बाँकेमा धार्मिक र्यालीमा हतियार प्रदर्शन गर्न रोक लगाउने यसअघिको निर्णय कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ । २०७२ र त्यसपछिका सर्वदलीय, सर्वपक्षीय निर्णयबाट हतियार प्रदर्शनमा रोक लगाउने निर्णय थियो, उक्त निर्णय अब कडाईका साथ कार्यान्वयन गर्ने निर्णय भएको हो ।
‘हतियार प्रदर्शन गर्ने परम्परा भए प्रतिकात्मक स्वरुपको प्रयोग गर्ने’ सर्वपक्षीय, सर्वदलीय बैठकको निर्णयमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वदलीय, सर्वपक्षीय बैठकले चर्को आवाज निकाल्ने डिजे साउण्डमा पनि रोक निर्णय गरेको छ ।
तराईका विभिन्न जिल्लामा बढेको धार्मिक, साम्प्रदायिक तनावको प्रभाव बाँकेमा पर्न सर्वदलीय, सर्वपक्षीय बैठकले साउन १६ गते विहान सद्भाव र्याली समेत निकाल्ने निर्णय गरेको छ ।































