देशभरका लघुवित्त पीडितहरू काठमाडौं आइपुगेका छन् । उनीहरुले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौं प्रवेश गरेका हुन् ।
काठमाडौंमा मंगलबार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए । ‘लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले कसैलाई घरबार विहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन् । बढी पीडितलाई दबाब दिएकाले आन्दोलन गरेका हौँ,’ उनले भने ।
लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समितिले बुधबाररबाट काठमाडौं लक्षित आन्दोलन गर्ने बताएको छ ।