For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

byDainik Nepalgunj
April 8, 2024
in News, मुख्य समाचार
0 0
0
३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार
Share on FacebookShare on Twitter

चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन् । गैँडाको वैकल्पिक सङ्ख्या तयार गर्ने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा गरी एक सय दुई वटा गैँडा स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । थप सात गैँडाको यही चैतमा चितवन निकुञ्ज भित्रै आन्तरिक स्थानान्तरण एवं कोसीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सोही अवधिमा विभिन्न देशलाई २६ गैँडा उपहारस्वरुप प्रदान गरिएको छ ।

नेपालले पहिलो पटक सन् १९८५ मा भारतको दुदुवा नेशनल पार्कलाई चार गैँडा उपहारस्वरुप प्रदान गरेको विभागले जनाएको छ । त्यसपछि सन् २०१८ सम्म संयुक्त राज्य अमेरिका, जर्मनी, सिङ्गापुर, बङ्गलादेश, संयुक्त अधिराज्य, जापान, अष्ट्रिया र चीनलाई विभिन्न मितिमा २२ गैँडा उपहारस्वरुप प्रदान गरिसकेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । आन्तरिक स्थानान्तरणको सम्भाव्यता अध्ययनअनुसार चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको घनत्व बढी भई यसको वृद्धि दरमा ह्रास आएको पाइएपछि पछिल्लो समय गैँडाको आन्तरिक एवं कोसीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

उक्त अध्ययनका आधारमा वन तथा वातावरण मन्त्रालय (सचिवस्तर) को गत माघ २४ गतेको निर्णयानुसार निकुञ्जको पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा छ वटा गैँडा स्थानान्तरण कार्य सम्पन्न भएको छ । स्थानान्तरण कार्य यही चैत २ गतेदेखि प्रारम्भ गरिएको थियो । यस स्थानान्तरणबाट गैँडाको सङ्ख्या वृद्धि दर बढ्नुका साथै उपलब्ध बासस्थानको उच्चतम् प्रयोगमा आउने अपेक्षा राखिएको विभागका इकोलोजिष्ट शाहले बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सम्भाव्यता अध्ययनपश्चात् कोसीटप्पु वन्यजन्तु आरक्षमा ‘राइनो सेञ्चुरी’को विकास गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्यअनुसार मन्त्रालय (मन्त्रीस्तर) को गत असोज ८ गतेको निर्णयानुसार चितवन राष्ट्रिय निकुञ्जबाट कोसीटप्पुमा दुई पोथी गैँडा (पुष्पा र अञ्जली)लाई गत असोज १० गते विश्वपर्यटन दिवसका अवसरमा स्थानान्तरण गरिएको थियो ।

हालैमात्र थप एक भाले गैँडा कोसीटप्पु आरक्षमा स्थानान्तरण गरिए पनि चोट लागेर घाउ भएपछि केही दिनमै उपचारका लागि पुनःचितवनमा फिर्ता ल्याइएको छ । चितवनको कसरामा रहेको उक्त गैँडा उपचारपछि पुनःकोसीटप्पुमा लगिने विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट शाहले जानकारी दिनुभयो । कोसीटप्पु आरक्षमा ‘राइनो सेञ्चुरी’को विकास क्रमसँगै गैँडाको प्रजनन भई दीगो संरक्षण एवं व्यवस्थापन हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । सो क्षेत्रमा ‘राइनो सेञ्चुरी’का लागि आवश्यक पूर्वाधार बनाउँदै जाने र आगामी वर्षमा थप संरचना बनाउने उहाँले बताउनुभयो ।

विश्वमा एकसिङ्गे गैँडाको सङ्ख्या चार हजार भारतीय महाद्वीपको उत्तरी क्षेत्रअन्तर्गत बह्मपुत्र, इन्दुस र गङ्गा नदीको बहाव क्षेत्रमा विचरण गर्ने एकसिङ्गे गैँडा हाल नेपालको तराई भूपरिधि क्षेत्र तथा भारतको संरक्षित क्षेत्रमा सीमित हुन पुगेका छन् । विश्वमा करिब चार हजारको सङ्ख्यामा रहेका एकसिङ्गे गैँडा नेपालमा सन् २०२२ को राष्ट्रिय गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४, बर्दिया राष्ट्रिय निकुञ्ज ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गरी सात सय ५२ वटा रहेका विभागले जनाएको छ ।

यो प्रजाति आयुसिएनको संवेदनशील वर्गमा, साइटिसको अनुसूची १ मा र नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ (संरक्षित वन्यजन्तु) मा पर्दछ । गैँडाको खागका लागि हुने चोरी, सिकार, बासस्थानको विनाश एवं ह्रास र जलवायु परिवर्तनको प्रभाव यसको संरक्षणका लागि मुख्य चुनौती देखिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९÷८० मा मात्र विभिन्न कारणले २६ गैँडाको मृत्यु भएको थियो । सोमध्ये प्राकृतिक कारणले २२, चोरी, सिकार र करेन्ट लागेर दुई÷दुई गैँडाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । चालु आवको यही चैत २१ गतेसम्म १९ वटा गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले राससलाई जानकारी दिनुभयो । तीमध्ये प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) कारणबाट १५, चोरी, सिकारबाट तीन र अन्य कारणबाट एक गैँडाको मृत्यु भएको थियो । विश्वसम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा एकसिङ्गे गैँडाका साथै पाटेबाघ, गौरीगाई, जङ्गली हात्ती तथा घडियाल गोहीलगायत दुर्लभ वन्यजन्तु पाइन्छन् । जैविक विविधताको धनी यो निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गरी चार जिल्लामा फैलिएको छ । दुर्लभ एकसिङ्गे गैँडा तथा पाटेबाघको मुख्य बासस्थानका रुपमा रहेको यो नेपालको पहिलो निकुञ्ज हो । यस निकुञ्जको स्थापना विसं २०३० असोज ४ गते भएको थियो ।

Previous Post

फत्तेवाल आँखा अस्पतालमा भारतीय पनि

Next Post

सुनको मूल्य तोलामा रु छ सयले बढ्यो

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य तोलामा रु छ सयले बढ्यो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीको बीमा सेवा सुचारु

July 27, 2026
मानव अधिकार रक्षार्थ पञ्चशील

मानव अधिकार रक्षार्थ पञ्चशील

July 27, 2026
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

July 27, 2026
इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version