानून भन्दा पनि माथि मान्नै पर्ने नत्र मेटिनु पर्ने बाध्यकारी अवस्था सृजना भैरहेको छ ।

राजनीति देश निर्माणको र देश चलाउने उच्चतम नीति हुनुपर्ने हो तर त्यसमा कैफियत आएको छ । जुनसुकै पार्टीका कार्यकर्ता र यिनीहरु द्धारा पालित पोषित व्यवसायी, ठेकेदार आदिमा पनि यो मैं खाऊँ मैं लाऊँ प्रवृति अत्याधिक बढेको छ । कतै न कतै यहि अभिवृद्धिको परिणाम हो गतबर्षको भदौ २३–२४ को घटना ।

समाज परिवर्तन, देश विकास, देश निर्माण गर्ने चरित्र यस्तो चरित्र त हुनै सक्दैन । यसैलाई अझैपनि उत्तम चरित्र मानेर शेरचण्डओलीवादको झाँसामा लाग्ने हो भने देशमा कहिल्यै पनि अमन हुने देखिँदैन ।

२०५२ साल यता यो देशमा शान्ति भन्ने कुरा र समाजमा नैतिकताका कुरा, मौलिकताका कुरा, परिवारका कुरा गौण र छाडापन अतिछाडापन र विचार नमिलेकै भरमा वा विमतिकै भरमा स्टालिनवादी शैलीमा सफाया र मैं खाउँ मैं लाउँ को तिव्र विकास भएको हो, जुन आज पर्यन्त अझै हावी रहेको छ । समाजका न्यूनतम मूल्य र मान्यता भत्काउनेहरुका हुँकार ठूला भएका छन् ।
वामपन्थ समाजवादको नाउँमा एउटा पुस्ता नै मैं खाउँ मैं लाऊँ प्रवृतिबाट शिक्षित प्रशिक्षित भयो । त्यहि पुस्ता अहिले नेपाली राजनीतिको केन्द्रबिन्ुदुमा छ र यसलााई अझै जिवन्त राख्न केहि तत्वहरु द्धारा जुनसुकै र जस्तोसुकै कदम चाल्न लालाहित रहेको देखिन्छ ।

हाम्रा व्यवसायिक सँस्थाहरुमा पनि यस्तै यस्तै प्रवृति देखिएको छ । खासगरी कम्पनीहरु, साझेदारी फर्महरुमा केहि व्यक्तिहरुको मैं खाउँ मैं लाऊँ प्रवृति कै कारण त्यस्ता संस्थाहरु या त रसातलमा गैरहेका छन् या जानेक्रममा छन् । राजनीतिमा ओली प्रचण्ड देउवा र व्यवसायमा दिपक भट्ट, शेखर गोल्छा, शंकर अग्रवाल आदि त सतहमा देखिएका पात्र मात्रै हुन यस्ता त नेपालका हरेक राजनीतिक दल संघसंगठन र स साना संस्थाहरुमा बेग्रल्ति रहेका छन् ।

देशमा सहकार्य, समानुपातिक सहभागिता र न्यूनतम नैतिकता रहेन भने देशमा धमिरो लाग्छ । यहाँ शब्दमा र विधानमा यस्ता कुरा कर्णप्रिय बनाएर सजाइन्छ तर ब्यवहारमा कहिल्यै कहिँ कतै प्रयोग गरेको पाइन्न । यहि बिडम्बनाका कारण देशमा ब्यापक असन्तुष्टि बड्दै गएको हो ।

देशका शासन व्यवस्थामा तीन तह बनाइयो । तर त्यहाँ जुन जुन बिकृति जन्माइयो त्यसुलाई न्यूट्रलाइज गर्नेतिर भन्दा पनि जसरी पनि बेथितिको चाङमा आङ सेक्ने प्रवृतिको लडाइँ चलिरहेको छ । प्रदेशहरुमा भैरहेका नाटकहरु यसैका अकाट्य उदाहरणहरु हुन् ।

