For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, August 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    सद्भावसँगै सम्मानजनक व्यवहार

    सद्भावसँगै सम्मानजनक व्यवहार

    हाम्रो समाजको दुर्दशाको कारण–१

    हाम्रो समाजको दुर्दशाको कारण–१

    सिकलसेल प्रति संवेदनशील बन्दै सरकार

    बाँके : भेरीमा सिकलसेलका एघार सय बढी बिरामी फेला

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

वडाध्यक्ष धोबीसहित चारविरुद्ध मुद्दा

byDainik Nepalgunj
August 11, 2026
in News, मुख्य समाचार
0 0
0
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका–२० को सरकारी अभिलेखमा फेरबदल गरी जग्गा कारोबारको प्रमाणका रूपमा नक्कली करारनामा तयार गरेको आरोपमा वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष धोवी, वडा सचिव वीरबहादुर थापा मगर, स्थानीय रविन्द्र लामिछाने र उदयपुर चौदण्डीगढी नगरपालिका–५ का विकासकुमार चापागाईविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगको अनुसन्धानले नेपालगन्ज–२० को आर्थिक वर्ष २०७९÷८० को लिखत प्रमाणित दर्ता किताबमा २०८३ सालमा थपघट र सच्याउने काम भएको देखाएको छ । सरकारी अभिलेखमा फेरबदल गरेर त्यसलाई जग्गा कारोबारसँग जोडिएको एउटा कागजातलाई प्रमाणित देखाउने प्रयास गरिएको आयोगको दाबी छ ।

अनुसन्धानअनुसार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित कित्ता नम्बर ९९८ को १६४.१४ वर्गमिटर जग्गा खरिदका लागि २०७९ साउन १० गते ७० लाख रुपैयाँ लेनदेन भएको देखाउने गरी करारनामा तयार गरिएको थियो। आयोगले उक्त करारनामा वास्तविक कारोबारको प्रमाण नभई झुट्टा तथा नक्कली रूपमा तयार गरिएको जनाएको छ ।

विशेष अदालतमा विचाराधीन भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका प्रतिवादी रविन्द्र लामिछाने र विकासकुमार चापागाईबीच भएको भनिएको ७० लाख रुपैयाँको लेनदेनलाई पुष्टि गर्ने उद्देश्यले उक्त करारनामा बनाइएको आयोगको अनुसन्धानबाट खुलेको हो ।

त्यसपछि सो कागजातलाई सरकारी अभिलेखबाट प्रमाणित देखाउने प्रयास भएको आयोगले जनाएको छ । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिका–२० को आर्थिक वर्ष २०७९÷८० को लिखत प्रमाणित दर्ता किताबमा २०८३ सालमा विवरण थपघट तथा सच्याइएको थियो ।

आयोगका अनुसार उक्त काममा वडाध्यक्ष धोवी र वडा सचिव थापा मगरको भूमिका देखिएको छ । उनीहरूले आफ्नो पद र अधिकारको प्रयोग गर्दै वडा कार्यालयमा रहेका सरकारी अभिलेखमा फेरबदल गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।

अभिलेख सच्याउने क्रममा वडा कार्यालयले हाल प्रयोग गरिरहेको सरकारी छापसमेत दुरुपयोग गरिएको आयोगले जनाएको छ । सरकारी कागजातमा विवरण थपघट गर्नुका साथै सरकारी छाप प्रयोग गरेर तयार पारिएको कागजातलाई वास्तविक प्रमाणका रूपमा स्थापित गर्ने प्रयास भएको आयोगको भनाइ छ ।

यसै क्रममा वडाध्यक्ष धोवी र वडा सचिव थापा मगरले २०८३ असार २९ गतेको चलानी नम्बर ७२४० को विवरणसमेत परिवर्तन गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् । त्यसपछि चलानी नम्बर ७२४२ मा गलत तथा झुट्टा विवरण राखिएको लिखत तयार पारिएको थियो ।

