- नेपालगन्जको गणेशमान चोकमा निर्माण गरिएको कपडा बैंक कपडाविहीन भएको छ । सहरभित्र बसोबास गर्ने अति विपन्न वर्गलाई लक्षित गर्दै हुनेले दिने र नहुनेले लिने भन्ने उद्देश्यले स्थापना भए पनि पछिल्लो समय हुनेले कपडा नराख्दा कपडा बैंक कपडाविहीन भएको हो ।
- नेपालगन्ज-१८ कारकाँदोस्थित बाइपास रोड खानेपानी ट्यांकी भगवती टोलको भित्री सडक निर्माण कार्य तिव्र पारिएको छ । यहाँ आरसीसी नाला, पिसिसी सडक र केही भागमा माटो तथा ग्राबेल हुने १८ नम्बर वडाका वडाध्यक्ष दिपक बर्माले जानकारी दिए ।
- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझामा बाँकेका किसानद्वारा उत्पादित प्रांगारिक तरकारी संकलन तथा बिक्री केन्द्र सञ्चालन गरिएको छ । प्रांगारिक तरकारी बिक्री केन्द्र नहुँदा यहाँका किसानले उत्पादन गरेका तरकारी, फलफूललगायतका उत्पादनले बजार पाउन सकेका थिएनन् । उक्त केन्द्र सञ्चालनमा आएपछि यहाँका किसान खुसी भएका छन् ।
- बर्दियाको मधुवन नगरपालिका-९ गर्भुटोल गाउँमा बान्ता आउने र पखला लाग्ने समस्याका कारण ४० जना बिरामी परेका छन् । गाउँबाट शुक्रबार दाङ भ्रमणमा गएका ४० जनाले घरबाटै खानाका परिकार बनाएर लिएका र शनिबार घर फर्किएसँगै बचेका परिकार खाएपछि हिँजो बिहानदेखि बान्ता आउने र पखला लाग्ने समस्याका कारण बिरामी परेका हुन् ।
- जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानीका लागि आवेदन दिएका एक सय ९८ जनाको राहदानी जिल्लामा आएको छ । माघ २४ गतेसम्म राहदानीका लागि आवेदन दिएकाहरुको राहदानी आएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
- र, नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पत्रकारिता क्षेत्रको बेथिति नियन्त्रण गर्न आग्रह गरेका छन् । सोमबार आयोजित एउटा कार्यक्रममा पत्रकारहरु बीच नगर प्रमुख विष्टले पत्रकारिता क्षेत्रसँग जोडिएका तमाम बेथिति बारे खुलेरै चर्चा गरे ।