इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीको हबका रुपमा नेपालगन्जमा ‘डिजिटल नेपाल’ शुभारम्भ भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले डिजिटल नेपालको शनिबार शुभारम्भ गर्दै नेपालगन्ज व्यवसायिक दृष्टिले सकारात्मक गतिमा अगाडि बढिरहेको बताए । नगर प्रमुख विष्टले यसखालका ठूला लगानीमा सञ्चालनमा आउने शोरुमहरुका कारण नेपालगन्ज बाहिर उपभोक्ताहरु जानु नपर्ने सुविधा उपलब्ध हुँदै आएको बताए ।
अडानका वरिष्ठ केन्द्रीय उपाध्यक्ष अब्दुल करिम खान अभिभावकत्वमा युवा उद्यमी जरिफ खानले सञ्चालनमा ल्याएको डिजिटल नेपालमा जुनसुकै इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्री उपलब्ध हुने सञ्चालकले जानकारी दिएका छन् ।

‘५ सय देखि ५ लाखसम्मका इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्री हाम्रो यहाँ निकै सुलभ मूल्यमा उपलब्ध हुन्छ’, डिजिटल नेपालका प्रबन्ध निर्देशक जरिफ खानले दैनिक नेपालगन्जसँग भने ।






