उक्त लिखत आयोगको अभिलेखमा समेत रहने गरी पत्राचार गरिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ। सरकारी कार्यालयबाट निस्किएको आधिकारिक कागजातको स्वरूप दिन खोजिएको उक्त कार्यमा वडा कार्यालयको छाप र अभिलेख दुवै प्रयोग भएको आयोगको भनाइ छ ।

आयोगका अनुसार वडाध्यक्ष धोवी र वडा सचिव थापा मगरले अन्य प्रतिवादीसँग मिलेर गैरकानुनी लाभ लिने–दिने उद्देश्यले सरकारी कागजातमा हेरफेर गरेका थिए । सरकारी अभिलेखको दुरुपयोग गर्दै निजी जग्गा कारोबारसँग सम्बन्धित भनिएको ७० लाख रुपैयाँको लेनदेनलाई प्रमाणित गराउने प्रयास भएको आयोगको दाबी छ ।

आयोगले सरकारी कागजातमा गलत विवरण थपघट तथा सच्याउने र सरकारी छाप दुरुपयोग गर्ने कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुर ठहर गरेको छ । आयोगले सोही आधारमा संलग्न चारै जनाविरुद्ध फरक–फरक कानुनी दफाअनुसार सजायको मागदाबी गरेको हो ।

वडाध्यक्ष कौशलकुमार धोवीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद तथा जरिवाना सजाय माग गरिएको छ । वडा सचिव वीरबहादुर थापा मगरविरुद्ध भने दफा ९ बमोजिम कैद तथा जरिवाना सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।

रविन्द्र लामिछाने र विकासकुमार चापागाईलाई भने सरकारी कागजातमा फेरबदल तथा गलत विवरण तयार गर्ने कार्यमा मतियारको भूमिका खेलेको आरोप लगाइएको छ। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजायको माग गरिएको आयोगले जनाएको छ ।

आयोगले सरकारी अभिलेख सच्याउने, गलत विवरणसहितको लिखत तयार गर्ने, सरकारी छाप दुरुपयोग गर्ने तथा त्यसलाई प्रमाणका रूपमा प्रयोग गर्ने प्रयासलाई एउटै घटनाक्रमका रूपमा लिएर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि चारै जनालाई प्रतिवादी बनाउँदै विभिन्न दफाअनुसार कैद तथा जरिवाना सजायको मागदाबी गरिएको आरोपपत्र विशेष अदालतमा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार वडाध्यक्ष र वडा सचिवले सरकारी पदको दुरुपयोग गरी अभिलेखमा फेरबदल गरेका थिए भने लामिछाने र चापागाईले त्यस कार्यमा सहयोगी अर्थात् मतियारको भूमिका निर्वाह गरेका थिए। यही आधारमा चारै जनाविरुद्ध भ्रष्टाचार मुद्दा अघि बढाइएको हो ।

Previous Post

प्रशासनमा सुकुम्बासीको धर्ना, स्थायी बसोबासको व्यवस्था गर्न माग

Next Post

बाँकेका पाँच पालिकामा स्तनपानबारे आमालाई व्यवहारिक परामर्श

Next Post
बाँकेका पाँच पालिकामा स्तनपानबारे आमालाई व्यवहारिक परामर्श

बाँकेका पाँच पालिकामा स्तनपानबारे आमालाई व्यवहारिक परामर्श

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेका पाँच पालिकामा स्तनपानबारे आमालाई व्यवहारिक परामर्श

बाँकेका पाँच पालिकामा स्तनपानबारे आमालाई व्यवहारिक परामर्श

August 11, 2026

वडाध्यक्ष धोबीसहित चारविरुद्ध मुद्दा

August 11, 2026
प्रशासनमा सुकुम्बासीको धर्ना, स्थायी बसोबासको व्यवस्था गर्न माग

प्रशासनमा सुकुम्बासीको धर्ना, स्थायी बसोबासको व्यवस्था गर्न माग

August 11, 2026
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

संघले दियो प्रशासनलाई जवाफ

August 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version