स्थानीय तहमा हेर्यो भने त्यहाँ झन भन्दा झन बिकृती छ । पालिकाका प्रमुखहरु र तीनका आसेपासेहरुको मैं खाउँ मैं लाऊँ प्रवृति त उफ ! व्यक्त गरि साध्य छैन । सांसद मन्त्रीका के कुरा गर्नु एकपटक स्थाानीय तहको प्रमुख भएपछि ती पाँचबर्षमा तिनीहरुको रवाफ, खर्च गराइ, सरकारी कोषमा रहेको रजाँइ हेर्दा त ती पालिकाहरुमा यति कमाइ छ कि त्यस्तो त अमेरिकामा के होला र जस्तो पो देखिन्छ । कतिपयका त घरपरिवार देखि आफन्तका रवाफमा अत्याधिक बृद्धि भएको पाइन्छ ।
राज्य भनेको केहि व्यक्तिको पेवा होइन । सबै जनताको सहकार्य सहभागिता र समानुपातिक कर्तव्य सहितका हक अधिकारको साझा संस्था हो भन्ने मान्यता कम्तिमा पनि नेपाली राज्यमा रहन छोडिसकेको छ । यसका शुत्राधार एमाले काँग्रेस माओवादी र मधेशवादी भनिनेका नेताहरु नै हुन् । यिनीहरुले यहाँ छाडा मनपरि हकका कुरा त सिकाए तर कर्तव्यप्रति जिम्मेवार न आफु रहे न अरुलाई हुन सिकाए । यहि लाइनलाई त्यहिँबाट शिक्षित प्रशिक्षित भएर आएको समुहबाट बनेको वर्तमान रास्वपाले अनुसशण गर्ने काम नगरोस् भन्ने कामना मात्रै हो । त्यो बेथितिको निरन्तरता मा क्रमभङ्गता गरुरी छ । किन कि यहाँ सबैलाई हक त चाहिएको छ तर कर्तव्य पालना गर्न बाध्यकारी छैन । यहाँ सबैलाई राज्यबाट सुविधा, विकास सबथोक चाहिएको छ तर न्यूनतम कानूनी र समाजिक आचरणमा सुधार चाहिएको छैन । देश त सिंगापुर र स्वीटर्जल्याण्ड जस्तो चाहिएको छ तर आफुले कारोबार गरेपछि दर्ता हुनुपर्छ, कर तिर्नुपर्छ, नियमित अध्यावधि हुनुपर्छ भन्ने आचारण चाहिएको छैन । राज्यले लगाएका नियम मान्नुपर्छ भन्ने आचरण पनि चाहिएको छैन ।

राज्य सञ्चालक पनि स्वेच्छाचारी हुनु हुँदैन । राज्यले न्यूनतम आवश्यकताको सिद्धान्त, देश सापेक्षतावाद छोड्यो भने राज्य पनि गलत बाटोमा जान्छ । बालेन सरकारले पनि यो कुराको हेक्का अवश्य राखोस् ।

सार्वजनिक सम्पत्ति आफ्नै बाउको बिर्ता सम्झनेहरुका त झन के कुरा गर्ने । यहाँ त सार्वजनिक जग्गा हडप्ने, सत्ता र शक्तिको दुरुपयोग गरेर गलत लगतहरु तयार गर्ने र आफ्ना नाउँमा श्रेता बनाउनेहरु यो समाजका सबैभन्दा गतिला मान्छे कहलिएका छन् । यहाँ मठमन्दिर, गुठी, पार्क, वन, अस्पताल, विद्यालय, क्याम्पस, बसस्टैण्ड, टाँगास्टैण्ड केहि कहिँका पनि जग्गा नछोड्ने, पाएसम्म बाटो साँघुरयाएर भएपनि मिच्न नछोड्नेहरुलाई आजपनि यो समाजमा निकै उच्च सम्मानमा राखिन्छ । जब देशमा भएजतिका अनैतिक काम गर्ने, फट्याइँ लुच्याइँ गर्नेहरु मात्रै सम्मानित र आदरणीय हुन्छन् सम्झनुस् त्यो समाज र त्यो देशको अद्योगतिलाई कसैले रोक्न र छेक्न सक्दैन । कतै न कतै नेपाल त्यहि दिशामा त गैरहेको छैन । विचार गर्नुस् ।

Previous Post

बाँके : आमाको नामबाट नौंलाई नागरिकता

Next Post

बाँके : प्रदेश सरकारको स्वास्थ्यमा ८० बढी योजना

Next Post
बाँकेमा २ सय १७ सडकलाई बजेट

बाँके : प्रदेश सरकारको स्वास्थ्यमा ८० बढी योजना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारत–नेपाल सीमा क्षेत्रमा संयुक्त पैदल गस्ती

भारत–नेपाल सीमा क्षेत्रमा संयुक्त पैदल गस्ती

July 31, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

July 31, 2026
बाँकेमा २ सय १७ सडकलाई बजेट

बाँके : प्रदेश सरकारको स्वास्थ्यमा ८० बढी योजना

July 31, 2026
“मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

“मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

July 31, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version