नेपालगन्ज उद्योग वाणिज्य संघले स्थानीय प्रशासनलाई आगामी वार्षिक साधारणसभा र जारी निर्वाचन प्रक्रिया बैधानिक भएको भन्दै लिखित जवाफ दिएको छ ।
संघ सम्बद्ध स्रोतका अनुसार, सोमवार तोकिएकै समयमा संघले प्रशासनलाई दिएको ६ बूँदाको प्रतिउत्तरमा वार्षिक साधारण सभाको वैधानिकताबारे औचित्व पुष्टि गर्न विभिन्न ४ बूँदामा आवश्यक कागजपत्र पनि प्रशासनलाई पठाएको हो ।
संघका पूर्व कोषाध्यक्ष तनवीर जमाल हल्वाईले विहीवार संघले घोषणा गरेको वार्षिक साधारणसभाको बैधानिकतालाई लिएर प्रश्न उठाउँदै निर्वाचन प्रक्रियासमेत रोक्न माग गर्दै स्थानीय प्रशासनमा उजुरी दिएका हुन् । त्यसबारे जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रवार संघलाई पत्र लेख्दै सोमवारसम्म लिखित प्रतिउत्तरको निर्देशन दिएको थियो ।
संघको प्रतिउत्तर र संलग्न कागजपत्रको अध्ययनपछिमात्रै स्थानीय प्रशासनले आवश्यक निर्णय लिने बताइएको छ ।
बमचबवदबलकजष्





























